राधेश्याम उपाध्याय
अर्को दिन कौरवहरुको राज्यसभामा संजयले युधिष्ठिरको सन्देश सुनाउँदै भने– ‘राजा सान्तनुको स्वर्गारोहण पश्चात जेठा छोरा भीष्मले आफ्ना भाईहरु क्रमश चित्राङ्गद र विचित्रवीर्यलाई राज्य दिए । दुवै भाईहरुको मृत्यु पछि भाईहरुका छोरा धृतराष्ट्र र पाण्डुमा योग्य पाण्डुलाई मानेर राज्य दिए ।
अहिले भीष्म छदै विनाकारण कचिङ्गल झिकेर किन मेरो राज्य भनेर व्यर्थमा घमण्ड गर्दैछन् । यो राज्यमा तिनको पिताकै हक छैन भने तिनको हक कहाँ बाट आयो । अघि भीष्मले हाम्रो राज्यबाट आधा दिनु भएकोमा किन घमण्ड गर्दैछन् । हाम्रो आधाराज्य प्रशन्न मनले फिर्ता दिऊन् । यसले हामी विच अगाडीको जस्तै मेल रहनेछ । तर हाम्रो राज्य फिर्ता नदिए लडाई भै ठूलो नास हुनेछ । हाम्रो राज्य कुरुहरुले छलेर हरण गर्ने र हामी क्षेत्रिय भएर कसरी आफ्नो राज्य छाड्ने ।
जुवा खेल्न बोलाएर छलले हाम्रो राज्य हरण गरे हाम्रो कथाव्यथा सवै हजुरले जान्नु हुन्छ म कति वर्णन गरुँ । त्यहाँ भएका सवै सज्जनहरुले छिटै दुवै तर्फको कल्याण सोचेर न्याय दिऊन्’ भनी युधिष्ठिरले पठाएको संदेश सुनाएर सन्जय बस्ता भए । यो सवै सुनेर भीष्मले भने सन्जयले भनेका सवै कुरा सत्य हो पाण्डवले चाहेको भए पहिले नै लडेर आफ्नो राज्य खोसी लिन सक्दथे तर पनि आफ्नो प्रतिज्ञा सम्झेर जङ्गलमा दुःख काटेर बसे ।
अव पैले गरेको कवोल सम्झेर कुरुहरुले पनि पाण्डवको राज्य फिर्ता गरी दिऊन् । पाण्डवहरुलाई युद्धमा जित्ने हामीतर्फ कोही छैन व्यर्थमा कौरवहरु मारिने छन् । कौरवहरुले राज्यका लागी युद्ध गर्नु अनुचित र अनीति पनि हो भने पाण्डवहरुले आफ्नो हकका लागि लड्नु नीति योग्य हो । त्यसैले पाण्डवहरुको सवै भाग फिर्ता दिनु नै न्याय सङ्गत छ भनी आफ्नो मत राख्नुभयो । यो सुने र कर्ण उठेर रिसाई भीष्मको विरोध गर्दै कस्तै श्रेष्ठ भए पनि पाण्डवहरु कुरुका शत्रु नै हुन् ।
शत्रुलाई आधा राज्य फिर्ता दिई राख्नु काललाई डाक्नु सरह हो । म एक्लै युद्ध गरेर पाण्डवहरुलाई मार्छु भनेर आँटेकै छु । दुर्योधनले बृथामा चिन्ता लिनुपर्दैन । यो सुनेर द्रोण क्रोधित भई “सभामा व्यर्थै वढी कुरा नगर तिमीले एक्लै कहाँ कति कुरा अर्जुनका जसरी पूर्ण गर्यौ । दुर्योधनलाई चित्ररथले बाँधेको समयमा प्राण वचाएर भाग्यौं अर्जुन आएर बचाए । द्रौपदीको स्वयम्बरमा पनि लड्छु भन्यौं ठूलो चोट खाएर भागेर वच्यौं ।
तिम्रो सल्लाहमा विराटका गाई हरण भएका बेला अर्जुनले एक्लै लडेर जिते तिमी भाई लाई मराई आफ्नो प्राण बचाएर भाग्यौं । तिमीले कहाँ कहीले पाण्डव लाई जित्यौ र अहिले लज्जा त्यागेर पाण्डवलाई मार्छु भन्छौं । जे जे खराव काम तिम्रो सहमति लिएर कौरवहरुले गरे त्यो सवै सभासदहरुलाई थाहा नै छ । मैले कति बताऊ ।
तिम्रो सल्लाहमा लागेर विचार नगरी दुर्योधन लड्छन् भने हार अश्य हुनेछ र वन्धुबान्धव व्यर्थमा मारिने छन् । यस्तो नराम्रो अवस्था देखेर विदुरले कर्णलाई सम्झाए । तिमीलाई मर्नको मन भए एक्लै लड सारा कौरव वीरहरुलाई मार्न व्यर्थैमा निहुँ खोजने काम नगर भने । यो कुरासुनेर सारा सज्जनहरुले विदुर भीष्म र द्रोणको कुरा उचित छ भनी समर्थ जनाए । सन्ध्याकाल भएकाले विवाद अपुरो नै भयो सवै सज्जन घर तर्फ लागे ।
धृतराष्ट्र पनि केही नबोलि महल फर्किए । रात्रीमा महलमा दुर्योधनलाई बोलाएर मन दुखाउदै वावु पाण्डवहरुको सवै हक तथा राज्य फिर्ता देऊ । उनीहरुका साथमा लडन गरी हाम्रो भलो हुने देखिदैन त्यसैले लडनको मनसुवा नगर भने । पिताको यस्तो हित हुने कुरा सुनेर कर्ण र मैले एक्लै युद्ध गरेर पाण्डवहरुलाई मार्छु तर सियो गाड्ने जति पनि भूमी खुसिले दिन्न । तिनीहरु संग मिलेर बस्न म सक्दैन भनी दुखित र क्रोधित भई त्यहाँबाट हिंडे ।
छोराको त्यो अवस्था देखेर भाई भाईहरुको मेल होला भनेर जुन आशा र विश्वास राजा धृतराष्ट्रको थियो त्यो सबै निराशामा परिणत भयो । उता युधिष्ठिरले पनि आफ्ना वन्धु तथा हितैषीहरुलाई बोलाएर आदरका साथ श्रीकृष्णलाई राखि यौटा ठूलो सभाको आयोजना गरे र मैले वान्धवहरुलाई मारेर राज्य कसरी फिर्ता लिने । यसरी वान्धवहरुलाई मारेर राज्य लिनु भन्दा हामी पाँच भाईहरुका लागि राजिखुसिले पाँच गाँऊ दिन्छन् भने बरु हामी पाँच भाई त्यसैमा मिलेर बस्ने थियौं तर त्यो पनि उनीहरु दिन चाँहदैनन् ।
युद्ध सिवाय जिविकाकालाई अरु उपाय केही देख्दैन , केही उपाय भए हे माधव आज्ञा गर्नु हवोस भनी विन्ति गर्दछन् । यो सुनेर श्रीकृष्णले दुवै पक्षलाई मिलाउन अव दुत बनेर म आफै जान्छु भन्नुभयो । सवै पाण्डवहरुलाई अर्ति दिएर उनीहरुको मन बुझाई श्रीनन्दका नन्दन दुत भएर हस्तिनापुर जानु भयो ।
हस्तिनापुर पुगेर सर्वप्रथम कुन्तीसँग भेट गर्नु भयो । कुन्तीले पुत्रहरुको सन्चो विसन्चो सोधिन र मेरा वलवान पुत्रहरु किन दुःखीझै गरी बसेका छन् । दयाले राज्य माग्नभन्दा आफ्नो राज्य लडेर नै लिन सके मलाई खुसी हुने थियो भनिन् । अगाडी कौरवहरुले दिएका दुःखको वर्णन गरी कृष्णलाई सुनाईन् । त्यसपछि श्रीकृष्ण दुर्योधनलाई भेट्न कुरुहरुको राज सभामा जानुभयो । सबै राजाहरु उठेर श्रीकृष्णको स्वागत गरे ।
श्रेष्ठ आसनमा गएर श्रीकृष्ण बस्नुभयो । सबै आ–आफ्ना आसनमा बसे । योद्धा कौरवहरुको सभा भवनको तमासा हेरौं भनेर नारद परशुराम तथा अन्य ज्ञानी तपस्वी मुनिहरु पनि आए । श्रीकृष्णले हे राजन कौरव र पायडवहरु को कल्याणका लागि मेल गराऊन आएको हँु । शास्त्र ज्ञान विशुद्धआचरण सद्धर्म कर्मादिमा कौरवहरुको कुल संसारमा श्रेष्ठ छ । यस्तो श्रेष्ठ कुलमा जन्मेका कौरवहरुले भाइहरुको हक खोस्ने निन्दित काम तुच्छ धनका लागि किन गर्दै छन् । हजुरले पनि यस्तो निन्दनीय कार्य किन रोक्नु हुन्न ।
यस्मा भूपतिबाट रोक्नु पर्दछ । यही नै दुवैतर्फको मेल हुने उपायछ । यी दुवै मिलेर राज्य संचालन गरे देव, दानव, यक्ष, राक्षस, गन्धर्व र विद्याधरले समेत यिनीहरु संग युद्ध गर्न डराउनेछन् । महाराजले आफ्नै पुत्र समान जस्को पहिला पालन गरिएका पाण्डुपुत्रहरुको भाग आफ्नै पुत्रहरु लगाएर खोस्न योग्य छैन । उनीहरुको हक फिर्ता गरी आफैले दुवै पक्षको मेल गराउँदा नै जगतमा यश फैलनेछ भनी श्रीकृष्णले धृतराष्ट्रलाई सम्झाउनुभयो । यो दुवैको भलो हुने कुरा सुनेर परशुरामले अर्जुन भनेका नर हुन र श्रीकृष्ण भनेका नारायण हुन यिनी संग युद्ध गरेर कसैले जित्न सक्दैन ।
त्यसै कारणले कुरु हरु पण्डव संग मिलेर बस्नुनै श्रेयस्कर हुनेछ भन्नु भयो । यसरी कण्व नारद मुनिले पनि उदाहरणसहित दुर्याेधनलाई शिक्षा दिनुभयो । यो सुनेर क्रोधित हुँदै वनवास हुँदा यी ऋषिहरुको पाण्डवले निकै सेवा गरेका रहेछन् र अहिले भाट जस्तै पाण्डवहरुको गुणगान गाउँदै मलाई शिक्षा दिन्छन् । जस्लाई हामीहरुले राज्य र वस्त्र समेत हरेर पशुझै वनमा लाघा¥यौं जस्की भार्यालाई लछारी शेखि र इज्जत लियौं त्यस्तालाई म कसरी सवैले भन्छन् भनी वीर भनू ।
राज्यमा जेठाको हक हुन्छ पहिला नै बाँडने काम नहुनु पर्ने थियो तर पनि आधा राज्य दिएकै हो । अहिले जुवामा युधिष्ठिरले हारे ।मैले जितेको राज्य कसरी फिर्ता दिने । अहिले पिताजीलाई दोषी ठानेर युद्धको शेखी गर्दछन् भने यो राज्य फिर्ता लिने आशाा गर्नु व्यर्थ छ भनी सवैलाई सम्बोधन गर्दै दुर्योधन आफ्नो आसनमा गै बसे । छोराको यस्तो कुरा सुनि सन्ताप मान्दै धृतराष्ट्रले भने हे वावु श्रीकृष्ण तथा ऋषि मुनीहरुले भनेको कुरा उचित छ ।
पाण्डवहरुको राज्य फिर्ता दिई चाँडै सन्धि गर र अकण्टक खुसीले राज्य गर भनी सम्झाए । जेठाको राज्य हुन्छ भनी भनेको कुरा साँचो हो तर म अन्धो छु भनी सवैले उसै वेला पाण्डुलाई राज्य दिए । म त पाण्डुको प्रतिनिधि मात्र थिएं । मेरै नै राज्य भएन भने तिम्रो कसरी भयो । सारा भाईमा युधिष्ठिर ज्ञानी गुणी र जेठा भएकाले मैले सवैको सल्लाहमा युवराज पनि उनीलाई नै बनाएँ ।
इच्छा गरेर मात्र केही हुँदैन सबै मान्यवरको सल्लाहअनुसार पाण्डवसँग आफै भेटी तिनको राज्य फर्काइदेऊ । यो सुनेर सुयोधन क्रोधित भै केही नबोली आफ्नो स्थानमा बसी रहे । तिमी हठ गरेर युद्ध गर्छौ भने हाम्रा वान्धव र हितैषिहरु निश्चय पनि संग्राम भूमिमा मारिने छन् । आफुले पहिला गरेको दोषको पनि विचार गर पाण्डवहरु संग विरोध नगर । यस्ले पछुतो र नराम्रो स्थिति हुनेछ । यस्ता अर्तिका कुरा सुनेर सुयोधन क्रोधित भै केही नबोली आफ्नो स्थानमा बसिरहे ।
यस्तो स्थीति देखेर धृतराष्ट्र्र दुखिः हुँदै हे माधव सवै लक्षण देख्नु भयो यस्लाई अर्ति दिन अव केही बाँकी रहेन । सुजनहरुको अर्ति दुष्टमतिले गर्दा मान्दैन । अव आफै सम्झाउनु होस् भनी विन्ति गरे ।
यो सुनेर श्रीकृष्णले दुर्योधन तर्फ फर्केर धर्म शाास्त्रको ज्ञाता तिमी नै छौ । के हेतुले अधर्मको पालन गर्दछौं । यस बाट सवैको नाश हुनेछ । भाईहरु संग खुशिले मिलाप गरे र बस्यौं भने तिनै भूवनमा ठूलो कीर्ति बढ्ने छ । आफ्नो हठ त्यागेर सवैको नाश हुनबाट बचाऊ । आफ्ना वन्धु तथा हितैषीको विनाश हुने काम नगर । यो सबै दोष तिमीलाई नै आऊने छ ।
यस्तो हरिको अर्ती सुनेर दुर्योधनले गर्जेर हे केशव पाण्डुपुत्रको धेरै प्रशंसा गरी मेरो निकै ठूलो अनादरको हेतुले गर्नुभयो । खुसीले जुवा खेल्नअघि सरे र सकुनीले तिनको वैभव जिते मैले पाण्डवको कुनै हक कहीं पनि खोसेको छैन मलाई दोष नलगाऊनु होस् । पाण्डवहरु युद्ध चाहन्छन् भने आफ्नो राज्य बचाऊन कौरवहरुपनि खुसीसाथ लड्छन् । आफ्नो राज्य बचाउन लड्दा म कसरी दोषी हुन्छु । नाश होला भनेर तिम्रो दया हुन्छ भने पाण्डवहरुलाई युद्ध गर्न बाट रोक शान्ति हुन्छ । पाण्डवहरुलाई युद्धमा शक्ति प्रदान गर्ने तिमी नै छौ ।
पाण्डुपुत्रको धेरै वर्णन नगर योद्धा भीष्म , द्रौण , कर्ण , द्रोणी जस्ता मेरा हितैषी पनि छन् । आउन शक्ति भए लडुन जितेर राज्य लगुन् नत्र राज्यको आशा त्यागुन ।उनीहरुको घुर्की सुन्न म तयार छैन ।
सुयोधनका यस्ता शेखीयुक्त कुरा सुनेर माधवले दुर्योधनका सवै शुभचिन्तक भूपतिहरुलाई सम्बोधन गरी भन्नु भयो दाजुभाइहरुको राज्य जुवामा छलले जितेर लिनु, द्रौपदीलाई फरिया तान्दै राज्यसभामा ल्याउनु, आफ्ना वन्धुहरुलाई दुर्वाच्यले घोच्नु, धोका दिएर लाहको घरमा राख्नु र आगो लगाउन पठाउनु, विष खुवाएर बाँधेर नदीमा फल्नु, कप्टीपाशा बनाएर छलले सर्वस्व खोस्नु, व्यर्थमा निहुँ खोजेर झुठो प्रण गरी वनमा लघार्नु यी दुर्योधनका कुकर्म हुन यी अनगिन्ति छन् ।
यिनको म कति वर्णन गरु । जानी–जानी कुपात्र व्यक्तिलाई जस्ले उत्साह दिन्छ हे सुजनहरु हो त्यो पनि पापको दोषी हुन्छ । यी दुर्योधनले जति घमाण्ड गरे पनि अर्जुनका सामु रणमा डटेर टिक्न सक्दैनन् । द्यौता दानव यक्ष राक्षस युद्धमा आए पनि एक्लै अर्जुनले जित्दछन् । किन कौरवहरु घमण्ड गर्दछन् । क्षेत्रीयहरुको मुख्य धर्म पालन र धर्मको रक्षा गर्नु पनि हो । मुखले धर्म पालन गर्छु भनी बोल्ने तर व्यवहारमा अधर्मको संरक्षण गर्नु पनि पाप हो । किन ज्ञानिहरु पनि दुर्योधनको डरले बोल्दैनन् । सवैको मति विग्रिएछ के हो भनी श्रीकृष्णले भन्नु भयो ।
यो सुनेर भीष्म द्रोण विदुरहरुले पनि श्रीकृष्णको समर्थन गर्दै मिल्नु पर्दछ मिल भनी शिक्षा दिए । सज्जनहरुको शिक्षा मान हठ नगर, हठले वन्धुवान्धव र शुभचिन्तकहरु व्यर्थमा मारिने छन् । हितका कुरा नमान्दा तिम्रो दुर्गति हुने र त्यो पाप तिमीलाई लाग्ने छ ।
यस्ता सवैका शिक्षा युक्त कुरा सुनेर हठ वुद्धिका दुर्योधन कर्ण र तिनका दुष्ट भाईहरु सभा बाट उठेर हामी जान्छौं भनी सभा भङ्ग गरी हिंडे । यो देखेर भीष्मले धृतराष्ट्रलाई सल्लाह दिनुभयो र कौरवहरुको इच्छा बुझ्नु भयो र ठट्टा गरेझैं गरी आफ्नो विराटरुप लिनु भै सवैको सातो लिनु भयो । जति वीरहरु पक्रन भनी आए सवै मुर्छा भै पृथ्वीमा लडे । फेरी मानिस रुप लिई मैले सुध्रन भनी धेरै शिक्षा दिएँ तर मेरो अनादर गरे ।
झुट्टो स्वार्थमा भुलेर आफुले गर्नै नसकिने काम पनि आट्दछन् । दुर्योधनलाई आफ्नो भनी शिक्षा दिएँ एउटा हितैषीले गर्नुपर्ने काम मैले पुरा गरें । अव अगाडी शिक्षा दिएनन् भनी भन्ने हाम्रो दोष केही रहेन भनी श्रीयोगेश्वरले कुन्तीलाई भेट्नुभयो र कुरुहरुसँग भएको कुरा सबै विस्तारले भन्नुभयो । कुन्तीले पनि चिन्ता मानेर वीर योद्धाले द्विज (व्राह्मण) ले जसरी राज्य माग्नु हुदैन युद्ध गरेर जित्नु पर्दछ । जसरी मुचुकुन्दले कुवेरले दिएको पृथ्वीको राज्य नलिएर युद्ध गरेर जितेर लिएको कुरा भनिन् ।
राजाले अपराधिलाई दण्ड दिई धर्मको पालन गर्नु पर्दछ । मुचुकुन्दका जसरी युद्ध गरी दुष्ट कौरवहरुको नाश गरी आफ्नो राज्य फिर्ता लिउन् तव मात्र मेरा पुत्र हुनेछन् । भिक्षा वृत्ति गरेरआफ्नो सद्धर्म त्याग्छन् भने तिनका पितृहरु स्वर्गपुरीबाट नर्कमा गाडिने छन् । त्यसैले पुरुषार्थ देखाउन् किन न्युह््रेर मिल्ने कुरा गर्दछन् । आफूले पाएको राज्य खुसिले कसैले दिन चाहँदैन माग्नु बेकार छ । युद्ध गरेर जितून् यही नै मेरो पाण्डुपुत्रहरुलाई सन्देश छ भनी कुन्तीले श्रीकृष्णसँग भनिन् । क्रमशः