देवी भण्डारी
दाङ,३ कार्तिक । बबई गाउँपालिकामा थप १५ जनामा कोरोना पोजेटिभ देखिएको छ । बबई गाउँपालिकाका ५ जना कर्मचारी, ४ जना जनप्रतिनिधि, एक जना शिक्षक र ५ जना स्थानीयमा कोरोना पोजेटिभ आएको हो ।
कर्मचारी स्थानीय र जनप्रतिनिधिसहित ३९ जनाको पिसिआर परिक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको बबई गाउँपालिकाका कोरोना फोकल पर्शन शरदराज गिरीले जानकारी दिएका छन ।
योसंगै बबई गाउँ पालिकामा कोरोना संक्रमितको संख्या ६७ पगेको छ । साथै बबई गाउँपालिकामा सोमवार ६ जनाले कोरोना जितेर घर फर्किएका छन् । यस अघि बबई गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतसहित ५ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
गाउँपालिकाका थप कर्मचारीमा कोरोना संक्रमण देखिएपछि असोजको २६ गतेदेखि बन्द भएको गाउँपालिकामा बन्द लम्विने भएको छ ।