कोरोनाबाट दाङका एकसहित देशभर १७ जनाको मृत्यु

दाङ,८ असोज । कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा दाङका १ जनासहित देशभर १७ जनाको मृत्यु भएको छ ।

दाङ तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँ निवासी ३९ बर्षीय एक जना पुरुषको काठमाडौमा रहेको ग्राण्डी अस्पतालमा उपचारका क्रममा विहिवार विहान मृत्यु भएको थियो । उनीसहित दाङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ जना पुगेको छ ।
कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा मोरङकी ५५ बर्षीया महिला, सुनसरीकी ८१ बर्षीया महिला, भक्तपुरकी ७३ बर्षीया महिला, काठमाडौँकी ८२ बर्षीया महिला, धादिङकी ३२ बर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

त्यसैगरी उनका अनुसार झापाका ७८ बर्षीय पुरुष , धनुषाका ६८ र ७० बर्षीय पुरुष, रौतहटका ६५ बर्षीय पुरुष, भक्तपुरका ८४ बर्षीय पुरुष, काठमाडौँका ७५, ७९ र ८० बर्षीय पुरुष, तनहँका ३९ बर्षीय पुरुष, कपिल्बस्तुका ५० बर्षीय पुरुष, नवलपरासी ५५ बर्षीय पुरुषको मृत्यु भएको भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।

विहिवार मृत्यु हुनेमा ५ जना महिला र १२ जना पुरुषको रहेका छन् । योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या चार सय ५३ पुगेको छ ।