मेरो नाम सुशीला गुरुङ हो । मेरो घर घोराही उपमहानगरपालिका–१८ सुपैलाखोटीमा पर्छ । घरमा बृद्ध सासु, एउटी छोरी र छोरा छन् । म उनीहरुसँगै बस्दै आएकी छु । श्रीमान् वैदेशिक रोजगारका क्रममा साउदीमा हुनुुहुन्छ ।
१० कक्षा अध्ययन गर्दागर्दै मेरो विहे भयो । विहेपछि घरको कामसँगै छोराछोरी हुर्काउँदा हुर्काउँदै अगाडिको शिक्षा लिने वातावरण भएन । तर पनि आपूmले केही गर्नुपर्छ भन्ने कुरा मनमा लागि नै रहन्थ्यो । तर घरको काम गर्नुपर्ने दायित्वमै थियो । त्यही कारणले पढ्न पाइन । त्यसपछि घर सल्लाह गरेर सबैले समय दिने गरी १६ लाख लेयर्स कुखुरापालन गर्न थाल्यौँ । तर त्यो ठूलो लगानी लगाएर सुरुवात गरेको लेयर्स कुखुरा व्यापारले बजार पाउन सकेन । त्यसले घाटा भयो ।
त्यसबाट घाटा भए पनि अहिले त्यसको लगानी उठाउन श्रीमान् साउदीमा रहेका छन् । श्रीमान् साउदी पुगे पनि घरमा १२ कक्षा पढ्ने ठूलो साथ दिने छोरा छ । उसँगै मिलेर फेरि ब्रोइलर कुखुरा फार्म सञ्चालनमा ल्यायौँ तर विश्वभरि नै फैलिँदै आएको कोरोना भाइरसको प्रभाव नेपालमा पनि प¥यो । चैत महिनाबाट सुरु भएको लकडाउनले गर्दा ब्रोइलर कुखुरापालनमा लागेको खर्च समेत उठाउन सकेन ।
लकडाउन लम्बिँदै जाँदा ब्रोइलर कुखुरालाई खुवाउने दानाको समेत अभाव भयो । कुखुरा बेच्ने समस्या हुन थाल्यो । जसले गर्दा धेरै पालिरहँदा घाटा खाने अवस्था भएपछि जिउँदो ब्रोइलर १ सय, २ सय रुपैयाँका दरले बेच्नुपरेको थियो । त्यसो त म ज्यामिरे सामाजिक उद्यमी महिला सहकारी संस्था लिमा शेयर सदस्य भएर बसेको जम्मा ३ बर्ष जति भयो होला ।
सहकारीले कृषिसँग सम्बन्धित काम गर्छ भन्ने पनि थाहा नै थियो । तर पनि कृषि पेशालाई हाम्रो गाउँसमाजले सामान्य पेशाको रुपमा लिने गर्छ । त्यसकारण पनि मैले आप्mनै जग्गाजमिन हुँदाहुँदै कहिल्यै खेतीपातीको काम गरिनँ तर कोरोना भाइरस र लकडाउनले मलाई एउटा पाठ सिकायो । म बस्ने सहकारीले बाख्रापालन, तरकारी खेती गर भन्दै सिकाएको कुरा एकदम सही रहेछ भन्ने सिकायो ।
धेरै समय भएको छैन, लकडाउन सुरु भएपछि सुरुवात गरेको मेरो तरकारी खेतीले मलाई मौसमी तथा बेमौसमी तरकारी खेतीपाती गर्नका लागि हौसाएको छ । चैत महिनाबाट सुरुवात गरेकोे तरकारी खेती मैले आप्mनै ७ कठ्ठा जग्गामा काँक्रा, फर्सी, सिमी, बोडी, भन्टा, खुर्सानी, लसुन, प्याज उत्पादन गर्न सफल भएँ । उत्पादन गरेको तरकारीलाई घरमा खाएर पनि सहकारीबाटै आप्mनै गाउँमा तरकारी व्यापारी बोलाएर बजारीकरणको सुरुवात सक्षम भएका छौँ । लकडाउन यता सुरु गरेको मेरो तरकारी खेतीले झण्डै ६० देखि ७० हजारसम्मको कारोबार गरेको छ । हुन त अहिले कोरोनाको प्रभाव समुदायमा झन विकाराल तरिकाले फैलिँदै छ तर पनि तरकारी खेती र बाख्रापालन मेरो रोजाइको पेशा बन्न पुगेको छ ।
अहिले मसँग ८ वटा बाख्राहरु छन् । बिना धितो सहकारीले मलाई यही खेतीपाती गर्न भनेरै माछापुच्छ«े बैंक र सहकारीबाट कर्जा सेवा उपलब्ध गराएको छ । अहिले पनि मैले खोरमा १५ सय वटा ब्रोइलर कुखुरा राखेको छु । श्रीमान् विदेश भए पनि घरमा कामकाज गर्नका लागि मेरो छोरा अनि छोरी सँगै सासुआमाले पनि साथ सहयोग गर्दै आउनुभएको छ । सबैले कृषि पेशालाई सानो पेशा भनेर हेयको दृष्टिले हेरे पनि काम गर्नसक्ने आँट र साहस हुने हो र काम गर्ने विधि र तरिका जान्ने हो भने यसैबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने पाठ तरकारी खेतीले सिकाएको छ ।
अरुको देखेर मात्रै पनि नहुँदो रहेछ । आफूसँग भएको सीप र क्षमतालाई सक्दो प्रयोग गरेर, आप्mनो विशेषता के हो भन्ने कुरा बुझन नसकेर हामीले दुःख पाउने रहेछौँ भन्ने कुरा अहिले यही तरकारी खेतीले सिकाएको छ । आजसम्म बाँझो राख्ने गरेका मेरा खेतबारीले सामान्य दुःख गरेकै कारण हरियोपरियो घरमा खाएर पनि विक्री गर्ने उत्पादन गर्न सकियो ।
अब फेरि पनि सहकारी वा कुनै संघसंस्थाले सहयोग गरेर तरकारी खेतीको तालिम दिए हुने भन्ने लागेको छ । दिदीबहिनीहरुले दुःख नगरेको पनि होइन्, दुःख गर्छौं नै तर तरकारी विक्री गर्दा विचौलियाले लिने फाइदाले मन दुखित थियो तर सहकारी र हाम्रै पहलमा अहिले तरकारी खरिद गर्ने व्यापारी पनि आप्mनै घरआँगनमा आउँदा मन खुशी भएको छ ।
हुन त हिजका दिनमा पनि म आप्mनो कर्ममा विश्वास गर्थें र आज झनै त्यो विश्वास बढेर आएको छ । अहिले मलाई काम सानो या ठूलो भन्ने लाग्दैन् । कर्म गर्दै गएपछि सफलता हात पर्दै जान्छ भन्ने कुरामा चाहिँ विश्वास लागेको छ ।
त्यत्ति मात्रै होइन, सहकारीमा आबद्ध सम्पूर्ण दिदीबहिनीहरु आफै सक्षम होउन् भन्ने लाग्छ, त्यत्ति मात्रै होइन् सम्पूर्ण महिला दिदीबहिनीहरु उद्यमी बन्नका लागि मिहिनेत गरून् भन्ने लाग्छ । अन्त्यमा सहकारी र सहकारीमा आबद्ध दिदीबहिनीहरुलाई काम गर्न विभिन्न सहयोग गर्दै आएको संस्था ग्रामीण महिला उत्थान केन्द्र दाङ र हेफर इन्टरनेशनल नेपाललाई पनि विशेष धन्यवाद दिन चाहन्छु ।
प्रस्तुती : पार्वती बस्नेत