होम आइसोलेसनमा बसेका व्यक्तिको लमहीमा मृत्यु

लमही,४ कार्तिक । लमहीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। ४३ वर्षका पुरुषको मंगलबार बिहान घरमै मृत्यु भएको हो ।

लामो समयदेखि विभिन्न रोगको समस्यामा रहेका उनीलाई केही समय अघि कोरोना पोजिटिभ देखिएको थियो । जन्डिसको समस्या देखिएका उनी उपचारका लागि काठमाडौ गएका थिए । काठमाडौंमा उपचारका क्रममा स्वाव परिक्षण गराउन उनमा कोरोना नेगेटिभ आएको थियो ।

त्यसपछि उनीहरु घर फर्किएका थिए । तर लमही आएपछि फेरि श्रीमान श्रीमती दुबैले परीक्षण गर्दा संक्रमण देखिएको थियो। त्यसपछि उनीहरु एक हप्तादेखि होम आइसोलेशनमा बसेका थिए । होम आइसोलेसनमा बसेकै अवस्थमा उनको मृत्यु भएको हो ।

श्रीमतीको अवस्था सामान्य रहेको छ । मृतकको शव कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल भइरहेको लमही नगरपालिकाका स्वास्थ्य संयोजक लोकराज पौडेले जानकारी दिएका छन् ।