बत्ती बाल्ने कुलमान बत्ती निभाउने बकुलमान

मधुसूदन सुवेदी

विद्युत प्राधीकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि सकिरहँदा र उनी पदमुक्त भइरहँदा सर्वसाधारण जनतालाई बाहेक अलि ठूलाबडा, बढी जान्ने सुन्ने, पहुँचवाला र हुनेखानेका लागि विचत्र भयो ।

कसैका लागि देवत्वकरण भयो । कसैलाई अतिप्रशंसा भयो । कसैलाई जशमाथि जश भयो । कसैलाई व्यक्तिगात मायाममता भयो कसैलाई कुलमान पुज्यमान भएको भान भयो । यति मात्र होइन, कसैलाई आसेपासे चिन्न नसकेको भ्रम भयो । कसैलाई बत्ती बालेको तातोले पोल्यो, कसैलाई साथीभाइ नचिनेको डाहा भयो । कसैलाई समान व्यवहार गरेको पचेन । कसैलाई उद्योगधन्दा ठगेको संकोच भयो ।

कसैलाई गाइक्षर्् मारी गधा पोशेको द्विविधा भयो । कसैलाई बिक्न नजानेको औडा भयो । कसैलाई जनप्रिय बन्न खोजेको इष्र्या भयो । कसैलाई विद्युत प्राधीकरण मात्र होइन, सिंगै देश नै हाँक्छ कि भन्ने त्रास भयो । जनताले कुलमानको समर्थन मात्र के गरेका थिए ? उनका बारेमा अनेकौँ छलफल, बहस, कुराकानी, समीक्षा र विरोध प्रतिरोध पनि भयो । सत्य कुरा के हो भने कुनै पनि मानिसले गरेको सत्यकर्म कहिल्यै गर्दैन र कहिल्यै तल पर्दैन ।

आज कुलमानको अनुपस्थितिमा के विद्युत प्राधीकरण हिजोकै अवस्था र व्यवस्थामा विद्यमान छ त ? कदापि छैन । आज कुलमान नहुँदा बिजुली बत्ती नियमत पटक्कै छैन । साँझको समयमा बत्ती बाले र अँध्यारो भगाउने बेलामा बत्ती जुनकीरीको पुच्छरको शैलीमा छिन्–छिन्मा आउने र जाने गर्छ । विहानीपख पनि बत्तीको अवस्था त्यस्तै छ ।

आधा घण्टाको समयमा विजुली बत्ती (६) पटक निभ्ने र बल्ने गर्दछ । यदि यो समस्या प्राविधिक समस्या हो भने विद्युत प्राधीकरणले उपभोक्तालाई जानकारी गराउन किन चाहन्न ? २०७७ साल असोज २२ गते विहीवार तुलसीपुर क्षेत्रको सल्यानरोडमा विहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म बिजुली बत्ती पटक्कै आएन ।

यति लामो समय बत्ती काट्दा उपभोक्तालाई सूचना दिनु पर्दैन ? जानकारी गराउनु पर्दैन ? सुसूचित गराउनु पर्दैन ? विद्युत प्राधीकरण आफूलाई के ठान्छ ? चन्द्र ? सूर्य वा कुनै ऊर्जाशक्ति ? जनताभन्दा पनि माथि उठेर कसका लागि काम गर्दै छ ? जानाजान बत्ती निभाउनु प¥यो वा बत्ती काट्नुप¥यो भने सूचना दिने कि नदिने ? बत्ती केका लागि ? सामान्य जनता र सर्वसाधारण जनताका लागि विजुली बत्ती केवल अँध्यारो भगाउनको लागि र सन्ध्या जगाउनको लागि हो ।

यदि बत्ती बाल्ने बेलामा बत्ती निभ्छ भने सन्ध्या जगाउने के ले ? यो कुरा विद्युत प्राधीकरणले बुझ्न कहिले ? आजभोलि जहिले पनि साँझको समय र विहानको समयमा बत्ती अनियमित छ । यसो हुनुको प्रमुख कारण के हो ? जो यतिबेला जरा लिने कुरा गर्दै छ । जो यतिबेला बत्ती बलेरै छाड्ने कुरा गर्दै छ । जो यतिबेला कुलमान घिसिङ नभए पनि नेपालमा लोडसेडिङ कसैले पनि गर्न सक्दैन भनेर जनतालाई चित्त बुझाउँदै छ ।

जो कुलमानको अगाडि कुलमान अर्थात् कmुलमानभन्दा पन िसेतो, ताजा र सफा बकुल्ला सरी आफूलाई ठान्दै छ, उसैले यो बत्ती निभाउँदै छ । कमसेकम विगतलाई हेरेर पनि त भविष्यलाई तह लगाउनु पर्छ नि ! हिजोका दिनमा वाह ! वाह !! कुलमान भनेका जनताले आज पनि हिजो जस्तै र त्योभन्दा पनि अझ राम्रो र सुविधायुक्त बत्तीको प्रशारण भयो भने कसले र किन सम्झिने कुलमानलाई ? कुलमानलाई त्यतिबेला सम्झना आउँदा जतिबेला जनताले विजुली बत्तीमा दुःख र कष्ट पाउँछन् ।

यदि हामीले विद्युतको महशुल तिरेर पनि थप अतिरिक्त ऊर्जाको व्यवस्थापन गर्नु पर्दछ र फेरि पनि अन्त्य उज्यालोको स्रोतमा लगानी गर्नु पर्छ भने किन त्यो महशुल तिर्ने ? विद्युत कटान् गरेर सदा सर्वदा वैकल्पिक ऊर्जाको प्रयोग गरे हुँदैन ? किनभने नेपाली जनताले सल्लाको झर्को पनि बालेका हुन् । नेपाली जनताले दियोमा कपासको बत्ती पनि बालेका हुन् । नेपाली जनताले मट्टीतेलको टुकी र लाल्टिन पनि बालेका हुन् । नेपाली जनताले मैनजन्य अन्य उज्यालोको स्रोत पनि प्रयोग गरेकै हुन् ।

बिजुली बत्ती नेपालको इतिहासमा सबैभन्दा कान्छो ऊर्जा शक्ति हो । हाम्रो देश नेपाल जलस्रोतको दोस्रो धनी राष्ट्र भए तापनि यहाँको भौगोलिक कठिनाई, प्राविधिक विशेषज्ञको अभाव र लगानीको वातावरण सन्तोषजनक नभएको कारणले जलस्रोतको प्रयोग र लगानीमा कमी देखिएको हो । हामीले नेपालमा अरु केही नगरेर सालैसाल नेपालको पानीलाई ऊर्जा र सिंचाइा मात्र प्रयोग गर्ने योजना बनाउने हो भने देश नी, सुखी र समृद्धि हुन बेर लाग्दैन । नभएको उज्यालो हुने र बाल्ने समयमा भएको उज्यालो पनि निभाउन लाग्ने हो भने देश विकास हुन्छ कसरी ?

विद्युत प्राधीकरण भनेको जलबाट उत्पन्न ऊर्जालाई समापातिक ढङ्गले जनताका घर–घरमा उज्यालो प्रवाह गर्ने संस्था वा कार्यालय हो । यो मैनबत्ती बेच्ने र बाँच्न लगाउने संस्था पनि होइन । यो जेनेरेटर बेच्ने र बेच्न लगाउने संस्था पनि होइन । यो सौर्य ऊर्जाको विज्ञापन गर्ने संस्था पनि होइन । यो इन्भर्टरको व्यापार गर्ने र गर्न लगाउने संस्था पनि होइन । यो रिचार्जवाला कुनै पनि उज्यालाका साधन वा प्रसाधनको खरिद विक्रीमा सहयोग पु¥याउने संस्था पनि होइन ।

यसले केवल विद्युतीय ऊर्जा नै उत्पादन गर्नु पर्दछ । यसले विद्युतीय ऊर्जाको उत्पादन गरेर नेपाल बाहिर यसको व्यापार विस्तार र पहुँचलाई अघि बढाउनु पर्दछ । यसो गरेमा मात्र विद्युत प्राधीकरण नेपालमा एक समृद्धिको वाहक बन्न सक्दछ । विद्युत प्राधीकरणमा कुन देवता कुन मानिस ? कुन असल कुन खराब ? कुन शी, कुन अपजशी ? कुन प्यारो कुन घृणित ? यी सारा कुरा तपसिलका कुरा हुन् । सबैको काम प्यारो हो । सबैको बोलाप्यारा हो । सबैको व्यवहार प्यारो हो । सबैको सेवा प्यारो हो । सबैको भावना प्यारो हो ।

त्यसैले कुलमानलाई बिर्सने बनाउने अभियानमा आजको विद्युत प्राधीकरण लागोस् । हिजो कुलमानले नेपालका जुनसुकै कुनाबाट विद्युतसम्बनधी समस्याका बारेमा जतिबेला फोन गरे पनि बढाउने गर्थे र समस्या भनिसकेपछि सम्बन्धित ठाउँमा सम्पर्क गरेर विद्युत सुचारु गर्न लगाउँथे । आज पनि त्यो सबैले लागू गर्न सकून्, प्रयोग गर्न सकून र ऊर्जाको अभाव न आओस ।