युवराज शर्मा
नेपाली समाजमा चाकडी र चाप्लुसी व्याप्त छ । यो प्रथा राणाकालीनदेखि बढ्दै गएको हो । यसको उद्गम स्थल दरबार नै हो । त्यहाँबाट सिकेका नेता, कर्मचारी र सेनामा व्यापक छ । यस्तो प्रथा यद्यपि छ । हुन त देश राणा शासन, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रसम्म आइपुग्दा पनि चाकडी र चाप्लुसी व्यवहार घटेन, बढ्दै गयो । यसले अन्तरद्वन्द्व सिर्जना ग¥यो ।
एकआपसमा विश्वासघात बढायो, राजनीतिक, शैक्षिक सामाजिक र आर्थिक समस्या बढायो । नागरिकले कुन नेतासँग के विषयमा विश्वास गर्ने ? समस्याको भावना देखियो । पहिले चाकडी गर्ने पछि खुट्टा तान्ने मानवीय व्यवहार नै घातक बन्यो । साना नेताले बुढा नेताहरुलाई चाकडी गरेर मन्त्री पद पाउन दाउँ हेर्छन् । ठूला नेताहरुले छलकपट गरेर भए पनि प्रधानमत्री बन्ने होडवादीमा लाग्छन् । यस्ता काममा असफल भएपछि आपसमा टकराउँछन् ।
गुट र उपगुटमा बाँडिन्छन् । एउटा गुट त्यागेर स्वार्थका लागि अर्को गुटको खुट्टा पकड्ने बानी र व्यवहार नेपाली राजनीतिमा बढिरहेको छ । गुटगत लडाइँको चपेटामा युवा नेताहरु इन्तु न चिन्तु हुन्छन् । बुढा नेताहरले युवा नेतालाई चाकडी र चाप्लुसी गरेको मूल्यांकन गर्छन् । युवा नेताहरु योग्यता र इमानदार भए पनि पछि पर्छन् । त्यसैले उनीहरु जीवनमा सफलन नेतृत्व विकास गर्न सक्दैनन् । बुढा नेताहरु लोभी र लाल्ची छन् ।
उनीहरले पद नपाएमा पानीदेखि विमुख भएको माछोको रुप देखाउन लाज मान्दैनन् । भाषण गर्दा आफूलाई आदर्शवान् नेता ठान्छन् त्यसैले नेपाल अन्य मुलुकहरुको तुलनामा विकासका विषयमा पछि परेको छ । जुन देशको शिक्षा र स्वास्थ्य सेवा कमजोर हुन्छ त्यो देशले प्रगति गर्दैन । यी दुवै कमजोर पक्ष छन् भने चाकडी र चाप्लुसी महत्व हुन्छ ।
विकासको मेरुदण्ड शिक्षा र स्वास्थ्य हो । यो विकसित नभएसमम नागरिकहरुमा जागरण हुँदैन । चेतनाको स्वर पनि बढ्दैन । वर्तमान समयमा कमजोर शिक्षा प्रणालीले गर्दा चेतनाको स्तर समाजोपयोगी बन्न सकेको छैन । सरकार शिक्षाको विकास गर्ने सन्दर्भमा अल्छीपन देखाएको छ । पढ्ने विद्यार्थीहरुको पढाइ स्कूलहरुमा राम्रो भएको छैन । शिक्षकहरुको अभाव छ । पढाइ केका लागि हो ? विद्यार्थीहरुलाई ज्ञान हुन सकेको छैन । भएका शिक्षकहरु पनि स्थानीय नेताहरुको चाकडी र चाप्लुसीमा व्यस्त हुन्छन् ।
यस्तो समस्या सामुदायिक स्कूलहरुमा प्रशस्त मात्रामा छ । संस्थागत स्कूलहरुका शिक्षकहरु संस्थापकको चाकडी र चाप्लुसीमा रहनुपर्ने वाध्यता छ । उनीहरु संस्थापकको चाकडी गर्न सकेनन् भने रोजगारी गुम्न सक्छ । तर उनीहरुको बौद्धिक क्षमताको कदर गरिन्न । स्थानीय तहको सरकारले सामुदायिक स्कूलहरुको विकास गर्न सकेन । जब कि कक्षा १२ सम्म चलेका स्कूलहरुलाई स्थानीय ररकारले नियन्त्रण, निर्देशन, समन्वय गर्नु पर्दथ्यो । त्यस्ता काममा स्थानीय सरकार पछि परेको अवस्था छ । त्यहाँ भएका पदाधिकारीहरुलाई सेवा र चाकडीमा फुर्सद छैन । यस्तो वातावरण संघीय, प्रदेश र स्थानीय तहमा व्याप्त छ । यसले नेपाली स्वतन्त्र देशका नागरिक भए पनि गुलामी र सलामी काममा दक्ष मानिन्छन् ।
त्यसैले यहाँका राजनीतिक दलका नेताहरुले पनि राणाकालीन कार्यशैली आपनाउने हुँदा दलीय आवरण अधुरो बन्छ । अन्तरकलहमा तल्लिन हुन्छन् । तँ भन्दा म ठूलो भन्छन् । उनीहरुका लागि नागरिक कमजोरवर्ग ठान्छन् । जब कि नागरिकको मतका आधारमा पद र कुर्सी पाएका छन् । यसै क्रममा नागरिकले मन नपराएर भोट नपाएकाहरु पनि पद र कुर्सी पाउने परम्परा बसेको छ ।
यस्तो परम्पराबाट प्रधानमन्त्रीसम्म बनेका नेकपाका नेता माधवकुमार नेपाल र सांसद बन्न सकेका बामदेव गौतम जस्ता व्यक्तिहरु चाकडी र चाप्लुसीका आधारमा पद र कुर्सी पाएका उदाहरण छन् । यसले के नेकपा नीति र नियमलाई हेर्ने दल बन्यो ? राजनीतिमा यस्ता कार्यशैलीलाई फोहरी खेल भन्छन् । कमजोर राजनीति मान्छन् ।
नेपालमा नेकपाको प्रशासन प्रधानमन्त्री मनमोहन अधिकारीले देखाउनुभयो । उहाा समाजवादी विचारधाराबाट प्रभावित व्यक्तित्व हुनुहुन्थ्यो । उहाँबाट प्रशासनको पाठ सिक्न नसकेर चाकडी र चप्लुसीमा भएका नेकपाका नेताहरुले दुइतिहाईको सरकार नागरिकले बनाइदिए । पद र कुर्सी पाउँदा पनि दिशाबोध नेताहरुले गर्न सकेनन् । अहिले अवसरवाद र व्यक्तिवाद हाबी भएको छ । यसले स्वास्थ्योपचारमा धेरै कमजोरी देखायो भने मन्त्रीहरुको चाकडी प्रथा नाङ्गिएको छ । कोरोनाले पीडित नागरिक मृत्यु वरण गरिरहेका छन् ।
नेकपा दलका नेताहरु सत्ता र शक्तिका लागि कुकुर र विरालाहरु जस्तो झगडा गर्छन् । उनीहरुका अन्तरकलहले नागरिकको दिनचर्या कमजोर बन्दै छ । उनीहरु आफ्नो घर छोडेर विदेशिँदै छन् । नेताहरु अन्तरकलहमा छन् । पार्टीका बैठकहरु अल्पमत र वहुमत देखाएर झगडामा मस्त भएका छन् । यसले शिक्षा क्षेत्रलाई ठूलो नोक्सान पु¥याएको छ । देशमा शैक्षिक अवस्था कमजोर भएपछि विकास गराउने जनशक्ति कमजोर हुन्छ ।
निर्माण, विकासका संरचनाहरु समयमा सम्पन्न हुँदैनन् । विकसित मुलुक बन्न नेपाललाई समस्या पर्छ । २००७ सालदेखि देशमा रोजगारसम्बन्धी वातावरण बनेन । नेपाली नागरिकलाई दास बनाउने नीति राजनीति गर्नेवर्गले अपनाउन लागेको वातावरण भयो । सरकारको महत्व नागरिकलाई भएन ।
विकासका कुरा गर्दा कमजोर र गरिब देशको सूचीमा नेपाल २५ नम्बरमा हुनु लाजमर्दो अवस्था हो । आफ्नो स्वार्थको राजनीति गर्ने नेताहरुको बानी भएकोले देश अहिले शिक्षा, स्वास्थ्योपचार र रोजगारीका विषयहरुमा पछि परेको अवस्था छ ।
गरिब राष्ट्रमा गणना भएको छ । देश गरिब छ । यहाँका नेताहरले राष्ट्रको ढुकूटी र नागरिकले तिरेको कर सकेर विश्वबैंकबाट ऋण लिएका छन् । नागरिकलाई ऋणको भार बोकाएर दासत्वमा बाँध्दै छन् । जति धेरै पदाधिकारीहरु भए उतिधेरै खर्च बढ्यो । तर राष्ट्र र नागरिकलई उपलब्धि भएन । नागरिकले कुनै अनुभूति गर्न पाएनन् ।
नेपालीको मुख्य पेशा कृषि हो । कोभिड–१९ले कृषि पेशा उत्तम पेशा हो भन्ने पुष्टि गरेको छ । तर नेपाल सरकारले कृषि उत्पादन, खरिद–विक्री, खाद्य आपूर्ति गराउने विषयमा ध्यान दिएन । नेताहरु चाकडी र चाप्लुसी गर्ने काम गर्न लागेपछि कमिशनको झगडा बढ्यो । मन्त्रीहरु चुपचाप भए ।
ठेकेदारहरुले मल नल्याएर मल सड्यो भन्दै कमिशन बाँडेका इतिहास बने । यहाँ चाकडी गर्ने ठेकेदार चाप्लुसी गर्ने मन्त्री भए पछि किसानले मौसममा मल, वीऊ, ओखती पाउने अवस्था भएन । किसानहरुको समस्याहरु जहाँको त्यहीँ छन् । नागरिकले भोग्नुपरेका अवस्थाहरु जस्ताको त्यस्तै छन् । नेकपाको अन्तरकलह पद र कुर्सीका लागि समय बिताइरहेका छन् । यस्तै कलहमा ५ वर्ष बिताउँछन् । देश विदेशमा नेताहरुको चाकडी र चाप्लुसी गर्दै छन् ।