दाङ, ३ कार्तिक । नेपाल पत्रकार महासंघ दाङ शाखाले रेडियो हाम्रो पहँुचमा कार्यरत पत्रकार सविता सुनारमाथि भएको लुटपाट र दुव्र्यवहारको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
कार्यालयबाट काम सकेर घर फर्कने क्रममा साँझ ७ बजे तुलसीपुरको गुल्मचोक नजिकै ओम शान्ति सिनेमा हलअघि केही लुटेराहरुले सुनारमाथि लुटपाट गर्नुका साथै दुव्र्यवहार गरेका थिए । सो समूहले सञ्चारकर्मी सुनारको एक थान एन्ड्रोइड मोबाइल, केही सुनका गरगहना लुटपाट गरेको थियो ।
‘कोभिड–१९ को जोखिमका बाबजुद पनि जनतालाई सूचना प्रदान गर्ने आफ्नो जिम्मेवारी पूरा गरिरहेकी सञ्चारकर्मीमाथि भएको यस्तो घटनाको महासंघ कडा शब्दले आपत्ति तथा निन्दा प्रकट गर्दछ’, महासंघ दाङका सचिव भूपेन्द्र वलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘तत्काल दोषीलाई पक्राउ गरी कानुनी कारबाहीमा ल्याउन र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन पनि ध्यानाकर्षण गराछौं ।’
साथै सबै सञ्चारकर्मीले सुरक्षितरुपमा आफ्नो जिम्मेवारी पूरा गर्ने वातावरण बनाइदिन पनि दाङ प्रहरी तथा प्रशासनसमक्ष पत्रकार महासंघले माग गरेको छ ।