मूर्धन्य साहित्यकार पौडेल रहेनन्

दाङ,२५ मंसिर । संस्कृत तथा नेपाली साहित्यका मूर्धन्य विद्वान प्राध्यापक गदाधर पौडेलको निधन भएको छ । पौडेलको बुधवार ८१ बर्षको उमेरमा उपचारका क्रममा काठमाडौंमा निधन भएको हो ।

संस्कृत साहित्यमा आचार्य र अंग्रेजीमा विएड गरेका पौडेलले २२ बर्ष माध्यमिक तह र २१ बर्ष नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापन गरेका थिए । तुलसीपुर उपमहानगरपालिका–४ वनहरी निवासी पौडेलले नन्द–प्रज्ञा प्रतिभा पुरस्कारलगायत दर्जनौ सम्मान तथा कदरपत्र प्राप्त गरेका छन् ।

साहित्यकार पौडेलको ‘खण्डित यात्रा’ नामक कविता संग्रह प्रकाशित रहेको छ भने चर्चित कवित ‘तिमी पोखरामा’मा रहेको छ । उनले नेपाली, हिन्दी र सस्कृतमा दर्जनौ कविता, मुक्तक, निवन्ध, लघुकथा, गीतहरु लेखेका छन् । पौडेल लेखक संघ दाङका सल्लाहकार एवं राप्ती साहित्य परिषद्, दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानलगायतका साहित्यिक सस्थाहरुसँग आवद्ध थिए ।

संघद्वारा शोक व्यक्त

यसैविच लेखक संघ दाङले संघका सल्लाहकार तथा साहित्यकार पौडेलको निधनमा दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष खगराज न्यौपानेले साहित्यकार पौडेलको निधनले साहित्यिक क्षेत्रमा अपूरणीय क्षति भएको उल्लेख गर्दै स्वर्गीय पौडेलप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।