साना किसानको साधारणसभा

देविराम कुसारी
गोल्टाकुरी,१६ मंसिर । महिला साना किसान सहकारी संस्था लिमिटेडको ८ औं साधारणसभा मंगलवार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष मिरा चौधरीको अध्यक्षता तथा दंगीशरण गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष श्रीप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको साधारण सभाले विभिन्न निर्णयलाई अनुमोदन गरेको छ ।

सभामा संस्थाका प्रमुख व्यवस्थापक सुशीला पाण्डेले प्रस्तुत गरेको करिव ५ करोड बराबरको आयव्ययलाई अनुमोदन गरेको छ । त्यसैगरी संस्थाका लेखा संयोजक गीता पौडेलले साधारण सभामा लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिइन । सभामा सफल ऋण तथा उत्कृष्ट शेर सदस्यलाई सम्मान गरिएको थियो ।

सभामा वडा सदस्य नन्दराम खत्री, सेर सदस्य सीता वस्नेत, मिना परियार, पवित्रा गौतम, पत्रकार प्रकाश डागी, गंगा विष्ट, तिलक बहादुर डाँगीलगायतले बोलेका थिए ।