Goraksha

National Daily

गाउँमै सुविधासम्पन्न स्वास्थ्य चौकी,सेवाग्राही बढे

दिप्तीशिखा चौधरी
दंगीशरण, ३० भदौँ । गाउँमै सुविधा सम्पन्न स्वास्थ्यचौकी िबनेपछि दंगीशरण गाउँपालिका–२ गोलटाकुरीमा सेवाग्राहीको संख्या बढेको छ । केही बर्ष पहिले स्वास्थ्य सेवा लिनबाट समस्यामा रहेको उनी गतबर्षदेखि गाउँमा रहेको स्वास्थ्य चौकीको स्तरवृद्धि भएपछि स्थानीयलाई सेवा लिन सहज भएको हो ।

गतबर्ष २०७५÷०७६ को तुलनामा आर्थिक बर्ष २०७६÷७७ मा २२.८९ प्रतिशतले सेवाग्राहीको बृद्धि भएको हो । सुविधासम्पन्न भवन निर्माणसँगै गाउँमै स्वास्थ्य सेवा दिन थालेपछि सेवाग्राहीको संख्यामा समेत वृद्धि हुँदै गएको छ । गतबर्ष स्वास्थ्यचौकीबाट ३ हजार २ सय ९७ जनाले स्वास्थ्य सेवा लिएका थिए भने यसबर्ष ४ हजार ५२ जनाले स्वास्थ्य सेवा लिइएको स्वास्थ्य चौकी प्रमुख राजेन्द्रकुमार हमालले जानकारी दिएका छन् ।

कार्यालय प्रमुख हमालका अनुसार २०७४÷०७५ मा ४ हजार ६ सय ५२ जनाले सेवा लिएका थिए । सेवाग्राहीको संख्यामा बृद्धि हुन भएपनि यो बर्ष कोरोना भाइरसका कारण धेरै विरामी आउन नसकेको समेत उनले बताएका छन ।

त्यसरी गरी गतआर्थिक बर्ष सस्थाबाट ५ सय ५६ जना जेष्ठ नागरीकहरुले स्वास्थ्य सेवा लिएका थिए भने यो आर्थिक बर्ष २०७६÷०७७ मा ६ सय ३७ जनाले सेवा लिएका छन् । गाउँघर किल्नीकबाट प्रतिमहिना सेवा दिएको संख्या गत बर्ष भन्दा यसबर्ष घटेको छ । गतबर्ष ५ सय जनाले सेवा लिएका थिए भने यस आर्थीक बर्षमा २ सय २३ जनाले मात्र सेवा लिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै खोप किल्निकहरुबाट प्रति क्लिनिक सेवा दिएको औषत संख्या गतबर्ष ४ सय ६९ जना थिए भने यसबर्ष घटेर २ सय ६५ जना रहेका छन् । महिला स्वास्थ्य स्वयमसेविकाबाट प्रति महिना सेवा दिएको औषत संख्या गतबर्ष ८ सय ५५ थियो भने यस आर्थिक बर्षमा घटेर ३ सय ७० जना रहेका छन् ।

स्वास्थ्य सस्ंथामा ५ बर्ष मुनिका झाडापखाला लागेका १ सय ८० जना बालबालिकाहरुले सेवा लिएका छन् । सस्थामा गतबर्ष १ सय ८६ जनाले सेवा लिएका थिए ।

त्यस्तै ५ बर्ष मुनीका बालबालिकाहरुमा स्वास प्रश्वास समस्या भएको बिरामीको संख्या गतबर्ष १ सय ९७ जना थिए भने यस आर्थिक बर्ष २०७६÷७७ मा बढेर २ सय ६९ जना पुगेको कार्याल्य प्रमुख हमालले जानकारी दिएका छन । उनका अनुसार निमोनिया र कडा निमोनीया भएका ५ बर्ष मुनीका यसबर्ष २० जना र गतबर्ष २६ जना बालबालिकाहरुको सेवा लिएको छन् ।

त्यस्तै गर्भजाच गर्ने महिलाहरुको संख्या समेत वृद्धि हुँदै गएको छ । सुरक्षीत मातृत्व कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७५÷७६ मा ७७ जना मात्र लिएका थिए भने यो बर्ष बढेर यो संख्या आर्थिक बर्ष २०७६÷७७ मा ९१ जना पुगेका छन् । प्रोटोकल अनुसार चौथो महिनामा पहिलो पटक गर्भजाचँ गर्ने गर्भवती महिलाहरुको संख्या क्रमश ८८ र ८२ जना रहेका छन् ।

४ पटक गर्भजाचँ गर्ने गर्भवती महिलाहरुको संख्या ७६, ६५ जना, गर्भवती अवस्थामा १ सय ८० वटा आईरन खानेको संख्या ७६ र ६५ जना, स्वास्थ्य संस्थामा सुत्केरी हुने जम्मा महिलाहरुको संख्या २६ र १६ जना, घरमा जन्मीएका नवजात शिशुको संख्या क्रमशः २६ र १६ जना, भिटामिन ए क्याप्सुल खाने सुत्केरी महिलाहरुको संख्या क्रमशः २७ र १७ जना , सस्ंथागत सुत्केरी भएका मध्य आमा सुरक्षा कार्यक्रम अन्तर्गत सेवा लिएका महिलाहरुको संख्या क्रमशः २६ र १६ जना र आमा सुरक्षा कार्यक्रमबाट गर्भजाचँ उत्प्रेरणा सुविधा पाउने महिलाहरुको संख्या क्रमशः २० र १६ जना रहेका छन् ।

स्वास्थ्य संस्थामा पिल्स प्रयोगकर्ताहरु बढेको पाईएको छ । अघिल्लो बर्ष ४ सय २० जनाले लिएका थिए भने यसआर्थीक बर्षमा ५ सय ५५ जनाले लिएका छन् । त्यस्तै डिपोका प्रयोगकर्ताहरु भने घटेका छन् । अघिल्लो बर्ष १ हजार ५ सय ३८ जना रहेका थिए भने अहिले १ हजार १ सय १९ जना रहेको स्वास्थ्य संस्थाले जनाएको छ । यस्तै ईम्पलान्टका प्रयोगकर्ता गत बर्ष १ हजार २ सय ५ जना गएको बर्ष थियो भने यसआर्थिक १ हजार २ सय ८३ जना रहेका छन् ।

त्यसैगरी यसबर्ष क्षयरोग विरामी संख्या बढेका छन् । गतबर्ष ४ जना थिए भने यस आर्थिक बर्षमा ७ जना रहेका छन् । त्यस्तै गतबर्ष ८ जनाको उपचार सफल भएको थियो भने यस आर्थिक बर्षमा ४ जनाको उपचार सफल भएको स्वास्थ्य प्रमुख हमालले जानकारी दिएका छन । उनका अनुसार यसआर्थिक बर्ष १ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । अहिले यो संख्या सून्य भैसकेको छ ।

एचआईभी परिक्षण गरिएका गर्भवती महिलाहरुको संख्या गतबर्ष १९ जना थियो भने यसआर्थिक बर्षमा ८ जना रहेका छन् । स्वास्थ्य संस्थाको तथ्यांक अनुसार गएको बर्ष ओपिडीमा आएका जम्मा विरामी संख्या आर्थिक बर्ष २०७५÷०७६ र आर्थिक बर्ष २०७६÷०७७ मा हजार २ सय ८८ जना र ३ हजार ३ सय ३५ जना रहेका छन् । त्यस्तै यो बर्ष ओपिडिमा नयाँ बिरामीको संख्या क्रमश २ हजार ७० जना र २ हजार ६ सय २२ जना रहेका छन् ।

स्वास्थ्य सस्ंथाको भौतिक अवस्थामा सुधार
स्वास्थ्य संस्था गोलटाकुरी १० कट्ठा क्षेत्रफलमा रहेको आफ्नै नयाँ भवनबाट सेवा दिएको छ । केही बर्ष जीर्ण अवस्थामा रहेको स्वास्थ्य भवनबाट सेवा दिने गरेको गोलटाकुरी स्वास्थ्य चौकी गतबर्षदेखि आफनै नयाँ भवनबाट सेवा दिइरहेको छ ।

नदिपारीका नागरीकहरु बर्षौदेखि स्वास्थ्य समस्या भएमा हेकुलीमा रहेको ईलाका स्वास्थ्य चौकीबाट सेवा लिदै आइरहेका थिए । तर अहिले भने आफनै ठाउँमा स्वास्थ्य सेवा पाएपछि त्यहाका नागरीहरुलाई सहज भएको छ ।

अहिले स्वास्थ्य संस्थामा मापदण्ड अनुसारको प्रसुति भवन केन्द्र, प्रसुती केन्द्रमा प्लासेन्टापिटको ब्यवस्था, नंसिङ स्टाफका लागि आवासको ब्यवस्था, महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालयको ब्यवस्था, अपांगमैत्री शौचालय, २४ घण्टा एम्वुलेन्सको ब्यवस्था हुने गरेको छ ।

त्यसैगरी ५ वटै अस्थायी परिवार नियोजन सेवा, माईक्रोस्कोपिक सेन्टर, न्युवर्न करनर सेवा, अत्यावश्यक औषधिको सुची उपलब्धता रहेको स्वास्थ्य संस्थाले जनाएको छ । स्वास्थ्य संस्थामा हेल्थ असिस्टेन्ट, अनमी, अहेव लगायत ६ जना दरवन्दी र ५ जना करारमा कर्मचारी रहेका छन् ।

यसैबिच नागरीहरुलाई थप सहजताका लागि कौवाघारी, सरुवाडाँडा, बाकँी बेटारपुर, फुर्केसल्लीमा गाउँघर क्लिनिक र खोप किल्निकको ब्यवस्था गरिएको छ । त्यस्तै वडा न. १ रामपुरमा गतबर्ष आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेर नागरीकहरुलाई सेवा दिईरहेको छ ।