Goraksha

National Daily

बिप्लवका पाँच नेता जिल्ला अदालतको गेटबाट पुनः पक्राउ

माघ,६ दाङ । प्रहरीले नेत्रविक्रम चन्द्र विप्लवका पाँच जना नेतालाई आज पुन पक्राउ गरेको छ । दाङ देउखुरी जिल्ला अदालतबाट धरौटीमा रिहाभए लगत्तै विप्लव नेतृत्वको नेपाल कम्युष्टि पार्टीका ५ जना नेताहरुलाई पुनः अदालतको गेटबाटै प्रहरीले पक्राउ गरेको हो ।

गत असोज ३० गते राजपुर गाउँपालिका–४ मुंग्रेठाबाट पक्राउ परेका उनीहरुलाई पुसको ७ गते दाङ देउखुरी अदालतले १५–१५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । सोही अनुसार धरौटी बुझाएर छुटेका उनीहरुलाई सोमवार दिउँसो प्रहरीले पुन पक्राउ गरेको हो ।

पुनपक्राउ पर्नेमा बिप्लव नेतृत्वको पाटीका राप्ती व्यूरो सदस्य एव न्याय विभाग समिति दाङका संयोजक रामबहादुर थापा ‘सुन्दर’, दाङ जिल्ला इन्चार्ज यामलाल कटुवाल ‘विक्रम’, थवाङ स्वायत्त क्षेत्र इन्चार्ज हितप्रसाद रोका, थवाङ स्वायत्त क्षेत्र सेक्रेटरी अमृत घर्ती मगर र पाटी सदस्य इन्द्रबहादुर वली रहेका छन् ।