अमरराज आचार्य
दाङ, १६ मंसिर । घोराही उपमहानगरपालिका वडा नं १८ मा रहेको एकता महिला वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कृषि क्षेत्रलाई प्राथमिकता दिएर लगानी गर्ने भएको छ । संस्थाको २३औं साधारणसभामा संस्थाका अध्यक्ष रेवा अधिकारीले यस्तो प्रस्ताव गरेकी हुन् ।
संस्थाले कृषिमार्फत् आप्mना सदस्यहरुलाई स्वरोजगार बनाउन सहयोग पुगोस् भनेर कृषि क्षेत्रलाई प्राथमिकता दिने जनाएको छ । कृषिमा लगानी बढाएसँगै उत्पादन समेत बृद्धि हुने सहकारी संस्थाले अपेक्षा लिएको छ । संस्थाले कृषि क्षेत्रमा २ करोड २५ लाख लगानी गर्ने संस्थाका अध्यक्ष अधिकारीले प्रस्ताव गरेकी छिन् ।
त्यसैगरेर व्यापारमा ८० लाख, अन्य क्षेत्रमा ५५ लाख लगानी गरिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७७÷०७८ मा ३ करोड ६० लाख लगानी गर्ने अध्यक्ष अधिकारीले बताइन् । संस्थाले गर्दै आएको बेसार व्यवसायलाई निरन्तरता दिने भएको छ । यसलाई थप विस्तार गर्ने लक्ष्य रहेको संस्थाले जनाएको छ ।
महिलाहरुले मात्र सञ्चालन गरेको सहकारी संस्थाले सुत्केरी राहत कोषवाफत एक हजार रुपैयाँ प्रदान गर्ने भएको छ । यस अघि संस्थाले आप्mना सदस्यहरुलाई ५ सय रुपैयाँ प्रदान गर्दै आएको थियो । समयानुसार रकम कम भएकाले रकम बृद्धि गर्न थालिएको संस्थाले जनाएको छ । प्रसुतीको समयमा सदस्यलाई थोरै भए पनि सहयोग पुगोस् भनेर यस प्रकारको सहयोग सुरु गरिएको अधिकारीले बताइन् ।
संस्थाले आप्mना सदस्यलाई २ सन्तानसम्मका लागि यस प्रकारको सहयोग गर्ने जनाएको छ । यसले मातृ शिशु मृत्यु दर कम गराउनमा साहयोग पु¥याउने संस्थाले अपेक्षा लिएको छ । संस्थामा हालसम्म ४ सय ९१ जना सदस्य रहेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका सहकारी तथा रोजगार प्रबद्र्धन शाखा प्रमुख होमलाल भुसालले सहकारी संस्थाहरु व्यावसायिक रुपमा अगाडि बढ्नुपर्ने बताए ।
बचत तथा ऋण मात्र नभई उत्पादन तथा लाग्नुपर्ने उनको भनाइ छ । उत्पादनले मात्र देशलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने प्रमुख भुसालले बताए । सहकारी संस्थाहरुले सरकारले ल्याएका नीतिनिमयअनुसार सञ्चालन हुनुपर्ने उनले बताए । ‘संहकारीहरु सहकारी सिद्धान्तअनुसार अगाडि बढ्नु पर्दछ’ भुसालले भने ।
सहकारीमा शेयर सदस्यहरुले दिएका सुझाव अनुसार सञ्चालक समिति अगाडि बढ्नुपर्ने उनले बताए । महिलाहरुले मात्र सञ्चालन गरेको सहकारीले राम्रो काम गर्न सफल भएको भुसालले बताए । कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीको माध्यबाट महिलाहरुलाई आय आर्जनमा लाग्न सहयोग पुगेको बताएका थिए । सहकारीको महत्वलाई बुझेर अगाडि बढ्न सहभागीहरुले सुझाव दिएका थिए ।
कार्यक्रममा सहकारी संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहाकार यशोदा पाण्डे, सल्लाहकार पार्वती अधिकारी, आधारभूत विद्यालय गिठेपानीका प्रअ लोकराज सुवेदी, शेयर सदस्य बेसरा पाण्डेलगायतले भनाइ राखेका थिए । कार्यक्रममा लेखा प्रतिवेदन लेखा समितिका संयोजक सरिता पोख्रेल, वार्षिक लेखा परीक्षकको प्रतिवेदन सहव्यवस्थापक ललिता पोख्रेलले प्रस्तुत गरेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष रेवा अधिकारीको अध्यक्षतामा भएको थियो । संस्थाका उपाध्यक्ष चुनकुमारी विष्टको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण संस्थाका सचिव निर्मला पाण्डेले गरेकी थिइन् । सहकारीको साधारणसभा कोरोना संक्रमणका कारण ३ दिनसम्म सञ्चालन गरिने भएको छ ।