दाङ,४ कार्तिक । संघीय सरकारले कोरोना संक्रमितको उपचार गर्न सुल्क लाग्ने बताएपनि लुम्बिनी प्रदेश सरकारले कोरोना विरामीको उपचार निशुल्क गर्ने भएको छ ।
लुम्बिनीका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशमा रहेका सबै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीको निशुल्क उपचार हुने जानकारी गराएका हुन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोख्रलेले सामाजिक संजालमार्फत लुम्विनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका विरामीका लागि निशुल्क उपचारको व्यवस्था यथावत रहेको जानकारी गराएका हुन् ।
लुम्बिनी प्रदेशको रुपन्देही बुटवलस्थित धागो कारखानामा प्रादेशिक अस्पताल अन्तरगत कोरोना विशेष अस्पताल सन्चलन भइरहेको छ। त्यसैगरी भैरहवाको भीम अस्पताल, बाँकेको भेरी अस्पताल र दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा कोरोना संक्रमितको निशुल्क उपचार हुने भएको छ ।