दाङ,१५ असोज । दाङमा प्रहरीले मोटरसाईकल चोरी मुद्धामा फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
अदालतको फैसल्लापछि फरार रहेका घोराही उपमहानगरपालिका वडा नं.१६ निवासी २२ बर्षीय अज्ञात पन्थीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन् ।
पन्थीलाई दाङ देउखुरी अदालतले २०७६ साल कार्तिक १९ गते मोटरसाईकल चोरी मुद्धामा एक महिना कैद र ३० हजार नगद जरिवानाको फैसल्ला सुनाएको थियो ।
फरार रहेका पन्थीलाई विहिवार दिउँसो घोराही उपमहानगरपालिका–१६ को सर्राबाट पक्राउ गरेको हो । पक्राउ परेका प्रतिवादीलाई विहिवार नै दाङ देउखुरी अदालतमा बुझाइएको प्रवक्ता खड्काले जानकारी दिएका छन् ।