Goraksha

National Daily

घोराही उपमहानगरपालिकाका ६ जना कर्मचारीसहित २३ जनामा कोरोना

दाङ,३० भदौ । घोराही उपमहानगरपालिकामा कार्यरत ६ जना कर्मचारीसहित थप २३ जनामा कोरोना संक्रमण देखिएको छ । घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलवार गरिएको कोरोना परिक्षणका क्रममा थप २३ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित मध्य घोराही उपमहानगरपालिकाको स्वास्थ्य , भौतिक पूर्वाधार,सञ्चार शाखालगायत कार्यरत कर्मचारीसहित एक जना कार्यालय सहयोगी गरि ६ जनामा कोरोना संक्रमण देखिएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तिले जानकारी दिएका छन् ।

उनका अनुसार अन्य व्यक्तिहरुमा कन्ट्राक्ट ट्रेसिङका आधारमा स्वाव परिक्षण संक्रमण देखिएको उनले बताए । घोराही उपमहानगरपालिकाका विभिन्न स्थान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिकबाट स्वाव संकलन गरिएका ९५ जनाको स्वाव परिक्षणका क्रममा ११ जना पुरुष र १२ महिलाहरुमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितहरु मध्य २ जना बालबालिकाहरु समेत रहेका छन् । योसँगै घोराही उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या ३ सय  ८८ पुगेको छ भने दाङमा कोरोना संक्रमितको संख्या ९ सय ४२ जना पुगेको छ । घोराही उपमहानगरपालिकाका ३ सय ८८ जना संक्रमित मध्य २ सय ७७ जना उपचारपछि डिस्चार्ज भैसकेका छन् ।