दाङ,४ कार्तिक । घोराहीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन् ।
घोराही उपमहानगरपालिका–१५ नेपाल परिवार नियोजनको गेट अगाडी रा ५ प ८०२६ नम्वरको मोटरसाइकललाई लु ५८ प २२५३ नम्वरको मोटरसाइकले ठक्कर दिदा भएको दुर्घटनामा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा नेपाल शिक्षक संघका संघीय महाधिवेशन प्रतिनिधि समेत रहेका घोराही–१५ निवासी ५२ बर्षीय मिनराज घिमिरे र घोराही निवासी अमर डाँगी घाइते भएका प्रहरीले जनाएको छ । उनीहरु दुवै जना शिक्षक हुन । घाइते घिमिरेको टाउकोमा चोट लागेको छ ।
घोराही–१२ निवासी कृष्ण रावतले चलाएको मोटरसाइकलले ठक्कर दिदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते घिमिरेलाई घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि काठमाडौ मेडिसीडी अस्पतालमा हेलिकोप्टरमार्फत लगिएको पारिवारीक श्रोतले जानकारी दिएको छ ।
डाँगीको घोराहीमा उपचार भैरहेको छ भने ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले हिरासतमा लिएको छ ।