युवराज शर्मा
गणतन्त्रमा सभ्यताको ठूलो महत्व हुन्छ । लोकतन्त्रमा गणतन्त्रले नै सभ्यता विकास गर्ने हो । यसले हरेक मानिसहरुमा बोलीवचन कसरी प्रयोग गर्ने ? आपसी भेटमा कस्तो व्यवहार गर्ने ? हिड्दाको समयमा एकआपसमा छुवाछूत नगर्ने, मास्क प्रयोग गर्ने ?
अनावश्यक गफगाफ बाटोमा उभिएर नगर्ने, बाटोमा आइरहेको र गइरहेको मान्छेलाई धक्याएर नहिड्ने, खान बस्ने सफा, सुन्दर ठाउँमा बस्ने, साबुनपानीले मिचिीमिची हात धुने, बृद्धबृद्धालाई बाटो क्रस गर्न सहयोग गर्ने, कसैले सोधेको विषयमा जानकारी भए सुनाउने, भनिदिने तर आफूलाई ज्ञान नभएको अथवा थाहा नभएको कुरा नभन्ने, मलाई थाहा भएन भनेर उम्कने बानी राम्रो हुन्छ । यस्तै वातावरण बनेको छ, कोरोनाको सभ्यता तर पालना भएन ।
विहान करिब ७ः१५ को समय थियो । बालमन्दिरको दक्षिणतर्फको सडकबाट पैदल गइरहेको थिएँ । मेरो अगाडि एकजना बृद्ध गइरहेका थिए । उनको हिडाई सुस्त थियो । उनका पछि हिडिरहेका १६/१७ वर्ष उमेरजस्तो देखिने दुईजना युवतीहरु थिए । उनीहरुको हिडाइको गति तेज थियो ।
एउटीले ती बृद्धलाई धक्याइन् । उनको ठक्करबाट बृद्ध भूइँमा लडे । ती युवतीले बृद्धलाई घाइते बनाइन् । उनी पछाडि फर्केर भनिन्– गाडीले हानेको भए पैसा पाउँथे तर मैले धक्याएँ । मबाट त्यसले केही पान्न । उलटो दोष दिन सकिन्छ । युवतीका जोशिला र झट्किलो स्वभाव देखिँदा उनलाई केरोनाको सभ्यता थिएन ।
यिनी दुई युवतीहरु अगाडि बढिरहेका थिए । बाटो नछोड्ने र गति तेजिलो र भड्किलो थियो । सायद यिनीहरु सम्पन्न परिवारका जस्ता थिए । अहिले सम्पन्नताको झलकक यस्तै प्रकृतिका हुन्छन् भन्ने जिम्मेवार पदका पदाधिकारीहरुले भन्न सजिलो छ, काम गर्न गाह्रो पर्छ । कानुन बनाउन सजिलो हुन्छ तर त्यसलाई कार्यान्वयन गर्न गराउन समस्या छ भन्छन् कानुन कार्यान्वयन गर्ने निकायहरु ।
जे होस्, गणतन्त्रमा मान्छे हेरेर कानुनी उपचार गर्ने प्रवृत्ति सम्बन्धित निकायको नियति भइसकेको छ । यस्तो वातावरण देखाउने गणतन्त्रका पृष्ठपोषकहरुको नियति भएको छ । युवतीद्वारा घाइते भएका बृद्धलाई कसले सहारा दिएर उपचार गराउने हो ? भन्ने कोही छैनन् । उनी सडकमा पल्छे र भूइँमा लडेका थिए । त्यो पनि आफ्नो शारीरिक कमजोरीका कारणले नभएर युवतीले धक्याएर लडेका थिए । ती युवती सम्पन्न परिवारको छोरी थिइन् । सम्पन्न परिवारको छोरी भएकोले छाडाप्रवृत्तिको हिडाइ उनको थियो । उनलाई भन्न सक्ने शाहस कुनैमा पाइएन, किनकि उनका बुबा धनी व्यक्ति थिए ।
गणतन्त्रमा धनको महत्व हुन्छ । व्यक्तिको महत्व हुन्न । गणतन्त्रको समय धनीवर्गको लागि हो । ज्येष्ठ नागरिक र बृद्धबृद्धाहरुका लागि होइन । यदि त्यस्तावर्गका लागि गणतन्त्र भएको भए कोरोनाको समयमा ती धनाढ्य युवतीले बृद्धलाई धक्याउने थिइनन् । बुबा भनेर बाटो काट्न सभ्यता देखाउने थिइन् । कोरोनाको समयमा सभ्यता हरायो ।
नोभेल कोराना भाइरस नेपालमा बढ्दै छ । यसको प्रभाव सहर बजार क्षेत्रहरुमा देखिन्छ । तर गाउँले क्षेत्रमा त्यसतो छैन । कोरोना नियन्त्रण गर्ने निकायहरुमा सेवा लिने सेवाग्राहीहरुको भीडभाडलाई नियन्त्रण र निर्देशन गर्न नसकेका सरकारी र गैरसरकारी कार्यालयहरु छन् । कोरोनाको सभ्यता त्यहाँ देखिन्छ ।
तर बजार र पसलहरुको भीडभाडलाई नदेख्ने निकायहरुले सार्वजनिक यातायात सञ्चालनलाई दोषी ठान्छन् । काठमाडौं उपत्यकामा कोरोना बढ्यो भन्नु हास्यास्पद विषय बनेको छ । जब कि सरकारले पासका नाममा प्राइभेट गाडीहरु जो रातो प्लेटका छन्, ती गाडीहरुमा नागरिक आवागमन गराउने यातायात विभाग, जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकारकारबाट समेतले पासको व्यवस्था मिलाएका थिए ।
त्यस्ता साधनहरुले दिनमा २७ सय नागरिकलाई ओसारे । उपत्यकामा कोरोनाका बृद्धि गराएको कोरोना सभ्यता देखियो । अझ घरबेटीहरुले नेगेटिभ रिपोर्ट नदेखाएसम्म घरभित्र पस्न नदिने, घरवहालवालालाई देखाएको सभ्यता लाजमर्दो छ । बन्द कोठाको भाडा माग्ने र अमानवीय व्यवहार गर्ने काठमाडौँबासी नागरिकलाई सभ्यताको ज्ञान छैन । उनीहरुले मानवीय ज्ञान गर्न सक्दैनन् । तर सरकारलाई झुकाउनसक्ने व्यक्ति छ ।
त्यसकारण बाहिरी जिल्लाबाट आउनेहरुलाई तुच्छ व्यवहार गर्नु उपत्यकाको सभ्यता देखाएको हो । उनीहरुलाई कोरोनाले तुच्छ व्यवहार गर्न प्रेरणा दिएको छ । त्यसैले वर्तमान सरकारले उपत्यकालाई नेपाल सम्झेको पाइन्छ । त्यस्तै मन्त्रीहरुको व्यवहार छ । यो पनि मन्त्रीहरुलाई कोरोनाको सभ्यता देखाउने अवसर जुटेको छ । यस्तो अवसरको उपभोग गर्न जान्नु सफल मन्त्री बन्नु हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनतालाई ‘पाखे’ शब्द प्रयोग गर्न चुकेनन् । उनलाई यस्तो वचन जनतालाई सुनाउनु कोरोनाको सध्यता देखाएका हुन् । जनता पाखे भएपछि उनी पनि जनता हुन् । उनले आफूलाई पनि पाखे भनेको सभ्यता थियो ।
मन, बुद्धि र संस्कारले देखाएको सभ्यता थियो । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नागरिकलाई भनेका थिए– नैतिकता नभएका बेहोसीले सरकारका आलोचना गर्छन् । जसका आँखामा मोतियाविन्दु छ त्यसले सरकारबाट भएका काम देख्दैन । उनको भनाईले पुष्टि गर्छ कि सरकारमा बसेका मन्त्री र प्रेस सल्लाहकारहरुको सभ्यता बाहिरियो ।
कोरोनाको सभ्यता देखियो । जनता पाखे र नागरिक नैतिकता नभएको बेहोसी बनेपछि आँखामा मेतियाविन्दु देख्ने कोरोना सभ्यता देखेका छन् । आफ्नो संस्कार र सभ्यता उजागर गरेका छन् । आफ्नो संस्कार र सभ्यता बनेको छ– मन्त्री पद र प्रेस सल्लाहकार ।
कोरोना बढ्दो र चढ्दो अवस्थामा फैलिएको छ । रोकथामका उपायहरुमा स्वास्थ्यमन्त्रालयले लकडाउन गर्ने सिफारिस सरकारलाई गरेको छ । सबैभन्दा बढी संख्या काठमाडौंमा छ । यो रोग बढ्नुको कारण नागरिकलाई थाहा छैन । नेपालीको चेतना स्तर कमजोर छ । अनुशासन पालना गर्दैनन् ।
सभ्य वातावरण बन्न सकेन, कोरोना कहर बढेको वातावरण उपत्यका भए पनि काठमाडौं जिल्ला भयावह बन्दै छ । यस्तो वातावरण त्यहाँको आर्थिक संकट नागरिकमा भएर देखिएको हो । रोजगारी गरेर जीउ पाल्नका लागि विभिन्न जिल्लाहरुबाट काठमाडौं आएका र घरबास बनाइ उपत्यका छिरेकाहरुमा कोरोना फैलियो । मानिसमा खाद्य समस्या भएपछि शारीरिक कमजोरी हुन्छ । स्वेतरक्तकण बन्न सक्दैन । कमजोर शरीरका दीर्घ रोगीहरुलाई कोरोनाले छुनसक्छ ।
त्यस्तैवर्गका मानिसहरुको मृत्यु कोरोनाले भएको स्वास्थ्यमन्त्रालयले भन्ने गर्छ । अहिले जहाँ पनि दीर्घरोगीहरु औषधि नपाएर पीडित छन् । धेरैले मृत्यु वरण गरेका छन् । पैसा तिरेर औषधी पाउने व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्नसकेको छैन । यस्तो देखिनु पनि कोरोनाले ल्याएको सभ्यता हो ।
नेपाली सरल स्वभाव र मिहिनेती छन् । उनीहरुको बाँच्ने आधार नै कृषि व्यवसाय हो । तर सरकारको लकडाउनले आर्थिक अवस्था बिग्रियो र बाँच्नका लागि भारततर्फ लर्र्को लागे, यो पनि स्वास्थ्यको समस्यामा कोरोना सभ्यता अपनाए । तापनि भारतमा मर्ने भन्दै खाएर बाँच्नका लागि उतैतिर लर्को लागे । सरकारका लागि हाइसन्चो भएको छ । यसले सांसदहरुलाई दिइएको करोडौँ रकम झ्वाम हुने छन् ।
विभिन्न पदहरुमा पदासीन भएका जनप्रतिनिधिहरुलाई शान्ति मिल्ने छ । शान्ति सम्झौता गरेर सत्ता हाँक्नेहरुले सत्ताको स्वाद फेरि–फेरि चाख्ने छन् । उनीहरुको सभ्यता नै यस्तै हो । जसलाई कोरोना सभ्यताका नेताहरु भन्छन् । त्यसैले होला कुर्सीको लडाइँ पनि मानसिक रुपमा कोरोना सभ्यता हो । अहिले नेपाली नेताहरले कोरोनाको सभ्यता नागरिकलाई देखाएका छन् ।