मञ्चले गणेशमान स्मृति दिवस मनाउने
दाङ,३१ भदौ । वीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङले गणेशमान स्मृति दिवस मनाउने भएको छ ।
मञ्चका जिल्ला अध्यक्ष सरोज शाहको अध्यक्षतामा बुधवार घोराहीमा बसेको बैठकले असोज २ गते परेको नेपाली कांग्रेसका नेता लौह पुरुष स्वर्गीय गणेशमान सिंहको स्मृति दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।
मञ्चले क्षेत्र नं. १ को समन्वयमा फलफुल वितरण कार्यक्रम, क्षेत्र नं. २ को समन्वयमा अन्तरक्रियात्मक कार्यक्रम र क्षेत्र नं. ३ को समन्वयमा रक्तदान कार्यक्रमको अयोजना गरि गणेशमान स्मृति दिवस मनाउने निर्णय गरेको मञ्चका सचिव अमरक्षितिज भण्डारीले जानकारी दिएका छन् ।
मञ्चले क्षेत्र नं. १ को कार्यक्रमको जिम्मेवारी क्षेत्रीय संयोजक किरण शाह, २ मा लेखनाथ बुढाथोकी र ३ मा मोहनसिंह सुनारलाई प्रदान गरेको छ ।
त्यसैगरी मञ्चले स्थापना गरेको मास्क बैंकको समिक्षा गर्दै मास्क बैंकलाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउनेहरुमा धन्यावाद ज्ञापन गरेको छ । साथै मन्चले मास्क सहयोग गर्न समेत सवैलाई अनुरोध गरेको छ ।
