विश्वको जलबायु परिवर्तनका समस्या

भूपेन्द्र सुवेदी
बिश्वमा २०७६ सालकै अन्तिमतिर बाटै कोरोना भाइरसको प्रकोपको आतंक मच्चिएको हो । समयमा नेपाल सरकारले त्यति गम्भीरता लिएको होइन र त्यसैको परिणाम आज नेपालका अधिकांश सबै जिल्लाहरु कोरोना संकटमा फसेको अवस्था छ ।

त्यसमा पनि राज्यले आफ्नो बुद्धि बिवेक लगाएको अवस्था छैन खाली डब्लुएचओको इशारामा नाच्न बाध्य छ सरकार किनभने सरकारले आफ्नो देशका बिज्ञहरुलाई टेरछुच्छर लगाउँदैन र प्रयोगमा समेत ल्याउन हिच्किचाउँछ । तर नेपालमा आफ्नै वन सम्पदाको क्षेत्रहरुमा भूगोल अनुसार हिमालमा लाग्न सक्ने रोग बिभिन्न भाइरसहरुको उपचार बिगतदेखिका गाउँले बैद्यहरुले स्थानीय जडीबुटीबाटै उपचार गर्दथे भने मध्यपहाड र तराईमा बस्ने नागरिकहरुमा देखिने स्थानीय भूगोलमा पाइने आफ्नै देशका वनस्पति, जैबिक जडिबुटीले उपचार गरेर निको पार्दथे ।

जस्तै हिमालमा पाइने सिलाजित, कस्तुरी मिर्गको बिना यार्सागुम्बा, घुच्ची च्याउ, पाचऔले बन लसुन, चिराइतोजस्ता नेपालमा पहिचान खुलेका करीब ७५ थरीका हिमाल तराई मध्यपहाडमा पाइने अचुक आयुर्बेद औषधिको पहिचान गर्न सक्ने क्षमतावान बिज्ञहरुले धेरै महत्वका आयुर्बैद औषधि उपचारमा सफलता प्राप्त गरेका छन् ।

तर नेपाल सरकारले आजको सरकार मात्र नभएर हिजोको सरकारले पनि यस बिषयमा आँखा चिम्लिएर बसेकै हुन् । अब यस बिषयमा ढिला गर्नु हुँदैन आफ्नो देशको महत्वपूर्ण जडीबुटी सित्तैमा बाहिर जान्छ र त्यही आफ्नै देशको जडिबुटीलाई प्रशोधन र ब्यबस्थापन गरेर बाहिरबाट आएको औषधि हामी डलरको भाउमा खान बाध्य छौं, कृपया अब त्यस्तो नहोस्, समयमै सबैका आँखा खुलुन् ।

सन् -१९८९–२०१०) सम्म गरी २१ बर्षका लागि तर्जुमा गरिएको बन बिकास गुरुयोजनाले बनलाई बिकासको आधार बनाउने र यस्कै माध्यमबाट जीवनका लागि आधारभूत बस्तु प्राप्ति, वनको दिगो बिकास, लाभांश र निर्णय प्रक्रियामा आत्मसम्मानसहितको जनसहभागिता र बिपन्न बर्गको आर्थिक बिकास गर्ने मार्गचित्र प्रस्तुत गरेको थियो । यही बिशेषता नै उक्त गुरुयोजनाको सफलताको जड थियो ।

गुरुयोजनाको सही कार्यान्वयन भएको खण्डमा उत्पादन, आम्दानी र अबसर बृद्धि भई बनमा आश्रित ग्रामीण बासिन्दाहरुको जीबनस्तरमा परिवर्तन हुनेछ र समग्रमा सबै थुप्रै आर्थिक र बाताबरणीय सुधार आउनेछन् भन्ने निष्कर्षमा पुगेको थियो । बन बिकास गुरुयोजनाले अबलम्बन गरेका आधारभूत सिद्धान्तहरु यो निष्कर्षलाई साकार बनाउने मुख्य आधार बन्नुका साथै यी सिद्धान्तहरु नेपालको परिवर्तित, सामाजिक, राजनीतिक, बाताबरण र नयाँ वन रणनीति तर्जुमाका सन्दर्भमा पनि उत्तिकै गहन थियो ।

त्यसैले यसप्रति नयाँ वन रणनीति बनाउने क्रममा बिगतको गुरुयोजनालाई बन बिकासको जग मान्दै नयाँ वन गुरुयोजना निर्माण हुनुपर्नेमा त्यस्तो हुन सकेको छैन र बीच–बीचमा राज्यको नियमनकारी निकायहरुको मनोपोली भएको महसुस हुँदै आएको छ ।

शताब्दीकै चुनौतीका रुपमा विश्व संसारमा आज जलवायु परिवर्तन रहेको तथ्यलाई बिश्वब्यापी रुपमा स्वीकार गरिएपछि यसको प्रभाबहरुसँग अनुकूलित हुनका लागि बिभिन्न प्रयासहरु भई नै रहेका छन् । जल जलबायु परिवर्तनसित अनुकूलित समाज निर्माणका लागि यससम्बन्धी ज्ञान र सूचनामा सबैको पहुँच हुन आवश्यक छ । जलबायु परिवर्तन सम्बन्धी ज्ञानलाई स्थानीयस्तरसम्म पुराउनको लागि बिद्यायलस्तरका भाइबैनीहरुको सहभागिता महत्वपूर्ण हुन्छ ।

अब नेपाल जलबायु परिवर्तन ज्ञान ब्यबस्थापन केन्द्रले स्थापना भएदेखि खासै कार्यान्वयन गर्न सकेको देखिँदैन, स्थापना केन्द्रले नेपालको सबै जिल्लाहरुमा बिद्यालयस्तरमा जलबायु परिवर्तन सचेतना कार्यक्रमहरुको यस सम्बन्धित संघसंस्थाहरुको सहभागितामा जलबायु परिवर्तन घुम्ती पुस्तकालयको रुपमा केही सरकार नजिकका जिल्लाहरुमा सीमित मात्रामा कार्यक्रम भएको कहिले काहीँ सूचना आउने गरेको छ ।

तापनि जलवायु परिवर्तन सचेतनाका क्रममा विद्यार्थी र शिक्षक शिक्षिकाहरुसँग छलफल गर्दा जलबायु परिवर्तनका बारेमा आधारभूत बिषय जान्न–बुझ्न नै आवश्यक सामग्री को अभावप छभन्दा अतियुक्ति नहोला किनभने सरकार स्वयं यस बिषयमा अझै अनभिज्ञजस्तो पारामा चलेको हुँदा देशको सबैभन्दा महत्वपूर्ण बिषय वन बाताबरणबाट प्राप्त गर्न सकिने प्राणबायुको स्वच्छताको संरक्षण क्षेत्र भनेकै बन प्राकृतिक सम्पदा, वनबाट प्राप्त हुने सबै बिषय महत्वका बिषय हुन् ।

आज बाताबरण प्रदूषणको मारमा बिश्वभरी फैलिएको आजको कोरोना भाइरसको नियन्त्रण नै स्वच्छ बाताबरण र पर्याबरण संरक्षणको माध्यमबाट मात्र सफल हुन्छ भन्ने बिषय हामीबाट त्यत्ति टाढा छजस्तो लाग्दैन । नेपाल मात्र नभएर आज बिश्वका सम्पूर्ण नागरिक कोरोनाको संकट र त्रासदिमा बाँच्न बाध्य छौं । आफ्नै घरमा आफैलाई आफैले बन्दी बनाउनुको बिकल्प छैन ।

अब आउँदो बडादशै, दीपावली, छठ पर्बजस्तो नेपालीको महान चार्ड मनाउन देश–विदेशमा रहनुभएका नेपाली दाजुभाइ, दिदीबैनीहरु आफ्नो घरमा आँगमन हुने माहोल खासै उत्साहजनक हुन सकेको छैन र हुन्न पनि होला तर सबैभन्दा ठूलो बिषय आ–आफ्नो तर्फबाट स्वास्थ्य सुरक्षित रहनु नै महत्व बिषय होला तर बाँचे हाम्रो सांस्कृतिक चार्डबाड फेरि अर्को बर्ष मनाउँदा पनि हुन्छ ।

हामीलाई हाम्रो प्रकृतिले सृष्टिचक्रलाई निरन्तरता दिन दिगो धर्तीलाई नै जैबिक बिबिधताले भरिपूर्ण गराएको कारण हामीले स्थानीय बन सम्पदाको माध्यमबाट बिभिन्न खाले योजनाका नाममा बन बिकास र बन संरक्षण, जैबिक बिबिधताको माध्यमबाट बिभिन्न टूरिजमको आगमनको माध्यमबाट ठूलो परिणामको आर्थिक बृद्धि गर्न सकिन्छ र गरिरहेका छौ । त्यसैले त हाम्रो धर्ती सुन्दर फुलबारी बन्न सकेको छ ।

धर्तीमा उत्पन्न भएका सबै पक्ष आ–आपसमा एकरुपता हुन सकेका छन् । त्यसैले एक बिना अर्काको अस्तित्व सम्भब हुनै सक्दैन । आज हामी मानव जातिको ब्यबहारको कारण हाम्रो प्रकृति नै तहस–नहस हुँदैछन् । यस बिषयमा नत हाम्रा उद्योग, र उद्योगपतिहरु प्राकृतिक सम्पदाले कोही अघाएका छन् नता यो प्राकृतिक सम्पदा भावी पुस्ताको लागि पनि बचाउनुपर्छ भन्ने देखाउने न त सरकार नै छ न त आम नागरिक सबै मानवमा हाम्रो प्रकृतिको संरक्षण हामीले नै गर्नुपर्छ भन्ने चेतनाको अभाब सधै खड्किएको छ ।

हाम्रा प्रकृतिका सम्पदा भनेका जैबिक बिबिधताभित्र पर्ने सबै जीवजन्तु, हाम्रा अमृतरुपी जडीबुटी र बिभिन्न प्रकारका अमूल्य खानीहरुले भरपूर रहेको नेपालको बन सम्पदाभित्रको स्रोतको पहिचान, अनुसन्धान, र प्रशोधनजस्ता बिषयले आजसम्म मान्यता पाउन सकेको छैन ।

अब आउँदा दिनहरुमा मानबको सुरक्षा र राष्ट्रको दिगो बिकासका लागि नेपालको जैबिक बिबिधताको पक्षमा संरक्षणको पाटोलाई प्राथमिकतामा राख्दै बिकासका गुरुयोजना निर्माण गर्नु आजको आबश्यकता हो । कुनै पनि बिकास निर्माणको सवालमा जैबिक बिबिधताको महत्वलाई बुझ्न सकेको अबस्था छैन र गाउँबस्तीमा बस्ने सोझा–सिधा जनताले यस्तो गम्भीर प्रश्न बुझ्न सम्भब छैन । यो प्रकृतिले सित्तैमा हामीलाई दिएको सुन्दर फूलबारीसहितको पृथ्वीलाई अशक्त कुरुप बनाउने मानवीय सोचको कारण मानवीय अस्तित्वसमेत ठूलो संकटमा परेको बिषय संसराका बिज्ञहरुले भन्दै आएका छन् ।

र उनी बैज्ञानिकहरुले संयुक्त हस्ताक्षर पनि गर्दै आएका छन् । तर नेपालमै रहेका अमूल्य औषधिजन्य जडिबुटीको महत्वको बारेमा आजको कोरोनाको संकटले मात्र बल्ल आँखा खोली दिएजस्तो लाग्छ । नत्र बिभिन्न पत्रपत्रिकाहरुमा भिबिन्न समयमा उल्लेख हुँदै आयका जडिबुटीको बारेमा सधै बेवास्ता र महत्व दिएको छैन । नेपाल सरकारले बिगतमा तयार गरेको गुरुयोजनाले नेपालका सामुदायिक बन समूहमात्र नभएर राष्ट्रिय वन क्षेत्रसमेतको संरक्षण भएका उदाहरण हामीमाझ प्रमाण बनेर बसेका छन् । अबको बन ब्यबस्थापनमा नेपाल सरकारले गर्नुपर्ने कामहरुमा बिषयगत बिज्ञहरुको सुझाबमा अघि बढ्नुको बिकल्प छैन ।

बन ब्यबस्थापन प्रणाली दूरदृष्टि, लक्ष्य, उद्देश्य, सिद्धान्त रणनीति निर्माण प्रक्रिया समुदायमा आधारित वनको दिगो ब्यबस्थापनका माध्यमबाट जीवनमा समृद्धि, समुदायमा सम्मुमत, बिकास र राष्ट्रिय बिकासमा योगदान भएको हुने हुँदा सामुदायिक बनलगायतका समुदायमा आधारित बनअन्र्तगत बनको दिगो ब्यबस्थापन भई सोका माध्यमबाट सामुदायिक सम्पत्ति वन सुशासन, सामाजिक लैंंगिक समता र समाबेशीकरणसहितको बन उद्यम बिकास रोजगारी, सिर्जना गरीबी न्यूनीकरण, नागरिक समृद्धि सामुदायिक समुन्नति, पर्याबरण संरक्षण र स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा बृद्धि भई नेपाललाई आधुनिक बिकासको युगमा प्रबेश गराउने उद्देश्य सामुदायिक बन उपभोक्ताहरुको छाता संगठनको लक्ष्य रहेकोले दैनिकरुपमै राज्यसँग सामुदायिक बन ब्यबस्थापनको सन्दर्भमा अन्यत्र द्वन्द्व रहिआएको बिषय बैज्ञानिक बन ब्यबस्थापनजस्ता क्रियाकलापहरु हुन् भन्ने हाम्रो ठहर छ ।