तुलसीपुर, ६ कात्तिक । तुलसीपुर उपमहानगरपालिका—१८ दुधरासस्थीत दुधरास बचत तथा ऋण सहकारी संस्थाले बजारबासी एवं यात्रुहरुलाइ मास्क वितरण गरेको छ ।
विहिवार मास्क वितरण गरेको छ । नेपालीहरुको महानचाड विजया दशमी नजिकिएसंगै बजारमा भिडभाड र कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि सो संस्थाले मास्क वितरण गरेको हो ।
संस्थाले घोराही—तुलसीपुर सडक खण्डको दुधरास चौकमा विहान करीव ३ घण्टा करीव एक हजारथान सर्जिकल मास्क वितरण गरेको सो संस्थाका अध्यक्ष केशवराज रिजालले बताए । साथै संस्थाले पैदल यात्रुहरु, सार्वजनिक बसमा सवार सवारीचालक, सहचालक, परीचालक तथा यात्रुहरु, निजि गाडिमा सवार यात्रुहरु लगायत सवैलाइ मास्क वितरण गरेको हो ।
साथै स्वास्थ्य मापदण्ड पालना गर्नकालागी नमुना अभ्यास स्वरुप गन थर्मामिटरबाट तापक्रम नाप्ने, सेनीटाइजरको प्रयोग गर्न सिकाउने तथा सामाजिक दुरी कायम गरी पर्व मनाउन समेत अनुरोध गरेको संस्थाका सचिव शिवराज डांगीले बताएका छन् ।
‘सहकारीताको भावनासंगै स्वास्थ्य सचेतना पनि हाम्रो अभियान हो, संस्थाको सामाजिक उत्तरदायित्वको अभियान अन्तर्गत स्वास्थ्य सचेतनाकालागी मास्क वितरण कार्यक्रमको आयोजना गरिएको हो’, अध्यक्ष रिजालले भने । तस्वीर राकेश बस्नेतले पठाउने छन् ।