स्वर्गद्वारी टिप्पर र सिमेन्ट उद्योगबीच सहमति

दाङ, १७ असोज । स्वर्गद्वारी टिप्पर यातायात प्रालि र घोराही सिमेन्ट उद्योगबीच भाडादरका विषयमा सहमति भएको छ ।

घोराही सिमेन्ट इण्डष्ट्री र टिप्पर व्यवसायीहरुबीच आइतवार भाडादर समायोजन भएको हो । सहमति अनुसार अब टिप्परहरुले प्रति टन ५ सय १५ रुपैयाँ पाउने भएको स्वर्गद्धारी टिप्पर यातायात प्रालिका अध्यक्ष भरतनाथ योगीले जानकारी दिएका छन् ।

चुनढुंगा ढुवानीको भाडा न्यून रहेको भन्दै घोराही सिमेन्ट उद्योगका लागि चुन ढुङ्गा बोक्ने टिप्परहरुको भाडादर वृद्धि गर्न प्रालिले उद्योगलाई आग्रह गर्दै आएको थियो । तर समितिको गरेको आग्रह उद्योगले नमानेपछि भाडादर वृद्धिको माग गर्दै टिप्पर व्यवसायीहरु असोज १६ गतेदेखि आन्दोलित भएका थिए ।

घोराही सिमेन्ट उद्योगका लागि टिप्परहरुले बंगलाचुली गाउँपालिकाको तापाबाट चुनढुङगा ल्याउने गरेका छन् । सहमति अनुसार टिप्पर सञ्चालन गर्न सबैलाई स्वर्गद्वारी टिप्पर यातायात प्रालिले आग्रह समेत गरेको छ