दाङ,१९ असोज । खुकुरी प्रहार गर्ने तुलसीपुर उपमहानगरपालिका–६ भिआईपी टोलका तीन जना पक्राउ परेका छन् । सल्यान बागचौघर घरभै हाल तुलसीपुर उपमहानगरपालिका–६ भिआईपी टोलमा बस्दै १९ बर्षीय डण्डविर खड्कालाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले भीआइपी टोल निवासी तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ भीआईपी टोल निवासी १९ बर्षीय शिवप्रसाद चौधरी, सोही ठाउँ निवासी १६ बर्षीय दिपेश चौधरी र सोही ठाउँ निवासी १७ बर्षीय संदिप सुनार रहेका छन् । तुलसीपुर–६ मा रहेको विजय फर्निचरमा काम गरि फर्कने क्रममा आइतवार साँझ खड्कालाई एक्कासी अज्ञात व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी गम्भीर घाईते बनाएको प्रहरीले जनाएको छ ।
घट्नापछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक शिवबहादुर शिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले तुलसलीपुर उपमहानगरपालिका–६ भीआईपी टोलमा लुकीछिपी बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तहरुको साथबाट प्रहरीले घटनामा प्रयोग भएको १ थान खुकुरी सहित पक्राउ गरेको हो ।
फर्निटरमा काम गर्ने खड्का सोही फर्निचरमा काम गर्ने भिआईपी टोल निवासी २५ निवासी साईला भन्ने गोविन्द विक, सोही ठाउँ निवासी २४ बर्षीय पूर्ण भन्ने लक्षिराम विक, जिल्ला रुकुम मुसिकोट नगरपालिकाको सोलावाङ घर भई हाल तुलसीपुर–६ मा डेराकोठा लिई वस्ने १९ वर्षीय अनुराग विकसँगै फर्कने क्रममा आक्रमण भएको थियो ।