कृषि लगानीमा कोरोनाको धक्का
अमरराज आचार्य
दाङ, ८ असोज । कृषिमा अनुदानको लागि जिल्लामा आएको रकममध्ये ८ करोड रुपैयाँ खर्च हुन सकेन । कोरोनाको धक्काका कारण यो रकम खर्च हुन नसकेको कृषिज्ञान केन्द्रको दाबी छ भने किसानहरुले कुन शीर्षकमा कति रकम अनुदान आएको भन्ने विषयमा भने वेखबर भएको बताउँदै आएका छन् ।
आर्थिक वर्ष २०७६÷०७७ मा ८ करोड बढी रकम खर्च हुन नसकेर फ्रिज भएको छ । कृषि ज्ञान केन्द्र दाङमा अनुदान कार्यक्रमका लागि आएको रकममध्ये ८ करोड ३ लाख ८ हजार ४ सय ९८ रुपैयाँ खर्च हुन नसकेको हो ।
कृषि ज्ञान केन्द्रमा १७ करोड ९ लाख ८९ हजार अनुदान रकम आएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले जानकारी दिएका छन् । यसरी आएको रकममध्ये ९ करोड ६ लाख ८० हजार ५ सय २ रुपैयाँ मात्र खर्च भएको छ । जुन रकम कूल अनुदान रकमको ५३ दशमलव शून्य ३ प्रतिशत खर्च भएको प्रमुख धितालले बताए ।
‘कोरोना संक्रमणको कारण काम हुन नसकेकाले रकम खर्च हुन नसकेको हो’–प्रमुख धितालले भने । काम नगरी अनुदान दिन नमिल्ने भएकाले रकम खर्च हुन नसकेको प्रमुख धितालले बताए । कोरोना संक्रमण फैलन नदिनका लागि सरकारले गरेको बन्दाबन्दीले गर्दा काम हुन नककेको उनको भनाइ छ ।
कृषि ज्ञान केन्द्रमा गएको आर्थिक वर्षमा जम्मा १८ करोड ९९ लाख ९७ लाख बजेट विनियोजन गरिएको थियो । जसमा १० करोड७५ लाख ४६ हजार ६ सय रुपैयाँ खर्च भएको थियो । जुन खर्च विनियोजित बजेटको ५६ दशमलव ६ शून्य प्रतिशत रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कार्यालयले नविनतम प्रविधिमा आधारित साना सिंचाइ कार्यक्रममा २६ लाख २७ लाख ९ सय ६० रुपैयाँ खर्च गरेको थियो भने २३ लाख ७२ हजार ४० रुपैयाँ खर्च हुन सकेन । जसमा ५० लाख बजेट विनियोजन गरिएको थियो । यस कार्यक्रमअन्र्तगत २० वटा प्रस्ताव छनोट भएका थिए, जसमा १२ वटा काम सम्पन्न भएको प्रमुख धितालले बताए ।
मागमा आधारित कार्यक्रम अन्तर्गत ४० लाख बजेट रहेकोमा २५ लाख ५ हजार ७ सय ७६ रुपैयाँ खर्च भएको छ भने १४ लाख ९४ हजार २ सय २४ रुपैयाँ खर्च हुन सकेन । यस कार्यक्रममा ३७ वटा योजना छनोट भएकोमा २७ वटा सम्पन्न भएका छन् । मौरी विकास कार्यक्रममा १० लाख बजेट विनियोजन भएकोमा ९ लाख ३५ हजार ६ सय ८३ रुपैयाँ खर्च भएको छ भने ६४ हजार ३ सय १७ रुपैया खर्च हुन नसकेको हो ।
१० वटा प्रस्ताव छनोट भएकोमा १० वटै सम्पन्न भएका छन् । रैथाने बालीहरुको बजार प्रबद्र्धन कार्यक्रममा १० लाख रकम विनियोजन गरिएकोमा एक लाख ८८ हजार दुई सय ३५ रुपैयाँ खर्च भएको छ भने ८ लाख ११ हजार ७ सय ६५ रुपैयाँ खर्च हुन नसकेको हो ।
३ वटा प्रस्ताव छनोट भएकोमा २ वटा सम्पन्न भएका छन् । तेल्हन बाली विकास कार्यक्रममा ५ लाख बजेट विनियोजन गरिएकोमा एक लाख ८७ हजार ३ सय ८५ रुपैयाँ खर्च भएको छ भने ३ लाख १२ हजार ६ सय १५ खर्च हुन नसकेको हो । ३ वटा प्रस्ताव छनोट भएकोमा २ वटा सम्पन्न भएका छन् ।
यसैगरेर रेशम प्रबद्र्धन कार्यक्रममा ६० लाख बजेट विनियोजन गरिएकोमा ३१ लाख ६३ हजार ४ सय ५६ रुपैयाँ खर्च भएको छ भने २८ लाख ३६ हजार ५ सय ४४ रुपैयाँ खर्च हुन नसकेको हो । जसमा ११ वटा योजना छनोट भएकोमा ७ वटा सम्पन्न भएका छन् । बगरखेती प्रबद्र्धन कार्यक्रममा १० लाख बजेट विनियोजन गरिएकोमा ३ लाख ७५ हजार ८ सय २७ रुपैयाँ खर्च भएको छ भने ६ लाख २४ हजार एक सय ७३ रुपैयाँ खर्च हुन नसकेको हो । जसमा ५ वटा प्रस्ताव छनोट भएकोमा ४ वटा सम्पन्न भएका छन् ।
स्थानीय तथा उन्नत जातका आलु प्रबद्र्धन कार्यक्रममा २० लाख बजेट विनियोजन भएकोमा एक लाख ८२ हजार ९७ रुपैया खर्च भएको छ भने १८ लाख १७ हजार ९ सय ३ रुपैयाँ खर्च हुन नसकेको हो । जसमा २ वटा प्रस्ताव छनोट भएकोमा २ वटै सम्पन्न भएको छ । कागती क्षेत्र विस्तार कार्यक्रममा ५ लाख बजेट विनियोजन गरिएकोमा ३ लाख ४ हजार ४ सय ५३ रुपैयाँ खर्च भएको छ भने एक लाख ९५ हजार ५ सय ४७ रुपैयाँ खर्च हुन नसकेको हो ।
जसमा ५ वटा प्रस्ताव छनोट भएकोमा ५ वटै सम्पन्न भएका छन् । यसैगरेर केरा खेती विस्तार कार्यक्रम १० लाख बजेट विनियोजन गरिएकोमा ७ लाख ५१ हजार ९ सय ६३ रुपैयाँ खर्च भएको छ भने २ लाख ४८ हजार ३७ रुपैयाँ खर्च हुन नसकेको हो । जसमा ५ वटा प्रस्ताव छनोट भएकोमा ४ वटा सम्पन्न भएका छन् ।
वीऊ उत्पादन कृषि सहकारीलाई मूल वीऊमा ५० प्रतिशत अनुदान सहयोग कार्यक्रम अन्तर्गत ४ लाख बजेट विनियोज गरिएकोमा २ लाख २२ हजार ७ सय ६९ रुपैयाँ खर्च भएको छ भने एक लाख ७७ हजार २ सय ३१ रुपैयाँ खर्च हुन नसकेको हो । जसमा २ वटा प्रस्ताव गरिएकोमा २ वटा सम्पन्न भएको छन् ।
फलफूल नर्सरी सुदृढीकरण कार्यक्रम अन्तर्गत ४ लाख बजेट विनियोजन गरिएकोमा ३ लाख ५५ हजार ५९ रुपैयाँ खर्च भएको छ भने ४४ हजार ९ सय ४१ रुपैयाँ खर्च हुन नसकेको हो । जसमा ४ वटा प्रस्ताव छनोट भएकोमा ४ वटै सम्पन्न भएका छन् । मौरी चरण क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत ४ लाख बजेट विनियोजन गरिएकोमा एक लाख ७७ हजार ५ सय ७० रुपैयाँ खर्च भएको छ भने २ लाख २२ हजार ४ सय ३० रुपैयाँ खर्च हुन नसकेको हो । जसमा ३ वटा प्रस्ताव छनोट भएकोमा २ वटा सम्पन्न भएका छन् ।
यसैगरेर साना व्यावसायिक उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम नयाँमा २ करोड ९४ लाख ६३ हजार विनियोजन गरिएकोमा २ करोड २० लाख ३३ हजार २ सय ४६ रुपैयाँ खर्च भएको छ भने ७४ लाख २९ हजार ७ सय ५४ रुपैयाँ खर्च भएको छैन । जसमा २० वटा प्रस्ताव छनोट भएकोमा १८ वटा सम्पन्न भएका छन् ।
साना व्यावसायिक उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम पुरानोमा २ करोड ४७ लाख ९१ हजार गरिएकोमा ५९ लाख ८९ हजार ७ सय ७३ रुपैया खर्च भएको छ भने एक करोड ८८ लाख एक हजार दुई सय २७ रुपैयाँ खर्च हुन नसकेको हो । जसमा ८ वटा प्रस्ताव छनोट भएकोमा ७ वटा सम्पन्न भएका छन् । व्यावासायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम नयाँमा ३ करोड ६० लाख विनियोजन भएकोमा २ करोड १९ लाख ९७ हजार ७ सय ६२ रुपैयाँ खर्च भएको छ भने एक करोड ४० लाख २ हजार दुई सय ३८ रुपैयाँ खर्च हुन सकेन ।
जसमा ७ वटा प्रस्ताव छनोट भएकोमा ७ वटै सम्पन्न भएको ज्ञान केन्द्रले जनाएको छ । व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम पुरानोमा एक करोड ६० हजार विनियोजन गरिएकोमा ५१ लाख ३८ हजार ३ सय ४९ रुपैयाँ खर्च भएको छ भने ४९ लाख २१ हजार ६ सय ५१ रुपैयाँ खर्च हुन नसकेको हो । जसमा ३ वटा प्रस्ताव छनोट भएकोमा ३ वटै सम्पन्न भएका छन् ।
यसैगरी अभियानमुखी मिशन कार्यक्रम कागती र सुन्तलामा एक करोड बजेट विनियोजन गरिएकोमा २३ लाख २७ हजार २ सय ५० रुपैयाँ खर्च भएको छ भने ७६ लाख ७२ हजार ७ सय ५० रुपैयाँ खर्च हुन नसकेको हो । जसमा १३ वटा प्रस्ताव छनोट भएकामा १३ वटै सम्पन्न भएका छन् । अभियानमुखी प्याज÷लसुन मिसन कार्यक्रममा ५० लाख विनियोजन गरिएकोमा ५ लाख ८० हजार ७ सय ९८ रुपैयाँ खर्च भएको छ भने ४४ लाख १९ हजार २ सय २ रुपैया खर्च हुन नसकेको हो ।
फलफूल विरूवारोपण अभियान कार्यक्रम ९९ लाख ७५ हजार बजेट विनियोजन गरिएकोमा २३ लाख २९ हजार ७ सय ३ रुपैयाँ खर्च भएको छ भने ७६ लाख ४५ हजार २ सय ९७ रुपैयाँ खर्च हुन नसकेको हो । स्मार्ट कृषि गाउँ कार्यक्रम ६ वटाका लागि २ करोड २५ लाख विनियोजन गरिएकोमा एक करोड ८३ लाख ५ हजार ३ सय ८८ रुपैयाँ खर्च भएको छ भने ४१ लाख ९४ हजार ६ सय १२ रुपैयाँ खर्च हुन नसकेको ज्ञान केन्द्रले जनाएको छ ।