गोरक्ष समाचारदाता
दाङ । विश्वकै होचो व्यक्तिको कीर्तिमान बनाएका खगेन्द्र थापा मगरको निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो उनको निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनलाई बिहीबार अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो।
निमोनियाका कारण उनको निधन भएको अस्पतालले जनाएको छ। बागलुङ धुल्लुवासकोटका खगेन्द्रले २०६७ असोज २८ मा विश्वकै होचो व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ मा नाम लेखिएको थियो। २०४९ असोज १८ मा जन्मिएका खगेन्द्रको जन्मदाँ तौल जम्मा ६ सय ग्राम थियो। निधनअघि उनको वजन ५.५ केजी थियो।