दाङ,१९ असोज । तत्कालिन नेकपा (एमाले) दाङका जिल्ला नेता स्व. घनश्याम बुढाथोकीको आठौं स्मृति दिवसको अवसरमा मंगलाबार घोराही–१६ तेरौटेस्थित वृद्धाश्रमलाई विभिन्न सामग्री प्रदान गरिएको छ ।
घनश्याम बुढाथोकी स्मृति प्रतिष्ठानको तर्फबाट अध्यक्ष छबिलाल वली, उपाध्यक्ष भुवन देवकोटा, कोषाध्यक्ष इन्द्रबहादुर बुढाथोकी एवं स्व. बुढाथोकीका बुवा आमा र पत्नीले वृद्धाश्रम व्यवस्थापक हिरा शाह र स्वास्थ इन्चार्ज बिमला खनाललाई हर्लिक्स १३ थान, स्याउ २ किलो, सेनिटाइजर २ थान, साबुन १२ थान र मास्क ५० थान हस्तान्तरण गरेका हुन ।
प्रतिष्ठानका अध्यक्ष छबिलाल वलीले दाङको कम्युनिष्ट आन्दोलनमा स्व. घनश्याम बुढाथोकीको निकै महत्त्वपूर्ण योगदान रहेको बताउँदै जनताकी सेवामा समर्पित हुँदा स्व. बुढाथोकीले आफ्नो नीजि जीवन भताभुंग बनाएको चर्चा गरेका थिए ।
तत्कालीन एमाले दाङ क्षेत्र नं ३ को अध्यक्ष रहेका स्व. बुढाथोकीको २०५९ साल असोज १९ गते घोराहीमा पार्टी काममा जाँदा सडक दुर्घटनामा परी निधन भएको थियो ।