युवराज शर्मा
नेपालका तराई भूभागमा गर्मी धेरै हुन्छ । आँपका बगियाहरुमा खटियाहरु राखेर शीतल छहारीमा रमाउनेहरु धेरै हुन्छन् शीतलताको अनुभव गर्छन् । रेडियो बजाउँछन् । कतिपयले समाचार सुन्छन् । कसैलाई रेडियोबाट गीत सुन्ने रहर हुन्छ, सुन्छन् । यस्तै गीत बजेको थियो – कसले दियो नेप्टीलाई लाइटर । गाउँघरमा बेलाउने गर्थे र भन्थे – नेप्टी । यी एउटी सरल युवती थिइन् ।
यिनी घरेलु कामकाजमा निपुण थिइन् । यो गीत सुन्नेहरुले के बुझेका थिए ? भन्न सकिन्न । तर त्यस गीतमा मायाप्रिती, आत्मीयता, युवतीप्रतिको मायाको झलक थियो भने त्यस समयमा हाटबजार गर्नेहरुमा दाजु र बहिनी नून ल्याउन बटौली जाने भएका थिए । उनीहरुका साथमा गाउँकै युवक हर्के पनि साथै नून ल्याउन जाँदै थिए । एकै गाउँका र एकअर्काका छिमेकी पनि थिए । करिब २० जना हटारुको लस्कर भयो ।
हाटबजार गर्नेहरुलाई हटारु भन्थे । हाटबाट नून, तेल, लत्ताकपडा र अन्य सामानहरु मालसामानबाट साटेर ल्याउँथे । सटहीको काम व्यापारीहरुले गर्थे । आफ्नो सामानको मूल्य हुन्थ्यो र हटारुहरुको सामानहरको मूल्य हुन्थ्यो । बढी घटी रकमको हिसाब सामानको मूल्यमा मिलाइन्थ्यो । यसरी बाइडरी सिस्टमबाट भारतीय व्यापारीहरुसाग कारोबार गर्ने चलन थियो ।
नेप्टी आफ्नो साथमा दुई रुपैयाँको सिक्का थियो । उनले टीकादक्षिणबाट जम्मा गरेको पैसा ल्याएको दाजुसँग भनिन् । त्यसबाट १ डब्बा चुरोट र एउटा ओड्ने बर्को किन्ने कुरा दाजुलाई भनिन् । तर दाजुले खरिद गर्न जान्दैनथे । गाउँका बाजे रणध्वजलाई १ डब्बा चुरोट, ओढ्ने बर्को खरिद गरिदिन भने । नेप्टीसँग दुई रुपैयाँ भएको कुरा सुनाए । उनका कुरा सुनेर रणध्वजले भने – पैसाले सामान किन्दा छानेर किन्नु पर्छ ।
अलि ठूलो दोकानमा जाऔँ भनी ठूलो दोकानतिर लागे । त्यहाँ ओड्ना किनिदिए । नेप्टी प्रशन्न भइन् । चोली, चप्पल र चुरोट पनि किनिदिए । यति सामानहरु किनेर ५० पैसा बच्यो । त्यो ५० पैसा थैलीमा राखेर घर फर्केको दाजुले भने । युवतीमा मितव्ययिता, बचत गर्नेस्वभाव र आवश्यकताका सामान किन्ने रहर पनि आफ्नै पैसाबाट नेप्टीले किनेकी थिइन् । उनी पनि पहिलो पाटक हाटबजार गर्न बटौली झरेकी थिइन् ।
फर्कंदा नूनको भारी बोकेर उकाली ओराली गरी हिड्ने साहस थियो । उनी मध्यपहाडी भू–भागमा पर्ने प्यूठान जिल्लाका विकट गाउँ वाहानेकी चेली थिइन् । शिक्षाबाट विमुख भएकी भए पनि समझदारी र साहस उनमा धेरै थियो । घरपरिवारमा बाबुआमाको आज्ञापालन गर्न अनुशासित थिइन् । आफूलाई सुम्पेको कार्य गर्न कर्तव्यनिष्ठ थिइन् । उहिलेको समयमा छोराछोामा हुनुपर्ने गुणहरु उनमा राम्रो थियो ।
बाबुआमाको एक मात्र छोरी थिइन् । त्यस समयमा बाबुआमाले छोरीलाई स्कूल पढाएनन् । स्कूल पनि टाढा थियो । छोराले पनि पढ्न पाएन । छोरीलाई गृहिणी कार्यहरु सिकाइन्थ्यो भने छोरालाई पनि खेतीपातीको काम गर्न लगाउँथे । छोराछोरी मात्र भए पनि स्कूल टाढा भएकोले पढ्न पाएका थिएनन् ।
बटौलीबाट नून बोकेर फर्कंदा डेरा (हटारु बस्ने घर)मा गाउँको काले खत्रीले नेप्टीसँग चुरोट माग्यो । उसले आफूसँग लाइटर भएको सुनायो । बटौली बजारमा किनेको लाइटर भन्न चुकेन । नेप्टीले चुरोट निकाली र कालेले लाइटर बाल्यो । नेप्टीले चुरोट सल्काउँदै सोधी पनि – काले ! यो लाइटर कुन दोकानमा थियो ? मैले त देखेन ।
चुरोट पनि रणध्वज काकाले किनिदिनुभएको हो । ए काले ! तैँले लाइटर कहाा किनिस् ? कति रुप्पे पैसा प¥यो ? नेप्टीलाई लाइटरको रहर लाग्यो । तर बटौलीबाट फर्कियौँ । अब अर्को वर्ष बाँचिएछ भने आउँला र लाइटर किनौाला भन्ने मनमा सोचिन । उनको सोचाइ भविष्यको थियो, रामै्र थियो । मितव्ययिताको झलक थियो । नारीलाई चेतना र जागरणको सन्देश पनि थियो ।
पहाडबाट बटौली जाने घोरेटो र गोरेटो बाटोहरु थिए । फराकिलो बाटो पनि थिएन । तराईमा पनि आँठो र खेतका आलीहरुबाट हिड्नुपथ्र्यो । भारी बोकेर हिड्नेहरुले धेरै दुःख–कष्ट व्यहोर्थे । नेप्टीले पनि त्यस्तै दुःख आफ्ना बाबुआमाले भोगेको सम्झन्थिन् । बाटो फराकिलो बनाउनु पर्छ र मोटर दगुराउनु पर्छ । पिठ्यूँमा डोको बोक्ने अवस्था हटाइनु पर्छ भन्ने सोचाई मनमा गर्थिन् ।
जमिन्दारहरुले तराईमा बाटो नबनाएर आउजाउमा दुःख दिएको सम्झन्थिन् । उनलाई मुखियाबाको सम्झना भयो । बटौलीबाट घर गएपछि मुखियाबाका घरमा गइन् र भनिन् – जनतालाई उठाउनुहोस् म अगाडि लाग्छु । बटौली जाने बाटो फराकिलो बनाऔँ । हामी नून बोकेर ५ दिन लाग्ने बाटो सजिलो भयो भने ४ दिनमा घर पुगिन्छ ।
हिड्न पनि सजिलो हुने थियो । नेप्टीको सल्लाह मुखियाबालाई राम्रो लागेन । उनले नेप्टीका बालाई हप्काए र भने तेरी छोरीलाई भूत लागेको छ । राम्रोसँग धामीझाँक्री गरा कि चाँडै विहे गरिदे । ऊ नेता बन्छे । नेप्टी बन्दैन । मुखियाबाका भनाइले नेप्टीका बा झस्के र केही नबोली हस हजुर भन्दै घर फर्के । उनले नेप्टीलाई गाली गरे । अनाहकमा नेप्टीले गाली पाइन् । तै पनि उनको साहस घटेन । गाउँका महिलाहरुलाई जम्मा गरेर पानी पँधेरोको बाटो फराकिलो बनाइन् ।
त्यस बाटोमा लडेर धेरैका खुट्टा मर्केका थिए । सबैले नेप्टीलाई धन्यवाद दिए । तर मुखियाबाले उनलाई गाउँ भाँडेको भन्दै प्रहरीमा उजुर गरे । मुखियाको इसारामा उनलाई प्रहरीले ३ महिना थुनुवा राख्ने भयो । यस्तो सामन्ती शासनका विरुद्धमा अगाडि बढ्दै गइन् । पहाडमा मुखिया र तराईमा जिम्दारहरुले नागरिकलाई दुःख दिने गर्थे । यो चलन छोरा र नातिहरुमा पनि पाइन्छ । भनिन्छ – निमको हाँगो सुकेपछि पनि तीतै हुन्छ । टोक्ने कुकुरको पुच्छर पनि बाङ्गो हुन्छ ।
नेप्टीले बटौली बजारबाट आउँदाजाँदाको भोगाइलाई धेरै अनुभवीय ज्ञान गरेकी थिइन् । मानिसले यात्राबाट धेरै विषयवस्तुको ज्ञान गर्छ । अनपढ भए पनि दाजुकोभन्दा धेरै संवेदनशीलता भएर विषयवस्तुको ज्ञान गर्नसक्ने क्षमता थियो । उनलाइृ विकास भनेको सडक, यातायात हो र आत्मनिर्भर बन्नका लागि खेती नै मुख्य आधार हो भन्ने सोचाइ उनमा थियो । नारीहरु जागृत नभएसम्म मुखिया र जिम्दारहरुका सन्तानहरुबाट विकास हुँदैन ।
कसैको गुलाम नभएको नेपालका नागरिक गुलाम बन्दै छन् । यस्तो वातावरण बन्कुको मुख्य कारण मुखिया र जिम्दारका सन्तानहरुले नेपालमा शासन गर्छन् । गरीबका छोराछोरी मूर्तिका रुपमा मन्त्री, सांसद बनेको संख्या छ । ठेक्कापट्टादेखि व्यापार गर्नेहरु शोषक र सामन्तीवर्गका छोराछोरी भएपछि शासनसत्तामा नयाँपन आउँदैन । त्यसैले होला समाजवाद ओझेलमा परेको छ । प्रजातन्त्र हरायो । लोकतन्त्र भनियो ।
गणतन्त्र ल्याइयो । देशमा कोरोनाको आधार बनाएर शासकहरुले मनपरीतन्त्र भिœयाएका छन् । कोभिड्–१९ को महामारी फैलाएका छन् । आपराधिक प्रवृत्ति युवावर्गमा बढाइरहेका छन् । उहिले मुखिया र जिम्दारले प्रहरीहरुलाई परिचालन गर्थे । अहिले आपराधिक चरित्रका व्यक्तिहरुले निर्देशन गर्छन् । त्यसैले होला लकडाउनका समयमा मजदुर, तरकारी बेच्ने गाउँले र बृद्धबृद्धाहरुलाई हेल्डिङमा राख्ने गर्थे । उनीहरुलाई धम्क्याउँथे । यस्ता होल्डिङमा नेप्टी पनि बस्नु परेको तीतो अनुभव गाउँलेहरुलाई सुनाउँथिन् । उनको भनाइ थियो – नेपाली नारीहरुमा चेतना र जागरण नभएसम्म नेपालको विकास दिगो रुपमा हुँदैन ।
नेपालमा सडक बन्छ १० टनको क्षमता भएको भार थेग्ने तर गाडीहरु गुड्छन् ३५ टन भार क्षमताका । त्यस्तो भार क्षमता जाँच्ने आधार प्रहरीहरुसँग छैन । उनीहरुसँग जरिवाना काट्ने रसिद मात्र छ । त्यो पनि साहु हेरेर जरिवाना गर्छन् । यहाँ पनि शोषक र प्रशासितको व्यवहार छ । सामाजिक भावना कतै कुनै निकायहरुमा पाइन्न । कसरी भन्ने नेपाल प्रजातान्त्रिक वातावरणको देश । राणा शासन हट्यो । राजा हटे तर शासक र शोषकहरु बढे ।अनियमितता, भ्रष्टाचार, दूराचार र पापाचार बढ्यो ।
कोभिड्– १९ ले कसैलाइृ धन कमाउने अवसर दियो । कसैलाई मृत्यु वरण गरायो । बुद्धको देशमा शान्ति बढ्ने । मानसिक पीडामा नागरिक बसेका छन् । सरकार पनि काठमाडौं उपत्यकामा सीमित भयो । कोरोनाको कहर सरकारलाई चुनौती भयो । तर मृत्यु वरण गर्नेहरु बृद्ध र सर्वसाधारण भएका छन् । त्यसैले सरकारमा बसेकाहरुलाइृ ठूलो चिन्ता भएन । उनीहरुलाई काठमाडौं उपत्यकाको मात्र चिन्ता बढेको छ । जहाँका गाउँले नारीहरुमा चेतना र जागरण हुन सकेको छैन ।
नेप्टी अहिले गाउँपालिकामा उपाध्यक्ष बनिन् । प्रौढ कक्षामा पढेर साक्षर भएकी थिइन् । उनलाई साक्षरताले नेतृत्व गर्ने साहस बढ्यो । भनिन्छ – मानिसको प्रतिभा पाएमा सिर्जनशील बन्छ । उनी अहिले सिर्जनात्मक ज्ञान र सीपको भडार भएकी छिन् । मानिसलाई स्कूलीय शिक्षाभन्दा अनुभवीय ज्ञान र सीपको विकास महत्वपूर्ण हुन्छ । बटौली बजारमा नून बोक्न गएको समयले ज्ञान र सीप बढायो ।
मुखियाबाको सजायले सामाजिक सेवा गर्ने भावना जगायो । यसबाट स्पष्ट हुन्छ कि नारीहरुलाई चेतना र जागरणका कार्यक्रमहरु सरकारले ल्याउनु पर्छ । वित्तीय संस्थाहरुबाट ऋण दिएर कमाएर घरखर्च टार्न लगाउने योजनाहरु बन्द गर्नु पर्छ । स्वरोजगार गर्न निव्र्याजे अर्थात् शून्य व्याजमा छोटो अवधिको कृषि उत्पादनमा लगानी गराउनु पर्छ । उनीहरुलाई चेतना र जागृत नगराएसम्म नेपालको विकास हुँदैन ।