दुःखी गरिबलाई सहयोग गर्न पाउँदा …

जीवन संघर्षको क्रममा धेरै बाधा–व्यवधान आउँछन् । त्यसलाई सहज बनाउने जीवनको यात्रामा मेरा खुशीहरु धेरै छन् ।मैले मेरी आमालाई अहिलेसम्म बचाउन त सकिन तर यहाँका धेरै आमाबुबाहरुलाई बचाएको छु । कृष्णनगर–२ मा जन्मिएर लुम्बिनी प्रदेशका विभिन्न स्थानमा सामाजिक सेवा तथा औषधी आपूर्ति गर्दै आएका औषधी व्यवसायी तथा समाजसेवी नसरुल्लाह खाँले भने ।

उनले आप्mनो आमा आफ्नो साथ नभए पनि आमा जस्तै सयौँ आमाबुबा जो पैसा र अन्य कारणले औषधी खान पाएका छैनन्, त्यस्तालाई निःशुल्क तथा सशुल्क औषधी दिएर ज्यान बचाएको बताउँछन् । उनका खुशीहरु खोज्दै जाँदा उनले पहिलो खुसी आफनो आमा नै भएको बताए । ‘मेरो आमाका कारण म अहिले यो स्थानमा आएको छु, मेरो खुशी त मेरो आमा हो तर उहाँ हामी सामू हुनुहुन्न’–उनले भने । उनले आप्mनो सबैभन्दा धेरै खुशी दीन–दुःखी, असहायलाई सहयोग गर्दाको र उनीहरुलाई निःशुल्क औषधी पु¥याउन पाउँदा लाग्ने गरेको सुनाए ।

‘मेरो पहिलो खुशी दुःखी गरिबीलाई सहयोग र समाज सेवा नै हो, यही लेखिदिनुहोला’–खाँले भने । नेपाल औषधी व्यवसायी संघ कपिलवस्तुका सहकोषाध्यक्ष, नसरुल्लाहले अहिले पनि एक दर्जन बढी विभिन्न रोगका विरामीहरुलाई निःशुल्क औषधी दिन पाउँदा खुशी लाग्ने गरेको सुनाए । कृष्णनगरकै वकरीदी मुसलवान होस् वा अन्य जिल्लाका धेरैलाई मैले विगत एकदशकदेखि निःशुल्क औषधी उपलव्ध गराउँदै आएको छु, यो भन्दा ठूलो खुशी के हुन सक्छ ?’ उनले भने ।

उनले नेपालका विभिन्न स्थानका साथै अमरिकासम्म यहाँबाट नेपालीलाई औषधी पु¥याएर सेवा दिने गरेको सुनाए । ‘मेरो धर्म भनेकै यही हो, उहाँको आशीर्वादले नै मलाई यहाँसम्म आउन प्रेरित गरेको छ’–उनी भन्छन् । उनले विभिन्न समयमा सहयोग गरेका व्यक्तिहरुले सम्झँदा अर्को खुशी मिलेको बताउँछन् । त्यसका साथै अन्य विभिन्न कार्यक्रममा पनि सहयोग गर्न पाउँदा खुशी मिल्ने उनको भनाइ छ ।

‘मैले यसलाई यो सहयोग गरे भनेर रेकर्ड राखेको त छैन तर धेरैलाई सहयोग गरेको छु, कसैको विवाह होस् वा औषधोपचार सबैमा सहयोग गरेको छु, म यसैमा खुशी छ’ उनले भने । त्यस्तै उनले अर्को खुशी नेपाल नेत्रज्योति संघअन्तर्गत राप्ती आँखा अस्पताल परिसरमा आफू र समाजसेवी हिराबहादुर शाहको सहयोगमा चमेनागृह निर्माण गर्न पाउँदा अर्को खुशी मिलेको सुनाए ।

उनले त्यहाँ चमेनागृह निर्माण भएपछि हाल सबैलाई सहज भएको र आफूहरुले लगानी गर्न पाउँदा खुशी लागेको बताउँछन् । त्यस्तै खाँले छन्दकालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्ज कपिलवस्तुमा वाटर कुलर तथा स्टोर भवन पनि आफूहरुको सहयोगबाट निर्माण गरेको भन्दै खुशी व्यक्त गरे । ‘त्यहाँ पनि हामीलाई सेवा गर्ने मौका दिनुभयो, त्यसमा पनि खुशी लाग्छ’–उनले भने ।

खाँले त्यहाँ आउने विरामीहरुले हाल तातो–चिसो पानी खान पाएको देख्दा खुशी लाग्ने गरेको सुनाए । त्यस्तै उनले आफूले विभिन्न स्थानमा ५० जनाभन्दा बढीलाई रोजगार दिएकोमा पनि खुशी व्यक्त गरे । कतिपय मान्छेहरु विदेशिएका छन्, काम नपाएर बसेका छन्, मैले आफनो व्यवसायमा ५० जना बढीलाई रोजगारी दिएर स्वदेमै बस्ने वातावरण मिलाएको छु, यसमा पनि खुशी लाग्ने गरेको उनले बताए ।

२०६२ सालदेखि औषधी व्यवसायमा लागेका खाँले पोल्टिकल साइन्सबाट व्याचलर र फार्मसिष्टमा डिपलोमा गर्न पाउँदा पनि खुशी लागेको बताउँछन् । उनले अर्को खुशी आफू समाजसेवादेखि सबै क्षेत्रमा लाग्दा घरपरिवारको सहयोग भएको सुनाए । उनले श्रीमती, साथीभाइले आफूलाई सहयोग गरेका कारण यो ठाउँमा आउन सफल भएको भन्दै खुशी व्यक्त गरे । लायन्स क्लव, असले सुन्न त नइमिया नेपालको अध्यक्ष समेत रहेका खाँले विभिन्न संघसंस्थामा लागेर सामाजिक सेवा गर्न पाउँदा पनि खुशी लागेको सुनाए ।

‘मलाई साथीभाइ सबैले सहयोग गर्नुभएको छ, विश्वास गर्नुभएको छ, म त्यसमै खुशी छु’–उनले भने । उनले घरमा छोरी, छोरा जन्मँदा पनि अर्को खुशी मिलेको सुनाए । त्यस्तै आफूलगायत अन्य साथीहरुले पैसाको अभावका कारण कोही कसैले पनि उपचार सेवाबाट वञ्चित हुन नपरोस् भनेर एक लाखको अक्षकोष स्थापना गर्न पाउँदा पनि खुशी लागेको सुनाए ।

कृष्णनगरमा जन्मिएको युवा व्यवसायी नसरुल्लाह खाँ नेपाल औषधी व्यवसायी संघ कपिलवस्तुका सहकोषाध्यक्ष, लायन्स क्लव अफ कृष्णनगरको अध्यक्ष, अहले सुन्न त नइमिया नेपालको अध्यक्ष तथा नेशनल अप्टिकल्सको प्रोप्राइटर हुन् ।

प्रस्तुती : बालाराम खड्का