Goraksha

National Daily

अलपत्र पुल,छियाछिया सडक

बालाराम खड्का÷लिलाधर वली

दाङ, ७ माघ । विकास निर्माणबाट आर्थिक समृद्धिको पथमा लम्किइरहेको बताउने सरकार जिल्लामा बेखवर जस्तै छ । निर्माण सुरु भएको आधा दशक वित्दा पनि घोराही—तुलसीपुर सडकखण्डमा रहेको पत्रेखोला पुल बेवारीसे जस्तै भएको छ । सरिया देखिने जिंग्रिंग पिल्लरले राज्यको उपहास गरीरहेका छन् । नत पुलको नयां ठेक्का हुन सकेको छ, नत पुल पुरानै ठेकेदारलाइ बनाउने अनुमति दिइएको छ । सडक विभाग मौन रहेको छ ।

सडकको अवस्था पनि त्यस्तै वेहाल छ । अमिलिया तुलसीपुर सडक खण्डको तुलसीपुर बजार मध्यभागमा सडक छियाछिया परेको छ । दशमिटर पनि गतिलो सडक देख्न सकिन्न । खाल्टै खाल्टाको सडकको मर्मत सडक विभागकै जिम्माको हो, तुलसीपुर उपमहानगरपालिकाको दायित्व भित्र त्यो पर्दैन ।

नेपाल भम्रण बर्ष २०२० तथा ‘घुम्न जाँउ’ तुलसीपुर अभियानलाइ यसले गिज्याएको छ । तुलसीपुरको सडक सभ्यतालाइ पनि यसले गिज्याएको छ । यस अन्तर्गत आन्तरिक तथा बाह्ेय पर्यटकहरु पनि भित्याउने लक्ष्य पनि होला तर यहाँको मुल सडकका खाल्डा खुल्डीले भने गिज्याई रहेको छ । तुलसीपुरको मुटुमा रहेको ‘क’ लाइनको कालोपत्रे सडकमा भने ठुला ठुला खाल्डाहरु परेका छन् । यसले तुलसीपुरको बजार कुरुप देखिनुका साथै दुर्घटनाको जोखीम समेत निम्त्याएको छ । सो सडकमा कहिले माटो त कहिले गिट्टी हाल्ने र पटक पटक कालोपत्रेको नाममा अलकत्र छरकने काम भने नभएका होइन् । सडकमा पानीपरेको वेला पानी जमेर हिल्लामे हुने गरेको छ भने घामलाग्दा धुलो उडर्ने समस्या रहेको छ ।

तुलसीपुर अमिलिया –सल्यान रोड अन्तर्गतको यो सडक मुल सडक भएको भन्दै यसको मर्मत सम्भार गर्ने अधिकार भित्र तुलसीपुर उपमहानगरपालि नपर्ने उपमहानगरले जानकारी दिएको छ । स्थानीय सरकारको अधिकारमा नपर्ने तथा राजमार्ग अन्र्तगत सो सडक पर्ने भएका कारण समस्या भएको तुलसीपुर उपमहानगरपालिका इन्जिनियर पवन कुमार योगीले जानकारी दिए । ‘यो सडक डिभीजन कार्यालयले गर्ने काम हो, उपमहानगरको दायित्व भित्र नपर्ने भएका कारण हामीले सडक मर्मत नगरेको हो उनले भने । सडकले मर्मत गर्ने भन्ने जानकारी पाएको र सडकले नगरेको खण्डमा आफुहरुले तत्काल मर्मत गर्ने उनले बताए । तुलसीपुरको सितलपुर रोड देखि विरेन्द्र चोक सम्मका दुवै सडकहरु यस्तै हातलमा छन् ।

त्यस्तै सडक डिभिजन कार्यालय अन्गर्त पर्ने तुलसीपुर –सुर्खेत खण्डको दोघरे सम्मको अवस्ता पनि यस्तै छ । तुलसीपुरको नयाँ बसपार्क वरपर कालोपेत्र सडकमा खाडलहरु परेका कारण यातायातका साधनहरु चलाउन समस्या हुने गरेको छ । ‘दैनिक ३÷४ जना मानिसहरु दुर्घटनामा पर्ने गरेका छन्, यस तर्फ ध्यान कसैको छैन् –स्थानीय पुर्णचन्द्र धितालले भने । ’ उनले स्थानीय सरकारलाई आफुहरुले कर तिर्ने परेपनि यस तर्फ ध्यान नदिएको बताए । ‘व्यावसायीक कर हामीहरुले तिर्ने गरेका छौं, सडकको हालत जताततै यस्तैछ उनले भने । त्यसैगरी सानो सडक त्यसमा पनि पार्किङ पैदल यात्रु र विच सडकमा खाल्डा खुल्डीका कारण दुर्घटना जोखीम बढेको चालकहरु बताउछन् ।

‘ठुला ठुला यातायातका साधनहरु यहि रोडमा हुकिन्छन् खाल्डा खुल्डीले गर्दा कतिवेला के हुनेको अवस्था गम्भीर छ स्थाानीयहरु बताउछन् । त्यसैगरी पैदल यात्रुहरु हिड्ने फुटफाटमा निर्माण सामग्री राख्दा मैदलयात्रुहरुलाई झनै समस्या हुने गरेको छ । ‘विचमा सडकमा खाडलछन् वरपर पार्किङ र निर्माण सामग्री हामीहरु कहाँबाट बाटो काटने –स्थानीय माया केसीले भन्नि । उनले जेष्ठ नागरिक, बालबालिकाहरुलाई धेरै समस्या हुने गरेको बताइन् ।

माघ भित्रै सडक मर्मत हुन्छ

त्यसैविच सडक डिभिजन कार्यालयले भने सडक मर्मतका लागि टेण्डर भएको भन्दै केहि दिनमै सडक मर्मत सुरु हुने बताएको छ । अमिलिया तुलसीपुर सडक खण्डको सल्यानको सिमाना सम्म सडक मर्मतका लागि टेण्डर भएको भन्दै अवको माघको अन्तीम सातामा बाट काम हुने बताएको छ । सव–इन्जिनियर नारायाण दाहालका अनुसार तिन वटा कम्पनिहरुलाई कामको जिम्मा दिएको र अव केहि दिनमै काम सुरु हुने बताए ।

‘सडक मर्मत सम्भारका लागि टेण्डर समेत भएको छ, मौसमको कारण काम सुरु हुन सकेको छैन् उनले भने । दाहालले मौसम सुधार संगै अव माघ भित्रमा काम सुरु हुने बताए । ‘मौसममा पनि सुधार भएको छ, अव काम अगाडी बढने छ उनले भने । त्यसैगरी उनले अमिलिया –सल्यान सडक खण्ड मर्मतका लागि टेण्डर भएको र अन्य स्थानमा भने नभएको बताए ।

यो पुल निर्माण गछौँः सडक डिभिजन प्रमुख
त्यसैगरी घोराही–तुलसीपुर सडक अन्तर्गत पत्रेखोला पुल विगत पाँच बर्षदेखि अलपत्र रहेको छ । जिंग्रिंग पिल्लर देखन थालेको आधा दशक भयो, तर यो विषयमा सरकारको उपस्थीतिनै देखिएको छैन । पत्रेका पिल्लर ठडिनुभन्दा पछि सुरु भएका अन्य पुल निर्माण सम्पन्न भैसकेका छन् । तर पत्रेपुलले सरकारको उपहास गरीरहेको छ ।

मुख्य मन्त्री शंकर पोख्रेलले भनेका थिए, चारवटा पुल हाम्रा, दुइटा पुल कांग्रेसका । त्यसमा कटुवाखोला पुल र पत्रेपुललाइ उनले इंगित गरेका थिए । काम गर्ने पुल निर्माण कम्पनी र नियमन गर्ने सडक डिभिजन कार्यालयको लापरवार्हीका कारण पुल निर्माण हुन सकेको छैन ।

सोही सडक खण्डमा गुर्जेखोला, संक्राम खोला र गुहारखोलामा पछि सम्झौता भएका पुलहरु निर्माण भैसक्दा समेत उक्त खोलामा पुल निर्माण हुन सकेको छैन । निर्धारित समयमा पुल निर्माण हुन नसक्दा विगत पाँच बर्षदेखि पुल अलपत्र अवस्थामा रहेको छ । ४० मिटर लम्वाई रहेका पुल अझै निर्माण हुन सकेको छैन । डेढ बर्षमा पुल निर्माण गरि सक्ने गरि शंकरमाली निर्माण सेवासँग सडक डिभिजन कार्यालय दाङसँग २०७१ भदौ ११ गते सम्झौता गरेको थियो ।

तर सम्झौता मितिमा पुल निर्माण हुन नसकेपछि निर्माण पक्षको माग अनुसार कार्यालयले पहिलो पटक एक बर्ष र दोश्रो ६ महिनालाई भन्दै म्याद थप गरेको थियो । तर म्याद थप गरेको समय वितेको समेत लामो समय भैसक्दा समेत पुल निर्माण हुन नसकेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

निर्माण पक्षको चरमलापरवार्हीका कारण पाँच बर्षको अवधिमा दुई वटा पिलर मात्र निर्माण भएका छन । पुल निर्माण कम्पनीले कामै गर्न छोडेपछि विगतमा पटक पटक निर्माण पक्षलाई सडक डिभिजन कार्यालयले पुल निर्माणको काममा ताकेता गरेपनि पुल निर्माण हुन सकेको छैन । निर्माण पक्षले पाँच बर्षको अवधिमा ४० प्रतिशत जति काम गरेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । अलपत्र अवस्थामा रहेको पुललाई यसैबर्ष सक्ने गरि काम गरिने सडक डिभिजन कार्यालय दाङका प्रमुख निरज शाक्यले बताए ।

सडक कार्यालय दाङको प्रमुखका रुपमा आफु कार्यालयमा हाजिरी भएदेखि नै जिल्लामा काम हुन नसकेका पुल तथा सडकहरुको अवस्था बुझेर निर्माण पक्षसँग कुरा गरिहेको बताए । ‘पत्रेखोलाको पुल अलपत्र पार्ने निर्माण पक्षसँग छलफल भैरहेको छ, निर्माणको काम गर्ने ठेकेदार अहिले विदेशमा रहेकाले डिटेलमा छलफल गर्न पाएका छैनौ’,कार्यालय प्रमुख शाक्यले भने,‘ पुल निर्माणमा निर्माण पक्षको राय बुझेर काम अघि बढाउने या ठेक्का सम्झौता तोड्ने बारे निर्णय हुन्छ ।’ पुल निर्माणको काम निर्माण पक्षकै लापरवार्हीका कारण ढिलाई भएको समेत बताए ।

१८ महिनामा बन्नुपर्ने पुल पाँच बर्ष वितिसक्दा समेत नबन्नु दुखद पक्ष भएको समेत बताए । अहिले आफु जिल्लामा पुल तथा सडक निर्माणको कामका लागि काठमाडौमा रहेको भन्दै जिल्लामा फर्केपछि जिल्लाको कामको बारेमा बुझेर विकास निर्माणको कामलाई अघि बढाउने बताए । पुल निर्माणमा ढिलाई भएपछि कार्यालयले निर्माण कम्पनीलाई दश पटक भन्दा बढि पत्र काटेर सचेत गराएको थियो ।

ठेकेदारको लापरवार्हीका कारण आर्थिक बर्ष २०७५÷०७६ मा पुल निर्माणको काम हुन नसकेको कार्यालयले जनाएको छ । निर्माण पक्षले पुलको काम लामो समयदेखि नगरेको र गर्नलाई अग्रसरता समेन नदेखाएपछि कार्यालय ठेक्का सम्झौता तोड्ने पक्षमा पुगेको छ । ‘अहिले पुल निर्माणको बारेमा निर्माण पक्षसँग कुराह हुन सकेको छैन, निर्माण पक्षले के गर्ने हो, त्यो बुझेर के गर्ने भन्ने निष्कर्षमा पुग्नेछौँ’,शाक्यले भने ,‘विगतमा भएको गल्तीलाई यो बर्ष दो¥याउने छैनौ, जसरी नै पुल निर्माण गर्नेछौँ ।’ घोराही तुलसीपुर र घोराही लमही खण्डमा पर्ने अन्य खोलामा पुल निर्माणको काम भैराखेको छ ।

पुल निर्माण ढिलाई गरेको भन्दै कार्यालयले गतआर्थिक बर्षमा निर्माण कम्पनीलाई ३५ लाख हर्जना तिराएको थियो । पुल निर्माणको काममा ढिलाई गरेको भन्दै आर्थिक बर्ष २०७५ ्र०७६ मा पुल निर्माणको ठेक्का लिएको शंकर माली निर्माण सेवालाई ३५ लाख रकम धरौटी बाफतको रकम जफत गरेको थियो ।