देश, जनता, सरकार र प्रतिपक्ष

सुभाष न्यौपाने

निःशुल्क उपचार गर्न सक्तैन सरकारले ।
रैतीको चाकडी गर्ने उसलाई दरकारके ।।
खाने र लाउने मात्र सरकार छ यो देशमा ।
जनस्वास्थ्यको विरुद्धमा मुद्दा लाग्छ सर्वोच्चमा ।।

हरेक नागरिकको हृदयमा सञ्चार हुने गरी एउटा निश्चित सीमाभित्र रहने गरी तयार गरिएको भौगोलिक अवस्था देश हो । त्यसभित्र बग्ने नदी, खोला, ताल आदि त्यस मुलुकका रक्तसञ्चार हुन् । जसमा झरनाले छुट्टै बाजाको ताल दिइरहेको हुन्छ । हरेक प्रजातिका फूलहरु त्यस देशका सुगन्ध हुन् भने सगरमाथा, अन्नपूर्ण, कञ्चनजङ्घा, माछापुच्छ«ेदेखि असपसैपालसम्मका हिमाल त्यस देशका गहना हुन् ।

जुन हाम्रो देश नेपाल हो । सामान्यतया विश्वपरिवेशमा चर्चा, परिचर्चा हुँदा त त्यस्तो देशको सरकार त नागरिकमैत्री सरकार बन्नु पर्ने हो । त्यसमा पनि लोकतान्त्रिक सरकार तर के गर्ने विडम्बना लोकतान्त्रिक पद्धतिमा आधारित भएर गठन भएको सरकार लोक्त्या सरकारको रुपमा परिभाषित हुँदै गइरहेको छ ।

हिजो मुलुकको संविधान जारी हुँदाका बखतको मुलुकभित्रको सामान्य विषय परिस्थितिलाई रायोको पहाड बनाएर छिमेकी मुलुकसँग टकराव गरेको नाटक देखाउँदै त्यसैको लोकप्रियताको फाइदा उठाउँदै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेपालको प्रधानमन्त्री पदमा निर्वाचित हुन पुगे ।

संविधान सार्वजनिक भएपश्चात मुलुकको प्रधानमन्त्री जोसुकै भएको भए तापनि प्रधानमन्त्री ओलीको नाटकीय राष्ट्रवादका कारण उनको प्रशिद्धि बढ्न गयो । जसको कारण संविधान, जागिरे पश्चातका सबै निर्वाचनहरु प्रधानमन्त्री ओलीले नेतृत्व गरेको राजनैतिक दल नेकपा एमालेले नै एकलजित हासिल ग¥यो भन्दा पनि त्यति अत्युक्ति नहोला । जसको कारण नेपाली कांग्रेस जस्तो लोकतन्त्रको सम्वाहकको रुपमा चिनिएको पुरानो राजनैतिक दल नेपाली कांग्रेस पनि थला नै टेक्ने गरी गल्र्याम–गुर्लुम हुन पुग्यो । तिनै ओलीले नेपालका कम्युनिष्टलाई पनि सिध्याउने छाँट आइसक्यो ।

गर्दागर्दा ओली सरकारले आफ्ना मातहतका निकायहरुलाई संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुक नलेख्न समेत आदेश दिइसके । हिजो लोकतान्त्रिक गणतन्त्र लेख्न त्यति आतुर नेताहरु आज पाँच वर्ष नपुग्दै पूर्ण कार्यान्वयनमा नजाँदै किन त्यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई लुकाउन खोजे ? पाँच वर्षे कार्यक्रमको समेत उनीहरुसँग कुनै रोडम्याप थिएन भने किन त्यति हतार गरेको संघीय लोकतान्त्रिक संविधान जारी गर्न ? यो सबै जनताको आँखामा हालिएको शब्दजालपूर्ण छारो हो ।

प्रधानमन्त्री ओलीले नेकपा पार्टी र नेकपाको सरकारलाई धरापमा पार्ने अवस्था आएपछि अब नेकपा जोगाउने जिम्मा राष्ट्रपतिको काँधमा आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका नेतामा कत्ति पनि पद लोलुपताका आरोप नलागेका नेता बामदेव गौतमलाई उनले पार्टी एकताको लागि विगतमा खेलेको भूमिकाको सराहना गर्दै फेरि पनि पार्टी एकताको लागि त्याग गर्दै पुनः सकारात्मक भूमिका निर्वाह गर्न आग्रह पनि गरेकी छन् । त्यति भए त पक्कै पनि बामदेव काम्रेडले पार्टी एकताको लागि भूमिका निर्वाह गर्ने छन् । जनता, राष्ट्रपति, प्रधानमन्त्री नभए पनि जनताले राष्ट्रपति, प्रधानमन्त्रीले आँ गरे भने उनीहरुको अलङ्कार बुझ्छन् ।

यसको आशय हो प्रधानमन्त्री ओलीको बचाउ गर्नको लागि भूमिका खेल्न राष्ट्रपतिले नेता बामदेव गौतमलाई अह्राएको जसतो बुझिन्छ । बामदेव गौतम पनि त्यही चरित्रका भएको हुनाले पनि राष्ट्रपतिलाई ओली ओली र ओली सरकारको रक्षाका निमित्त वकालत गर्न आदेश गरेको हुनुपर्छ । त्यस वाफत राष्ट्रपतिज्यूबाट नेता बामदेव गौतमलाई के बक्सिस मिल्ने हो त्यो पनि त तुरुन्तै सार्वजनिक होला ।

होइन भने नेकपाको साधारण सदस्यता समेत नरहेका राष्ट्रपतिलाई नेकपाको आन्तरिक रडाकोप्रति किन यति धेरै चासो ? यसले पनि राष्ट्रपतिज्यूबाट नेकपाको राजनीति सुरु गरिबक्सेको हो कि जस्तो छ । बामदेव गौतमलाई राष्ट्रपति निवास बोलाएर गोप्यमन्त्रणा दिनु र सार्वजनिक रुपमा पार्टी एकताको लागि सकारात्मक भूमिका खेल्न भनेर आदेश गर्नु मतलव के ? बामदेवजी पदका र पैसाका लोभी छन्, उनले हालसम्म पेटभरि खान नपाएको कुरा पटक–पटक प्रदर्शन गर्दै आएकाले पनि कुनै ठाउँमा राखेर पेटभरि खान दिने शर्तमा सायद यो आदेश भएको हुनसक्छ ।

पार्टीका दुवै अध्यक्षले पार्टीमा अब हामी दुवैजना एकै ठाउँमा रहेर अगाडि बढ्न नसक्ने विषयमा समुदायमा छलफल, आलोचना र समर्थन भइरहँदा दुई अध्यक्ष प्रचण्डले ओलीलाई आरोप लगाउँछन् । ओली प्रचण्डलाई आरोप लगाउँछन् । सरकार र नेकपा भन्ने पार्टीमा अहिले शक्तिको हानथाप चलिरहेको छ ।

दुवै समूह आ–आफ्ना पहुँच र तागतको आधारमा एउटा समूह अर्थात् ओली समूह सत्ता कब्जामा राख्ने र पार्टी नियन्त्रणमा लिने रणनीतिमा छन् भने अर्को पक्ष नेपाल, दाहाल, खनाल समूह सरकारबाट ओलीलाई विस्थापित गर्ने र पार्टी नेतृत्व आफ्नो कब्जामा लिने रणनैतिक दाउँमा लागिरहेको देखिन्छ ।

यसका मुख्य पात्रहरु दुवै पक्षका चतुर र धुर्त छन्, त्यसैले उनीहरु एकले अर्कालाई घोक्रेठ्याक लगाएर अगाडि बढ्ने पक्षमा छन् । उनीहरुलाई देश र जनताप्रति कुनै चासो र चिन्ता छैन । जनस्वास्थ्य सुरक्षाको सन्दर्भमा भन्नुपर्दा वर्तमानको महामारीले सरकार र सत्ताधारी पार्टीलाई छोएकै छैन ।

सरकार जनस्वास्थ्यका विरुद्ध निर्णय गर्छ । जनताको स्वास्थ्य रक्षाको अभिभाराबाट मुक्त हुन पाउँ भन्दै सर्वोच्च अदालतमा पुनरावलोकनको नाममा रिट दायर गर्छ । यो सरकारलाई फेरि नागरिकले नागरिक सरकारको नाममा सम्बोधन गर्नुपर्ने रे । कस्तो लाजमर्दो कुरा ! संघीय सरकार भन्छ जनताको स्वास्थ्योपचारको जिम्माबाट पन्छिन नपाउँ भन्दै सर्वोच्चमा दौडिन्छ ।

संघीय सरकारको ससुराली संगठन काठमाडौं महानगरपालिकाले कोरोना संक्रमणका कारण आफ्नो पेशा गुमाएका व्यक्ति, अशक्त, असहाय र पेशाबाट विमुख भएका व्यक्तिहरुलाई विभिन्न समूहले समन्वय गरी खाना खुवाउने प्रबन्ध मिलाउँदै आएकोमा खुलामञ्चमा अबदेखि खाना नबाँड्नु भनेर आदेश दिएको छ ।

आफूलाई सबै नगरको नेताको रुपमा परिचित गराउन खोज्ने काठमाडौं महानगर न त आफू जनअपेक्षा पूरा गर्न खोज्छ न त जनस्वास्थ्यको बारेमा चासो राख्छ । उसलाई लाजै छैन न त भोका जनतालाई आफू खाना खुवाउन सक्छ न त सामाजिक अभियन्ताहरुले गरेको सामाजिक सुकार्यलाई स्वीकार्छ । उल्छै भन्छ – अबदेखि खुलामञ्चमा खाना नबाँड्नु ।

करोडौँ नेपालीको नेता प्रधानमन्त्री केपी शर्मा ओली घरझगडामा रुमलिएर आपसी देखेस र पखेस शैलीको लडाइँमा अगुवाई गर्दै जनताको समस्या र दुःखको कुनै वास्ता नगरेर अगाडि बढेको देख्दा जनता अलि खिन्न छन् । अझ सरकार आफूलाई नागरिक सरकारको उपमा दिन चाहन्छ । ओली सरकार दाहाल नेपाल गठबन्धन फुटाउने प्रपञ्चमा लागिरहेको बुझिन्छ भने दाहाल समूह ओली नेपाल गठबन्धन नबनोस् भनेर त्यसको जासुसी गर्दै नेपाल र ओलीको बीचमा निकटता नआओस् भन्नका लागि रणनैतिक अभ्यासमा जुटेको देखिन्छ ।

ओलीलाई पनि प्रचण्डभन्दा नेपालकै डर छ । यति कुरा गर्दा ओलीले भल्यास्स सम्झन्छन् होला नेकपा एमालेको पछिल्लो महाधिवेशनमा कसरी जित हासिल गरेका हुन् तर यतिबेला जे जसरी भए पनि प्रधानमन्त्री ओली जतिसके आफ्नो शक्ति भोग चाहिँ नछोड्ने पक्षमा नै छन् । त्यसकै संकेत पनि हुनसक्छ ।

यदि मलाई प्रधानमन्त्रीबाट अपदस्थ गर्ने गरी दाहाल नेपाल पक्ष अगाडि बढ्ने हो भने उनीहरुका विरुद्ध आइपर्ने घटनाको सामना गर्न तयार भएर बसे हुन्छ । त्यसरी चेतावनीपूर्ण घुर्की दिइसकेका छन् । यसले के बुझाउँछ भने यदि मैले सत्ता छोड्नु पर्छ भने तिमीहरुमाथि लाग्ने, नलाग्ने सबै आरोप लगाएर तिमीहरुलाई समेत सिध्याएर जान्छु ।

उनी त्यो नि तयारीमा छन् भन्ने कुरा त राष्ट्रपतिले बामदेव गौतमलाई बोलाएर सहमतिको दिशामा पार्टीलाई लैजानुप¥यो भनेर दिएको निर्देशन पनि त्यही हो कि ? दि ओली सरका ढल्ने हो भने नेकपाभित्र जे पनि हुनसक्छ । त्यसको अर्को बलियो आधार के पनि हो भने सामान्यतया गुप्तचर भन्ने संस्थाको नेतृत्व उसले गरेको छ । उसको मुभमेन्ट अर्थात् क्रियाकलाप भनौ या आवागमन जे भने पनि गोप्य हुन्छन् ।

उनीहरुका क्रियाकलापको बारेमा त कुरै नगरौा । सुरक्षा तथा गोपनियताको बारेमा सरकारलाई छुट्टै गोप्य प्रतिवेदन पेश गर्ने निकायको प्रमुखले हाम्रो देशको प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुलेआम रातविरात केही नभने बालुवाटारमा गरेको भेटघाटले मैत्रीपूर्ण भेटघाटको अर्थभन्दा पनि षड्यन्त्रलाई अथ्र्याउन सक्छ ।

उता प्रधानमन्त्री केपी शर्मा ओली आफूले राजिनामा दिने र रजिनामा गराउने सपना कसैले पनि नदेखे हुन्छ । यस्तो विकराल परिस्थितिमा देश र जनतालाई धोका दिएर मबाट राजिनामा भन्ने हुन सक्दैन । यसरी राष्ट्रवादी प्रकट गर्ने नेतालाई प्रधानमन्त्री पदबाट राजिनमा गराउन खोज्नेहरु नै अराष्ट्रिय हुन् । भलै प्रधानमन्त्री ओलीले भ्रष्टाचारीहरलाई उन्मुक्ति दिलाउने काम गरे होलान्, तस्करहरुलाई चोख्याउने काम गरे होलान्, बलात्कार पश्चात नाबालिकाको हत्या गर्ने हत्यारालाई निरपराधी गराउने काम गरे होलान् तर उनी इतिहासका राष्ट्रवादी प्रधानमन्त्री नै हुन् ।

यिनै राष्ट्रवादी नेताको इसाराले नै होला अस्ति लाजिम्पाटमा बसेको भेलाले पूर्व भाववादीका विरुद्ध पूर्व एमालेहरु सबै एक भएर जाने तयारी गरिरहेको छन् रे । उक्त मेलाले नेकपा गठन भएपश्चात सरकार र पार्टीको अलोकप्रियता बढ्दै गएको अवस्थामा अब सरकार र दलको क्षतिलाई न्यूनीकरण गर्ने विषयमा पनि छलफल र सहमति भएको कुरा बाहिर आइरहेको छ । एउटा होटलमा भएको उक्र भेलामा ईश्वर पोख्रेल, खगराज अधिकारी, महेश बस्नेलगायतका डेढ दर्जन जति नेताहरुको उपस्थिति रहेको समेत जानकारीमा आएको छ ।

राजनैतिक रुपमा त राजनेतिक दलहरु उदो जाउन् कि उपभो जाउन् त्यसमा जनतालाई कुनै सरोकार छैन । तर देश र जनतालाई नै तहसनहस र आजित गर्ने गरी सञ्चालन भएका सत्ता पक्ष र सरकारका क्रियाकलापले भने जनता आजित र ससंकीत छन् । अझै पनि कतै कोभिडका नाममा सरकार र सरकारी राजनैतिक दलका क्रियाकलापले जनताको टाउको दुखाई बढाउँदै लग्ने त होइन ? सरकारी दलको आफूभित्रको पूर्व एमाले र पूर्व माओवादी खेमाभित्र विवाद बढ्दा–बढ्दा राजनैतिक ध्रुवीकरणको अन्त्यमा पुगिरहेको छ भनेर जानकारहरु भन्छन् ।

फुटेर पनि जुटेको देखाउने नाटक गर्न जान्ने नेकपाका नेताहरुको उनका कार्यकर्ताहरु त हो हो जनता समेत आजित भइसकेका छन् । चाहे त्यो लाजिम्पाट भेला होस् या खुमलटार भेला होस् । सत्ताधारी दल र सरकार जनताको टाउको दुखाइ बनिरहँदा कमसेकम प्रमुख प्रतिपक्ष भनिने नेपाली कांग्रेस दुईवटा खुट्टा दह्रो गरी टेकेर उभिदिए हुन्थ्यो भन्ने जनचाहना हुँदाहुँदै पनि प्रतिपक्ष भन्ने अझै लत्रिरहेको छ । ऊ आफै आफूभित्रको किचलोबाट उम्कन सकिरहेको छैन ।

नेपाली कांग्रेस पौडेल पषधर नेताहरुले पार्टी कार्यालय सानेपामा दर्ता गराएको १६ बुँदे ध्यानाकर्षणपत्र दर्ता गराएपछिको बसेको सचिवालय बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले भनिदिएको विभाग गठन सम्बन्धमा वाहेक अरु सबै विषयमा छलफल हुन सक्छ । ज्ञापनपत्र दर्ता गराउने पक्षको मुख्य मक्सत नै विभाग गठन र सदस्य तथा संयोजनको नियुक्तिको विरोधमा हो ।

अब हेर्नुस् जुन विषयले ध्यानाकर्षण गराएको छ उही विषयमा छलफल हुन नसक्ने भनेर पार्टी सभापतिले जवाफ दिइसकेपछि केको छलफल ? भनेर पौडेल पक्षधर नेताहरु भन्छन् । उनीहरुको भनाइ पनि यत्रो वर्षसम्म नगरेको काम के कारणले पार्टीको महाधिवेशनको मिति निर्धारण भइसकेपछि किन विभाग गठन गर्ने र भनोनित गर्ने कार्य गरियो ? भन्दै यसप्रति घोर आपत्ति जनाएका छन् । यो सबै कार्य राजनीति र महाधिवेशनलाई प्रभावमा पार्ने गरी निर्वाचन आचारसंहिता विपरित गरिएकोले हाम्रो विरोध हो भन्ने उनीहरुको भनाई छ ।

त्यो जायज पनि हो । हिजो विहीवारदेखि नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीको बैठक बस्दै गर्दा नेकपामा संसदीय दलमा अविश्वासको प्रस्तावसम्मको विषय पनि छलफल र प्रारम्भमा आइरहेको छ भन्ने पनि सार्वजनिक भइसक्दासम्म पनि नेपाली कांग्रेस जनतासँग एकाकार र साक्षातकार भएर हिड्नुपर्ने बेलामा आफैभित्रको तिललाई पहाड बनाएर हिड्ने चरित्रले प्रतिपक्ष पनि सरकारवादी राजनेतिक दलभन्दा घटी नभएको आँकलन जनताले गरिरहेका छन् । जस्तो सरकार उस्तै प्रतिपक्ष हुने हो भने जनताले उनीहरुसँग केको आशा गर्ने ? उनीहरुको कसरी भर पर्ने ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत सबै नेताहरुले बुझ्नुपर्ने कुरा के पनि हो भने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिँदा जसरी देश डुब्छ भने देश र जनतामाथि अन्याय गरेको ठहर्छ भने त्यस्तै बामदेव गौतमले मलाई मन्त्री, प्रधानमन्त्री चाहिएको होइन देशलाई म चाहिएको हो भनेर जसरी निर्लज्ज शब्दहरु ओकले यदि शेरबहादुरले पनि त्यही सिकेर मलाई नेपाली कांग्रेस चाहिएको होइन कांग्रेसलाई म चाहिएको हो भन्दै केपी ओलीलाई नै गुरु मानेर केपीकै शैलीमा अगाडि बढ्न थाले भने जसरी केपीले नेपालमा कम्युनिष्ट सिध्याउने पक्का देखिन्छ । त्यसैगरी शेरबहादुर देउवाले पनि कांग्रेस सक्ने कुरामा शंका छैन । फेरि बुझ्नुपर्ने कुरा ओलीलाई उडाउने हावाले देउवालाई पनि उडाउने छ ।