तरुण कप फुटसल प्रतियोगिता हुने

लक्ष्मण बस्नेत
तुलसीपुर,८ असोज । दाङको तुलसीपुरमा तरुण कप फुटसल प्रतियोगिता २०७७ हुने भएको छ ।

तरुणदल तुलसीपुर उप–महानगरपालिका वडा नं ५ को आयोजनामा संचालन गरिन लागेको फुटसल प्रतियोगिता यहि असोज १५ गतेदेखि सुरु हुुनेछ ।स्थानीयस्तरमा फुटसल खेलको पहुँच अभिवृद्धि गर्ने र आपसी भाईचारा कायम गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा ६ टिम को सहभागिता रहनेछ ।

नेपाल तरुण दलको बार्सिक कार्यक्रम अनुसार आयोजना गरिएको प्रतियोगिताका खेलहरु बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस सुरक्षा सम्बन्धित सम्प्रर्ण मापदण्ड अपनाउदै तुलसीपुर–६ मा रहेको द लेजेन्ड फुटसल ग्राउन्डमा खेलाईने आयोजक तरुणदल तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष सुनिलबाबु डाँगीले जानकारी दिएका छन् ।

प्रतियोगिताको तयारीका लागि तयारी तीव्र पारिएको आयोजकले जानकारी दिएको छ ।