गुरुप्रसाद शर्मा रेग्मी
एउटा परिवारको सदस्यलार्य जन्म दिने, कर्म दिने, स्वास्थ्य दिने, संस्कार दिने तथा ज्ञान दिएर योग्य नेपाली बनाउने बुबाआमा हुन्छन् । त्यसैले मातृ देव र पितृ देव भनेर बाबुआमाको सम्मान गर्ने गरिन्छ । बाबुआमा स्वच्छ र स्वस्थ भए पूरै परिवार स्वच्छ र स्वस्थ हुन्छ भन्ने मनोवैज्ञानिक मान्यता छ ।
त्यसकारण बाबुआमा शारीरिक र मानसिक दुवै रुपले स्वच्छ हुनु पर्दछ । शारीरिक र मानसिक रुपले स्वस्थ भएका मानिस दीर्घजीवी हुन्छन् भन्ने पनि शास्वत सत्य हो । अब मानिस कसरी स्वस्थ र स्वच्छ हुन सकिन्छ भन्ने कुरा जो हाम्रा ऋषिमुनि र वंशीय पूर्वजहरुले व्यक्त गरेका थिए ।
त्यही विषयवस्तुको वस्तुगत र मनोगत आफ्ना अनुभवीय आधारहरुलाई पाठकहरुको सामू पस्किदिएको छु । यसको अनुशरण गर्दा अवश्य पनि लाभदायक हुने छ भन्ने कुरामा विश्वस्त छु ।
हरेक मानिसहरुले आफ्नो प्रतिरोधात्मक शक्तिलाई बढाउन विशेष ध्यान दिनु पर्दछ । प्रतिशोधात्मक शक्ति बढेका मानिसहरु मौसम परिवर्तनका कारण लाग्नसक्ने सानातिना रोग व्याधले छुन पनि सक्दैन ।
प्रतिरोधात्मक शक्ति बढाउन विभिन्न रँगका फलफूल तथा तरकारीहरु नियमित रुपमा खाने गर्नु पर्दछ । फलफूल तरकारीहरुमा त्यो शक्ति पाइन्छ । जसले मानिसलाई निरोगी बनाउँछ । सुन्दरतामा बढोत्तरी गराइदिन्छ ।
यसको अतिरिक्त नियमित रुपमा परिश्रम गर्ने या विहान र साँझ प्रातकाल र सध्याकालमा ॐकार गर्ने हो भने त्यसले प्रतिरोधात्मक शक्ति बढाइदिन्छ । रक्त सञ्चार सन्तुलित बनाइदिन्छ । निर्णायक शक्ति बढाइदिने, स्मरण शक्ति बढाइदिन्छ, दमसम्बन्धी रोग लाग्न दिँदैन । अल्छी र थलाई लाग्दैन । यस्तो उपयोगी ॐकार गरेर दीघीजीवी किन नबन्ने ?
प्रायःजसो परिवारमा पुरुषहरु मुत्ररोगबाट र महिलाहरु अनियमित महिनावारीले पीडित हुन्छन् । वास्तवमा अनियमित महिनावारीले गर्दा विभिन्न रोगहरुले ग्रस्त हुनु परेको हुन्छ । ठिक समयमा महिनावारी हुने महिला अवस्वस्थ हुन सक्दैनन् । ठिक समयमा महिनावारी नहुने अस्वस्थताको सूचक भनिन्छ ।
यस्तो हुनुको पछाडि रगतको कमी, सिष्ट, डाइविटिज, थाइराइड, फाइव्रायड अथवा तनावजसता कुनै पनि कारण हुन सक्छ । त्यसको पहिचान गरी उपचार गर्नु पर्दछ । अधिकांश महिलाहरु आमा बन्न नसक्नुको पछाडि पनि यही महिनावारी ठिक समयमा नहुने समस्या हुन सक्दछ ।
ठिक समयमा महिनावारी हुने कुनै पनि महिलालाई आमा हुनबाट बञ्चित हुनु पर्दैन । हरेक मानिसले आफ्नो दिनचर्यालाई व्यवस्थित गर्नु पर्दछ । सुत्ने, उठ्ने, खाना खाने, के खाने, कति खाने, सबै कुराको टायमटेबल बनाएर दिनचर्यालाई व्यवस्थित गर्नु पर्दछ, अनि मात्र मानिस स्वस्थ र स्वच्छ हुन सक्दछ ।
शारीरिक पनि एउटा मानिस हो, मानिस चलाउन विभिन्न तत्वहरु शरीरलाई दिनु पर्दछ । शरीररुपी मेसिन चल्दा शरीरभित्र कार्बनडाइअक्साइड गुम्सिएको हुन्छ । बसि खानेहरुको शरीरबाट ७० प्रतिशतभन्दा बढी बाहिर कार्बन जान सक्दैन ।
त्यसलाई बाहिर फाल्न ॐ कार कपालभाती, अनुलोभविलोमजस्ता योगिक कार्य गर्नु अति आवश्यक हुन्छ । खानामा भात, रोटी कम तर्कारी, सलाद, दही बढी खानु पर्दछ । गुलियो चीज धेरै खानु हुँदैन । यसले शरीरमा केवल कैलोरी बढाउँदछ । पानी भने कम्तिमा विहानदेखि साँझसम्म चार लिटर पानी खानु पर्दछ ।
पानीले अम्लतत्व नष्ट गरी दाँत र आतलाई सधैँ स्वस्थ र स्वच्छ राख्ने गर्दछ । चालिश वर्षपछि पुरुषलाई पोष्टेज (मुत्ररोग) हुनसक्छ । यो पोष्टेजको रोगबाट मुक्त ुन या महिलाहरलाई लाग्ने तल्लो पेटसम्बन्धी रोगको साथै महिनावारी, प्रदर जस्ता सबै रोगबाट मुक्त हुन बटरफ्लाइ योग कम्तिमा ३ मिनेट प्रत्येक दिन गर्नु पर्दछ ।
यो योगबाट गोडा दुख्ने रोग पनि निको हुन्छ । कुनै औषधी नखाएर अप्रेशनबिना पनि मानिस रोगमुक्त हुन सक्ने कुरामा कुनै शंका छैन ।
मानिसको स्वास्थ्यको लागि सबैभन्दा ठूलो कुरा आत्मविश्वास र आत्मबल हो । जुन मानिसको आत्मविश्वास र आत्मबल प्रवल हुन्छ, उसको स्वास्थ्यमा कुनै पनि नकारात्मक असर पर्न सक्दैन । प्रत्येक दिन स्नान गर्नु अति आवश्यक हुन्छ ।
नुहाएको मानिसको शरीरमा पोजेटिभ इनर्जी आउँछ । त्इसैले स्नानपछि तरोताजाको अनुभूति मािनसलाई हुने गर्दछ । खाना बनाउने महिलाले ननुहाएर खाना बनाएकोभन्दा नुहाएर बनाएकोल खाना बढी स्वादिलो हुने गर्दछ ।
भोजनपछि केही बेर व्रजाशनमा बस्ने या वायाँ कोल्टे परेर पल्टने गर्दा पाचन क्रिया हुने र भोजन तत्वले शरीरका विभिन्न अंगमा प्रवेश गर्ने गर्दछ । ४५ वर्षपछिको उमेरमा जति कम भोजनले काम चल्छ त्यतिभन्दा बढी खानु हुँदैन । ‘कम खाओ ज्यादा जिओ’ भनिन्छ । खाना खाने भोजन हेर्न र शुद्धमा प्रिय र खानमा स्वादिष्ट हुन्छ भने चाँडै पच्दछ । शरीर र मनलाई पोषण गर्दछ ।
बजारकोभन्दा घरमै बनेको खाना, नास्ता खाने गर्नु पर्दछ । यतिबेला पुरुष–महिला प्रायःजसो सबै ग्याष्ट्रिकबाट पीडित भएको देखिन्छ । यो रोग औषधीबाट निको हुँदैन । यसलाई खानपानबाटै निर्मुल पार्न सकिन्छ । यसमा चिल्लो, पिरो, अमिलो खानु हुँदैन ।
यसको अति सहज र शरल उपाय के छ भचने खानाको अन्त्यमा दूधभात भरसक एउटा केरा मिलाएर खाने हो भने ग्याष्ट्रिकबाट मुक्त हुने पेट सफा हुने गर्दछ । नियमित खाने मानिसलाई यो रोगले सताउन सक्दैन । हाम्रा अग्रजहरु प्रायः सबैले दूधभात खाने भएकाले ग्याष्ट्रिकजस्ता रोग लागेको थाहा पाइँदेनथ्यो ।
यी कुराहरुलाई अनुशरण गर्ने हो भने शरीर सधैँ स्वस्थ बनिरहन्छ । मांश, मदिरा यतिबेलाको सबैभन्दा बढी रोगको कारण बन्न गएको छ । यसको सेवन गर्नेहरु नै बढी रोगले ग्रस्त भएको अस्पतालका डाक्टरहरु बताउँछन् ।
प्रेसर, मुटुरोग, अल्सर, डाइविटिज, क्यान्सर जस्ता घातक रोगबाट ग्रसित हुनु परेको देखिन्छ । त्यसैले खाना शुद्ध र सफा हुनु पर्दछ । बाबुआमा स्वस्थ र स्वच्छ भए पो उनीहरुले आफ्ना सन्तानलाई संस्कार मात्र होइन शारीरिक र मानसिक स्वास्थता पनि दिन सक्दछन् । आफ्ना सन्तानलाई स्वस्थ बनाउने कि रोगी बनाउने गम्भीर भएर सोच्नु पर्दछ ।
आफ्नो खानपान र विचार र व्यवहारमा शुद्धता ल्याएर सन्तानलाई राम्रो संस्कार दिनेतर्फ सोच्नु नितान्त आवशयक भएको छ । अपवादको रुपमा छोड्ने हो भने सन्तानले बाबुआमाकै देखासिकी गरेको पाइन्छ । ज्यामिर रोपेर सुन्तला खाने अपेक्षा गर्नु कति ठूलो भुल हुन्छ भन्ने कुरालाई आत्मसात गर्ने पर्दछ ।