दाङ,४ कार्तिक । विजया दशमीको अवसरमा अम्बिकेश्वरी मन्दिर सरसफाइ गरिएको छ । दाङ महिला जेसीज र समुदाय प्रहरी सेवा केन्द्रको सयुक्त आयोजना मंगलवार विहान घोराही उपमहानगरपालिका–१८ मा रहेको मन्दिरमा सरसफाइ गरिएको हो ।
विजया दशमीका अवसरमा मन्दिरलाई सफासँगै मन्दिरलाई आकर्षक देखाउनका लागि मन्दिर परिसर सरसफाई गरिएको दाङ महिला जेसीजकी अध्यक्ष जीवा भुषालले जानकारी दिएकी छिन । महिला जेसीजसँगै नेपाल प्रहरीहरुको सहभागितामा मन्दिर सरसफाई गरिएको थियो ।
दाङ महिला जेसीजका अध्यक्ष जीवा भुसालको अध्यक्षतामा भएको कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमुद पोख्रेलले मन्दिर सरसफाइको कार्यमा सहभागी हुने सवैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङ प्रहरी नायव निरीक्षक रमेशकुमार सिंहलगायतले बोलेका थिए । कार्यक्रम संयोजक नोमिता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव संगीता गिरीले गरेकी थिइन ।
जुनु मगरले आस्थापाठ गराएको कार्यक्रममा सहभागीलाई कानुनी सल्लाहकार ममता विष्टले धन्यवाद ज्ञापन गरेकी थिइन ।