प्रजिअसँग परिचयात्मक भेटघाट

दाङ, १६ कार्तिक । नेपाल मानवअधिकार संगठन जिल्ला शाखा दाङले भर्खरै सरुवा भएर दाङ आएका प्रमुख जिल्ला अधिकारीसँग परिचयात्मक कार्यक्रम गरेको छ ।

संगठनले आइतवार जिल्ला प्रशासन कार्यालयमा नै पुगेर परिचयात्मक कार्यक्रम गरेको हो । कार्यक्रममा जिल्लामा भएका मानवअधिकारको अवस्थाका बारेमा संगठनका जिल्ला अध्यक्ष इन्जिनियर ऋषिराम शर्माले जानकारी गराएका थिए ।

त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले सबैको सहयोगले नै काम गर्ने सहयोग पुग्ने बताएका थिए ।

त्यस अवसरमा संगठनका सचिव लोकमणि रेग्मी, सदस्यहरु धनपति शर्मा, रश्मीराज पाण्डे, भूपाल गिरी, मोहन पुरी संगठनका आजीवन सदस्य मधुसूदन अधिकारीलगायतको सहभागिता रहेको थियो ।