तुलसीपुरमा प्रथम फुटसल प्रतियोगिता शुरु

लक्ष्मण बस्नेत
तुलसीपुर, ३ माघ । दाङको तुलसीपुरमा शुक्रबारदेखि शुरु भएको खुल्ला फुटसल प्रतियोगिता–२०७६ मा स्काई सुर्खेत, कृषि क्याम्पस तुलसीपुर र सक्सेस फुटबल क्लब तुलसीपुरले बिजयी सुरुवात गरेका छ्न् ।

मुनाल युवा क्लब तुलसीपुर–४ रक्षाचौर दाङको आयोजनामा तुलसीपुर ६ स्थित द लेजेण्ड फुटसल ग्राउन्डमा संचालित प्रतियोगिताको उद्घाटन खेलमा पब्लिक ज्ञानज्योती तुलसीपुर ‘बि’लाई १ का विरुद्ध ११ गोलको फराकिलो अन्तरले पाखा लगाउदै स्काई सुर्खेतले बिजयी सुरुवात गरेको हो ।

त्यस्तै स्पोर्ट्स स्कुल फुटबल एकाडेमी तुलसीपुरलाई ३ का बिरुद्ध ७ गोल अन्तरले पराजित गर्दै कृषि क्याम्पस तुलसीपुरले बिजयी सुरुवात गरेको हो । त्यस्तै शिखर कोलनी तुलसीपुरलाई सर्ट एण्ड डेथमा पराजित गर्दै सक्सेस फुटबल क्लब तुलसीपुरले बिजयी सुरुवात गरेको थियो ।

स्थानीय स्तरमा फुटसल खेलको पहुँच अभिवृद्धि गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद ५० हजारसहित पुरस्कार, कप हात पार्नेछ ।
त्यस्तै उपविजेताले नगद २५ हजारसहित कप र प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तिगत बिधा तर्फ प्लेयर अफ टुर्नामेन्ट, बेस्ट किपर र बेस्ट डिफेन्सलाई पुरस्कृत गरिने प्रतियोगिताका सहसंयोजक बिमल खड्काले जानकारी दिएका छन । खेल अबधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री मोहन गौतम र आदेश केसी रहेका छन ।

माघ ४ गते शनिवारसम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईएको छ । यैबिच प्रतियोगिताको उद्घाटन तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका संयोजक अमर नेपाली ( माईकल) ले गरेका थिए ।

प्रतियोगिताका संयोजक सुरज डागीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका सदस्य तथा कार्यपालिका सदस्य दिपक कुमाललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।