पूर्व अध्यक्ष पीडितलाई स्वास्थ्य सामाग्री सहयोग

दाङ,१२ असोज । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक के एल पीडितले संचालन गरेको निःशुल्क स्वास्थ्य सामाग्री वितरण अभियानलाई आर बि ट्रेडिङले बजर प्रतिनिधि गंम्भीर डिसीमार्फत ५० एम एलको २४ थान जोए ह्याण्ड्स सेनिटाइजर उपलब्ध गराएको छ ।

सोमबार राप्ती सुपर मार्केटका प्रोप्राइटर एवं जोए ह्याण्ड्स सेनिटाइजरका फुटकर बिक्रेता बिष्णुप्रसाद सुबेदीले संचारकर्मी पीडितलाई सो सामाग्री हस्तान्तरण गरेका हुन । व्यवसायी सुवेदीले राप्ती सुपर मार्केटको तर्फबाट ५० थान सर्जिकल मास्क पनि प्रदान गरेका हुन । यस अघि पनि उनले २ सय थान सर्जिकल मास्क र १२ थान सेनिटाइजर प्रदान गरेका थिए ।

कोरोना कहरकाबीच अविचलित सूचना प्रवाह गरिरहेका संचारकर्मीहरुलाई सुरक्षित बनाउन र उनीहरुको हौसला बढाउन संचारकर्मी पीडित भाद्र २५ देखि निःशुल्क स्वास्थ्य सामाग्री वितरण अभियान शुरु गर्दै आएका छन् ।