दाङ । श्री सिद्धरत्न नाथ माध्यामिक विद्यलय नारायणपुरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दिपक पाण्डे चयन भएका छन ।
विद्यालय व्यवस्थापन समितिले पाण्डेलाई सदस्यमा मनोनित गरेर अध्यक्ष चयन गरेको हो । पुस ८ गते भएको विद्यालय व्यवस्थापन समितिको सदस्यकालागी निर्वाचन भएको थियो ।
जसबाट कान्तप्रसाद चौधरी, रामनारायण चौधरी, विनिता गुरूङ थापा क्षेत्री र रमा डाँगी विजयी भएका थिए । मनोनीत सदस्यहरू र पदेन सदस्यहरूले थप दुई जना सदस्य मनोनीत गर्ने प्रावधान अनुसार दिपक पाण्डे र तीला चौधरीलाई मनोनित गरेको हो ।
सदस्यहरूमध्यबाट अध्यक्ष मनोनित गर्ने प्रावधान अनुसार दिपक पाण्डेलाई अध्यक्षमा मनोनित गरिएको विद्यालयले जानकारी दिएको छ ।