दाङ,१६ कार्तिक । दाङमा प्रहरीले तीन लाख रुपैया बढी नगदसहित ४ जनालाई पक्राउ गरेको छ ।
आइतवार विहान करिव १ बजेको समयमा घोराही उपमहानगरपालिका– १८ नवलपुरस्थित बसन्ता रावतको बन्दै गरेको नयाँ घरमा अबैध जुवा तास खेली रहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय घोराही दाङबाट खटीएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा नगद तीन लाख तेईस हजार साठी रुपैयासहित ५ जनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एव प्रहरी उपरिक्षक गणेश चन्दले जानकारी दिएका छन् ।
प्रहरी प्रमुख चन्दका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका– १० निवासी २६ बर्षीय अनिल कुमार थापा, सोही ठाउँ निवासी २५ बर्षीय केशव डाँगी, सोही ठाउँ निवासी २६ बर्षीय कमल रावत, घोराही १५ निवासी २७ बर्षीय बसन्त भण्डारी र घोराही १८ निवासी ३६ बर्षीय धर्म ज्ञवाली रहेका छन ।
प्रहरीले जुवा खेल्न प्रयोग गरिएको तीन थान तास र नखोलि राखिएको तास दुई थान गरि ५ थान तास समेत बरामद गरेको छ । पक्राउ परेका व्यक्तिहरुमाथि थप अनुसन्धानको भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।