जन्मथलोलाई कर्मथलो बनाउँदा …

  •   
  •  

बालाराम खड्का
दाङ । काठमाडौं बस्दै गर्दा क्यानडा जाने सोच थियो । त्यसको लागि मैले तयारी पनि गरेको थिए । त्यो सफल भएन । २०७२ सालको भूकम्पले काठमाडौंबाट मलाई दाङ फर्कायो र जन्मथलो दाङमा सेवा गर्ने अवसर जुराएको छ । साविक डुरुवा गाविस दाङ–हाल तुलसीपुर उपमहानगरपालिका – १५ निवासी छविकुमार वलीले जन्मथलोलाई कर्मथलो गराउँदा आफूलाई खुशी मिलेको बताए । धेरै मानिसहरु राम्रो पैसा कमाउन र विदेश जाने जमात धेरै छ, तर उनले भूकम्पपछिको राजधानीको बसाई टुङ्ग्याउँदै आप्mनै ठाउँमा केही गरौँ भनेर आफू दाङ आएको बताए ।

उनका खुशीहरु खोज्दै जाँदा वलीले आप्mनो पहिलो खुशी जन्मथलोलाई कर्मथलो गराउँदा भएको सुनाए । ‘मेरो खुशी जन्मथलोलाई कर्मथलो बनाउन पाउनु हो’–वलीले भने–‘मेरो पहिलो खुशी त्यसैलाई लेखिदिनुहोला ।’ १२ कक्षामा पढ्दै गर्दा उनले शिक्षण पेशामा लागेका थिए । घोराही उपमहानगरपालिकाको सर्रामा रहेको किड्स ब्राइट विद्यालयबाट शिक्षण पेशा थालेको वलीले काठमाडौं हुँदै अहिले आप्mनै जन्मथलो दाङको तुलसीपुरमा आएका छन् । उनी भाषा शिक्षकको रुपमा विभिन्न संस्थाहरुमा प्रशिक्षकको रुपमा आबद्ध समेत छन् ।

सप्तरङ्गी अंग्रेजी मिडियम स्कूल (सक्सेस एकाडेमी तुलसीपुर दाङ ) का प्रिन्सिपलको जिम्मेवारी पाउँदा आफूलाई झनै खुशी प्राप्त भएको उनले सुनाए । आप्mनै ठाउँमा हजारौँ विद्यार्थीहरुलाई शिक्षा ज्योति दिन पाउँदा आफूलाई खुशी मिल्ने गरेको उनले बताए । आप्mनै जन्म थलोमा सकारात्मक सोच र युवाले पनि नयाँ र फरक ढङ्गले काम गर्न सक्छन् भनेर सामाजिक संस्थाहरुमा विभिन्न पदमा रहेर काम गर्दा आफूलाई थप जिम्मेवार र खुशी महशुस हुने वली बताउँछन् । समाज रुपान्तर गर्ने अभियानमा सकारात्मक सोचका साथ आप्mनो पेशालाई निरन्तरता दिदै असल शिक्षकको परिचय बनाउन पाउँदा आफूलाई खुशी लाग्ने भन्दै वलीले यसका साथै विपन्न, दुःखी, पीडित, अशक्त असहायहरुको सहयोगमा लाग्दा छुट्टै खाले आनन्दको अनुभूति हुने बताउँछन् । ‘दुःखी विपन्न र अशक्त नानीबाबुहरुको शिक्षामा गरेको सहयोगले उनीहरुको भविष्य उज्जवल होस् भन्ने लाग्छ’–उनले भने ।

सानो ठूलो आर्थिक सहयोग शिक्षा, धार्मिक, वातावरण पूर्वाधार निर्माणमा गरी नै रहेको भन्दै वलीले अझै पनि त्यसको निरन्तरता दिने बताउँछन् । यस्ता कार्य गर्दा आफूलाई खुशीका साथै सन्तुष्टि दिलाउने बताउँछन् । शिक्षक भएको कारण आफूलाई सामाजिक सेवामा समर्पित भएको र आप्mनो यो महत्वपूर्ण सेवा विद्यार्थीको खुशी र सुखी जीवनका लागि दिनरात खटिएको उनी बताउँछन् । त्यस्तै वलीले गाउँमै रहेको मंलवार कृषि सहकारीलाई समुन्नत गर्नका लागि गाउँमा रहेका मानिसलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि खटिन पाउँदा अर्को खुशी मिल्ने बताउँछन् । ‘मैले शिक्षणको साथसाथै विभिन्न सामाजिक काम गर्ने जिम्मेवारी पनि पाएको छु, यसमा पनि मलाई खुशी लाग्ने गर्दछ’–वलीले भने ।
तुलसीपुर नगर जेसीजमा पनि आप्mनो महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनले बताए । जहाँ युवाहरुको अगुवाईमा सामाजिक कार्य गरिन्छ । वली सन् २०२० को लागि सचिवको भूमिका प्राप्त भएकोमा पनि खुशी व्यक्त गरे । ‘त्यो महत्वपूर्ण अवसरको रुपमा मैले लिएको छु, यो जिम्मेवारी वहन गर्न पाउँदा पनि मलाई खुशी लागेको छ’–उनले भने । सामान्य र मध्यम खाले परिवारमा जन्मिएको भएकाले विलाषीको जीवन भन्दा संघर्षको जीवन जिउन सिकियो त्यसमा पनि मलाई खुशी लाग्छ’ उनी भन्छन् ।
उनले आप्mनो बुबाले धेरै संघर्ष गरेर यो ठाउँमा ल्याएको र बुबाआमा र घरपरिवारको सहयोगले आफू यहाँसम्म आएकोमा पनि खुशी व्यक्त गरे । उनले बुबाको संघर्ष र आमाको मायाले अहिले आप्mनै जन्म थलोमा सामाजिक कार्यक्रममा लाग्ने प्रेरणा मिलेको भन्दै खुशी व्यक्त गरे । उनले उहाँहरुकै प्रेणाले उच्च शिक्षा हासिलको ढोका खुलेको बताए । ‘सानो परिवार खुशी परिवार छ, बुबाआमा, दिदीहरु, भाइको मेरो काममा पूर्णरुपमा सहयोग छ, जीवन संगीनी सरस्वती डाँगीको सहयात्रा र साथले म धेरैसम्म सफल भएको छु । यसमा पनि मलाई धेरै खुशी लाग्ने गर्छ’ वलीले भने । त्यस्तै उनले अर्को खुशी परिवारमा लक्ष्मीको रुपमा छोरी सुकृतिको २०७० साल असोज ३१ गते आगमन भएपछि त्यसले झनै खुशी दिएको बताए ।

उनले बालापनमा हजुरबुबा, हजुरआमा, बुबाको मुखबाट सुनिने किम्बदन्ती र एकादेशका कथाले जीवनमा नयाँ जोश सिर्जना गरेर कार्यथलोमा अहिले पनि सक्रिय बनाइरकेको भन्दै खुशी व्यक्त गरे । उनले जीवनबाट धेरै पाठ सिकेर खुशी र सुखी जीवनका लागि प्रयत्नरत गरेको बताए । त्यसैगरेर राप्तीको गौरव राप्ती बबई क्याम्पसमा प्राध्यापकको रुपमा नियुक्ति पाउँदा अर्को खुशी प्राप्त भएको सुनाए । लगनशील सधैँ कर्ममा विश्वास गर्ने र शिक्षण सँगसँगै विभिन्न सामाजिक कार्यमा निरन्तर लागेको छविकुमार वली सप्तरङ्गी अंग्रेजी मिडियम स्कूल (सक्सेस एकाडेमी तुलसीपुर दाङ ) का प्रिन्सिपल, राप्ती बबई क्याम्यसका प्राध्यापकका साथै तुलसीपुर नगर जेसीजका सचिव हुन् ।