प्रतिष्ठानमा स्लाइस सिटी स्क्यान मेसिन

दाङ ३ कार्तिक । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अत्याधुनिक तथा सुबिधा सम्पन्न १ सय २८ स्लाइसको सिटि स्क्यान मेसिन ल्याइएको छ ।

मेसिन दशै–तिहारको बिचमा जडान भइ सेवा सुचारु हुने प्रतिष्ठानकी उपकुलपति प्रा डा संगीता भण्डारीले जानकारी दिएकी छिन । ठूलो क्षमता र उच्च गुणस्तरयुक्त सिटिस्क्यान मेसिन पहिलो पटक प्रतिष्ठानमा ल्याइएको र मेसिनको इनस्ट्यालेसन(जडान) गरि सेवा सुचारु गरिने प्रतिष्ठानले जनाएको छ ।

सेवा बिस्तारमा जोड दिएको प्रतिष्ठानले यसअघि अत्याधुनिक ल्याब, डेण्टल, १० बेडको भेन्टिलेटरसहितको आइसियु, बालबालिकाका लागि एनआइसियु सेवा सुरु गरिसकेको छ । जिल्लामा ठुलो क्षमताको अहिलेसम्म लेटेस्ट भर्सनको सिटि स्क्यान मेसिन नहुँदा सामान्य सिटि स्क्यानका लागि नेपालगञ्ज, बुटवलसंगै काठमाडौं जानुपर्ने बाध्यता रहेको थियो । प्रतिष्ठानले सेवा सुरुवात गरेपछि उक्त समस्या हट्ने भउको छ ।