Goraksha

National Daily

आयाम बहुउद्देश्यीय सहकारी सस्थाको साधारणसभा सम्पन्न

शिवराज खनाल
लमही, २८ भदौ । देउखुरीको गढवा गाउपालिकामा रहेको आयाम बहुउद्देश्यीय सहकारी संस्थाको छैठौं साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष ओमप्रकाश बस्यालको अध्यक्षता तथा लमही जेसीजका पूर्व अध्यक्ष बसन्तकुमार भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सहभागीहरुलाई विकासका लागि सवैको सहयोग र सहकार्य आवश्यक रहेको बताएका थिए ।

साधारणसभामा संस्थाका सचिव श्यामबहादुर चौधरीले बार्षिक प्रतिवेदन, संस्थाका कोषााध्यक्ष कालिप्रसाद चौधरीले आर्थिक प्रतिवेदन तथा व्यवस्थापक सीता नेपालीले आर्थिक बर्ष २०७७÷०७८ को प्रस्तावित बजेट प्रस्तुत गरेकी थिइन ।

संस्थाको ८ करोड ७० लाख बराबरको कारोवार विवरण प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष चौधरीले ११ करोड बढिको कारोवार गर्ने लक्ष्य राखेको जानकारी दिइन । कार्यक्रममा संस्थाका लेखा समिति संयोजक ईश्वरप्रसाद चौधरी, धनपति साकोस घोराहीका व्यवस्थापक आरति नेपाली, ऋण समिति उपसंयोजक मुलचन्द चौधरीलगायतले भनाइ राखेका थिए ।

संस्थाले गढवा गाउँपालिका भर कार्यक्षेत्र थप गर्नका लागि गढवा गाउपालिका सहकारी शाखासँग समन्वय गरि संस्थाको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको छ । ९०७ जना शेयर सदस्य रहेको संस्थामा यस वर्ष १हजार ४ सय ५० शेयर सदस्य पु¥याउने लक्ष्यका साथ काम अघि बढाईएको संस्थाका अध्यक्ष बस्यालले बताएका छन् ।

लमही जेसीजका पूर्व अध्यक्ष भण्डारीले छाटो समयमै उपलब्धीहरु हासिल गर्न संस्थाले महत्त्वपूर्ण काम गरेको बताउदै बताएका थिए । साथै उनले सेवामुखी भएर काम गर्ने तथा आफ्ना सदस्यप्रति जिम्मेवार संस्था सदैव अघि बढ्नु पर्ने बताए । संस्थाका उपाध्यक्ष पुष्पराज घिमिरेको स्वागत मन्तव्य बाट शुरू भएको कार्यक्रमको सहजीकरण रेमिट प्रमुख किरण सुनारले गरेका थिए ।