दाङ,६ कार्तिक । मास्क अभियान्ता बीरबहादुर खत्री ‘बीरु’ ले निशुल्क मास्क वितरण अभियानलाई निरन्तरता दिदै आएका छन् ।
कोरोना भाइरसको जोखिम नियन्त्रण तथा रोकथामका लागि सरकारले गएको चैत महिनामा गरेको लकडाउनका क्रममा खत्रीले थालेको निशुल्क मास्क वितरण अभियानलाई उनले निरन्तरता दिदै आएका छन् ।
अभियानका क्रममा खत्रीले विहीवार घोराही उपमहानगरपालिका–१७ को चौघेरामा रहेको गोरक्ष सिद्धरत्ननाथ मन्दिरलाई एक हजार पिस सर्जिकल मास्क सहयोग गरेका छन् । उक्त मास्क मन्दिरका पीर सन्तोष नाथ योगी,मन्दिर व्यवस्थापन समितिलगायतका पदाधिकारीहरुलाई हस्तान्तरण गरेका थिए ।
कोरोना भाइरसको जोखिमको समयमा मन्दिरमा मास्क नलगाएर पूजापाठनका लागि आउने भक्तजन तथा मन्दिरको पूजापाठ एव व्यवस्थापनमा खटिने व्यक्तिहरुलाई कोरोना भाइरसबाट बच्न सहयोग पु¥याउने उद्देश्यले मास्क सहयोग गरेको खत्रीले बताएका छन् ।
खत्रीले यसअघि घोराही उपमहानगरपालिका–१८ मा रहेको अम्विकेश्वरी मन्दिर संरक्षण एव संम्वर्धन समितिलाई समेत एक हजार मास्क सहयोग गरेका थिए ।