दाङ, १५ असोज । जनप्रतिनिधिहरु र वडा सचिवहरुलाई सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदुढीकरण आयोजना सम्वन्धी अभिमुखीकरण दिन थालिएको छ ।
घोराही उपमहानगरपालिका सामाजिक सुरक्षा तथा पञ्चीकरण शाखाको आयोजनामा जनप्रतिनिधि र वडासचिवलाई अभिमुखीकरण दिन थालिएको हो । अभिलेखीकरण गर्दा हुन सक्ने गल्ती तथा कमजोरी हुन नदिनका लागि यस प्रकारको अभिमुखीकरण दिन थालिएको बताइएको छ । अभिमुखीकरण विहिवार र शुक्रवार गरी २ दिनसम्म सञ्चालन हुने भएको छ ।
कार्यक्रममा बोल्दै घेराही उपमहानगरपालिका उपप्रमुख सिता सिग्देल न्यौपानेले प्रविधिको प्रयोगले काममा चुस्तदुरुत राख्न सहयोग मिल्ने बताइन । त्यसैगरेर प्रविधि प्रयोग गरेर अभिलेख राख्दा अभिलेख राख्न समेत सहज हुने उनको भनाइ रहेको छ । सरकारले थालेको डिजिटाइजेशन अभिलेखीकरणले सेवामा समेत सहजता ल्याउने उनले बताइन । परम्परागत रुपमा अभिलेख राख्दा राख्नलाई समेत समस्या हुने न्यौपानेले बताइन ।
घोराही उपमहानगरपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख दिवाकर योगीले घोराही उपमहानगरपालिकाका ३ वटा वडा वाहेक अन्य वडामा अनलाइन माध्यमवाट सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता भइरहेको बताए । वडा नं १, १२ र १९ नम्वरमा अनलाइनमार्फत दर्ता हुन नसेको बताए । यी वडाहरुमा पनि छिट्टै अनलाइन माध्यवाट दर्ता गर्ने तयारी रहेको उनले बताए । यसका लागि घोराही उपमहानगरपालिकाले सहयोग गर्ने बताए ।
उनले संघीय सरकारले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ताका लागि गरि रहेका कार्यका वारेमा जानकारी दिएका थिए । कार्यक्रममा घोराही उपमहानगरपालिका प्रमुख प्रशासकिय प्रमुख ऋषिराम केसीले यस प्रकारको अभिमुखी करणले कर्मचारीहरुलाई काम गर्दा सहजता हुने विश्वास व्यक्त गरे । प्रशासन शाखा प्रमुख वासुदेव आचार्यको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख दिवाकर योगीले गरेका थिए । अभिमुखीकरणमा वडा अध्यक्ष, वडा सदस्य तथा वडा सचिवहरुको सहभागिता रहेको छ ।