समिप आचार्य
हामी कत्ति बिथोलिएका छैनौ सरकार
किनकि त्यस दर्जामा छैनौ जगमगाउँनलाई
चलमलाउ तिमी आफ्नै स्वार्थमा फरर्र
उठाउने छैनौ शिर कहिले सलबलाउनलाई
जन्मनु नै गल्ती थियो गरिव भै हुर्कनलाई
परीस्थिति नै नाजुक छ तिम्रो ढोका ढकढकाउनलाई
सुन्दै छु मरेका छन् रे ! कैयौं भोकले छट्पटाई
नाम्लोको सहारा लिँदै छन् रे ! जिन्दगीदेखि झन्झटाई
सुन्दै छु भाषणमा दमदार जोड दिँदै छौँ नहडबडाई
सडाएर राखेका छौ रे ! ढुकुटीमा निसंकोच नलज्जाई
भो ! कुरा नगरौं अब स्वतन्त्रताको लज्जित हुनलाई
तिरस्कृत,बलात्कृत रहेछ जिन्दगी छैन् न्यायलय हामीलाई
हो हामी त्यही तिम्रो खुट्टामा पनि नसुहाउने
पैताला नै दुर्गन्धित हुन्छ होला बस्ती तिमीले नियाले
छैन् केही हामीसँग मीठो बोली बाहेक टक्रयाउनलाई
छलकपट केही छैन मुख बाहेक अरू लोभ्याउनलाई ।