घोराहीमा युवाहरुद्वारा सामुहिक रक्तदान

गोरक्ष समाचारदाता

दाङ,३ असोज । रक्त सञ्चार केन्द्र घोराहीमा रगतको अभाव देखिएपछि रक्तदान गर्ने क्रम बढेको छ । जिल्लामा रगतको अभाव हुन नदिनका लागि विभिन्न संघसस्था तथा व्यक्तिगत रुपमा समेत रक्तदान गर्नेहरु बढ्दै गएको छन् ।

सोही क्रममा शनिवार घोराहीमा रहेको मिश्रित फुटवल समूहमा आवद्ध रहेका खेलाडी युवाहरुले रक्तदान गरेका छन् । मिश्रित फुटवल समूहका सदस्य विरोध गौतमको नेतृत्वमा ७ जना युवाहरुले घोराहीमा रहेको रक्त सञ्चार केन्द्रमा पुगेर रक्तदान गरेका हुन ।


त्यस क्रममा अभ्यास गौतम, विरोध गौतम,सुनिल नेपाली इन्द्रसिंह घर्तिमगर, कल्याण श्रेष्ठ, विराज रोकामगर, श्यामलालसिंह जिसीले रक्तदान गरेको सुनिल नेपालीले जानकारी दिएका छन् ।

लकडाउनका क्रममा रक्तदान गर्ने कार्यमा कमी भएपछि रक्त सञ्चार केन्द्र घोराहीमा व्लडको अभाव देखिएको थियो ।

फुटवल समूहमा आवद्ध युवाहरुले केही दिन पहिले घोराही उपमहानगरपालिका–१८ को पर्यटकिय क्षेत्र घोरदौरामा सरसफाई समेत गरेका थिए ।