ग्रामीण महिला उत्थान केन्द्रको २६ औं स्थापना दिवस

दाङ,२२ मंसिर । महिलाहरुलाई सिपसँगै आत्मनिर्भर बनाउन ग्रामीण महिला उत्थान केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

ग्रामीण महिला उत्थान केन्द्रले २६ औं बार्षिक उत्सवका अवसरमा आइतवार घोराहीमा आयोजना गरिएको कार्यक्रममा बोल्ने बक्ताहरुले २६ बर्षको अवधिमाले सस्थाले धेरै महिलाहरुलाई चेतनशिलसँगै उनीहरुलाई आर्थिक रुपमा समक्षम बन्न सहयोग पु¥याएको बताएका थिए ।

२०५१ सालमा स्थापना भएको सस्थाले महिलाहरुलाई शिक्षा, स्वास्थ्य, सुशासनसँगै विभिन्न सिपका माध्यमबाट आत्मनिर्भर बनाउन भूमिका खेल्दै आएको ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आशमानी चौधरीले बताएकी छिन । उनले २६ बर्षको उमेरमा हजारौ महिलालाई शिक्षा,स्वास्थ,महिला अधिकार,सुशासनसंगै आर्थिक रुपमा सक्षम बनाउने काम गरेको बताएकी थिइन ।

सस्थाले लघुबित्तका माध्यमबाट महिलाहरुलाई उद्यमी बनाउने काम गर्दै आएको छ । लघुवित्तमा ४० हजार महिलाहरु आवद्ध रहेका छ्न । सस्थाका अध्यक्ष आशमानी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमुख सीता न्यौपाने सिक्देलले सस्थाले महिलाहरुलाई चेतनासँगै आत्मनिर्भर बनाउन भूमिका खेलेको बताएकी थिइन ।

कार्यक्रमम प्रमुख अतिथि समेत रहेकी उपप्रमुख सिक्देलले सस्थालाई आगामी दिनमा महिलाहरुको आर्थिक जीवनमा परिवर्तन ल्याउने गरि काम गर्न आग्रह गरेकी थिइन । त्यसैगरी कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपालीले सामाजिक सस्थाले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन भूमिका खेलेको बताएका थिए ।

सामन्य नागरिकलाई चेतनासँगै लघुवित्तका माध्यमबाट उद्यमी बनाउन र सुशासनका क्षेत्रमा महत्वपूण काम गरेको बताएका थिए । कार्यक्रममा कर्मचारीका तर्फबाट नेवबहादुर चौधरी । सस्थाले गरेको कार्यक्रममो बारेमा सस्थाका कार्यक्रम संयोजक नविन चौधरीले जानकारी गराएका थिए ।

संचालक समिति सदस्य मिना गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण भीमकान्त चौधरीले गरेका थिए । महिलालाई आत्मनिर्भर र सशक्त समाज निर्माण गर्ने उद्देश्यले २०५१ साल मंसिर २१ गते सस्था स्थापना भएको थियो ।