लक्ष्मण बस्नेत
तुलसीपुर,१७ असोज । खुल्ला क्रिकेट प्रतियोगिता २०७७ को उपाधि त्रिशिद्देश्वरी स्पोर्ट्स क्लब तुलसीपुरले हात पारेको छ ।
स्यालुट नेपाल युवा क्लब तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाको आयोजनामा संचालित प्रतियोगितामा सहभागी ९ टिम मध्य अंक तालिकाको शिर्ष स्थानमा रहदै त्रिशिद्देश्वरीले उपाधी हात पारेको हो । उपाधीसंगै उसले नगद २० हजार तथा कप जितेको छ ।
स्थानीयस्तरमा क्रिकेट खेलको विकास गर्ने उद्देश्यले तुलसीपुर–९ को गौरीचौर खेल आयोजना गरिएको प्रतियोगिता ९ टिमको सहभागिता रहेको थियो ।
सेलुट नेपाल युवा क्लब का अध्यक्ष लक्ष्मण शर्माको अध्यक्षतामा भएको प्रतियोगिता समापन समारोहमा बेष्ट बलर त्रिशिद्देश्वरी स्पोर्ट्स क्लबका स्माईल अन्सारी, बेष्ट ब्याट्सम्यान नोबेल एकाडेमीका सुदीप नेपाली र म्याच अफ सिरिज स्यालुट नेपाल युवा क्लबका युवराज वलीलाई घोषित गरिएको थियो ।
बिजेता टिम तथा खेलाडीलाई कप, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो । त्रिशिद्देश्वरी क्रिकेट क्लबका अध्यक्ष कमल डाँगीले ५ वर्षको कलिलो उमेरमै क्रिकेट खेलाडी बन्ने ईच्छा राखेर ब्याटिङको अद्धुत क्षमता बोकेका तुलसीपुर–९ बेलुवा बस्ने बिमोचन थापालाई क्रिकेट ब्याट र बल प्रदान गरेका थिए । कार्यक्रमको संचालन टेवुलटेनिस संघका उपाध्यक्ष अरुण लहरे गरेका थिए ।