दोश्रो राष्ट्रिय हाप्किडो च्याप्यिनसिपमा दाङलाई ७ स्वर्ण

दाङ,३ कार्तिक । खेलकुद क्षेत्रको विकास र खेलाडीको हौसल्लाका लागि आयोजना गरिएको दोस्रो राष्ट्रिय भर्चुअल हाप्किडो च्याम्पियनसिप प्रतियोगिता–२०७७ मा दाङले सात स्वर्ण जितेको छ ।

विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाइरसका कारण खेलकुदका प्रतियोगिता हुन नसकिरहेको अवस्थामा नेपाल मार्शल आर्ट्स हाप्किडो संघले अनलाइनका माध्यमबाट दोश्रो राष्ट्रिय भर्चुअल हाप्किडो च्याम्पियनसिप प्रतियोगिताको आयोजना गरेको थियो ।

असोजको २४ गतेदेखि २९ गतेसम्म भएको भर्चुअल हाप्किडो च्याम्पियसिप–२०७७ मा सेल्फडिफेन्स तर्फ दाङका खेलाडीहरु गंगा घर्ती मगर, सोमराज बिष्ट, अस्मिता महरा, शिशिर चौधरी, रीता सुनार र गणेश केसी र हाई जम्पतर्फ बिपत सुनारले स्वर्ण पदक प्राप्त गरेको हाप्किडो संघ दाङका अध्यक्ष भुवन बुढामगरले जानकारी दिएका छन् । बिजेता खेलाडीहरुले मेडल,प्रमाणपत्रसहित नगद २०–२० हजार रुपैया प्राप्त गरेका छन ।

कोरोना भाइरसको महामारीको समयमा नेपालमा हाप्किडो खेलको विकास र खेलाडीहरुलाई हौसल्ला बढाउने उद्देश्यले आयोजना गरिएको दोस्रो राष्ट्रिय भर्चुअल हाप्किडो च्याम्पियनसिप प्रतियोगिता–२०७७ मा देशभरका खेलाडीहरुको सहभागिता रहेको नेपालमा हाप्किडो संघका केन्द्रीय महासचिव सुवर्ण बिसीले जानकारी दिएका छन् ।