राष्ट्रियसभा निर्वाचन : मुख्यमन्त्री पोख्रेल,सभामुख घर्तिलगायतका मन्त्रीद्धारा मतदान
लिलाधर वली
दाङ,९ माघ । राष्ट्रियसभा सदस्यका लागि प्रेदश ५ मा मतदान सुरु भएको छ। ३ सदस्यका लागि भएको निर्वाचनमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पहिलो मतदान गरेका छन्।
प्रदेश ५ मा ३०५ जना मतदाता रहेका छन्। घोराहीको कर्मचारी मिलन केन्द्रमा स्थापना गरिएको मतदान केन्द्रमा मुख्य मन्त्रीसँगै सभामुख पुर्ण घर्तीलगायतकाले मतदान गरेका छन। निर्वाचनका लागि क र ख मतदान केन्द्र गरेर २ वटा मतदान केन्द्र बनाइएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार क मतदान केन्द्रमा प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् भने ख मतदान केन्द्रमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्। क मतदान केन्द्रमा प्रदेश ५ का ८७ जना प्रदेशसभा सदस्य मतदाता रहेका छन्। ख मतदान केन्द्रमा भने प्रदेशभरिका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जना मतदाता रहेका छन्।
३ सदस्यका लागि ९ जनाको उम्मेदवारी परेको छ। कूल ३ जना सदस्यका लागि प्रमुख सत्तारुढ दल नेकपा, प्रतिपक्षी दल नेपाली कांग्रेस, जनमोर्चा, रापजा, संघीय समाजवादी पार्टीलगायत दलहरुले उम्मेदवारी दर्ता गराएका छन्।
