१२०४ जनामा संक्रमण, मृतकको संख्या ४ सय नाघ्यो

दाङ, ३ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १० हजार ३ सय ३३ को नमुना परीक्षण गर्दा ४ सय ८ महिला र ७ सय ९६ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७ सय ९७ पुगेको छ । उनीहरु ४५ हजार २ सय ६७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १ हजार ४ सय ४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंका ५७० जना, भक्तपुरका ८३ र ललितपुरका ५८ जना छन् । त्यस्तै बाराका १११ जना, नवलपुरका ४५, मोरङका ३३, दाङका २८, सुनसरीका २३, दार्चुलाका २१, बाँकेका २०, सप्तरीका १९, मकवानपुरका १८, सर्लाहीका १५, काभ्रेका १४ तथा धादिङ र कास्कीका १३ र १३ जनामा संक्रमण पुष्टि भएको छ ।

रामेछापका ९ जना, सिराहा र कैलालीका ८ र ८ जना, चितवन र सिन्धुपाल्चोकका ७ र ७ जना, झापा र पर्साका ६ र ६ जना, दोलखा, तनहुँ र लमजुङका ५ र ५ जना, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा र बर्दियाका ४ र ४ जना, ओखलढुंगा, स्याङ्जा, अर्घाखाँची, कपिलवस्तु, सुर्खेत, डडेलधुरा र बैतडीका ३ र ३ जना, धनुषा, रौतहट, पर्वत, पाल्पा, दैलेख र कञ्चनपुरका २ र २ जना तथा खोटाङ, महोत्तरी, नवलपरासी, प्युठान र रुपन्देहीका १ र १ जनामा संक्रमण देखिएको छ । नेपालमा कोरोना संक्रमणबाट हालसम्म ४ सय १ जनाको मृत्यु भएको छ ।